१३ औँ साग सम्झाइरहने १३ तस्बिर
यी तस्बिर जसले तपाईँलाई १३ औँ दक्षिण एसियाली खेलकुद बिर्सन दिनेछैन

अहिलेसम्मकै सर्वाधिक ५० स्वर्ण जित्ने लक्ष्य लिएको नेपालले १३ औँ दक्षिण एसियाली खेलकूद (साग) मा लक्ष्यअनुसार नै जित निकाल्यो । फुटबलको फाइनलमा भुटानलाई पराजित गर्दै नेपालले स्वर्णको संख्या ५१ पुर्यायो । अंक तालिकामा १९५ पदकसहित दोस्रो स्थानमा छ ।
सर्वाधिक चर्चामा रहिन् पौडी खेलाडी गौरिका सिंह । उनले एउटै खेलमा चारवटा स्वर्ण जितेर रेकर्ड राखिन् । १३ औँ साग समापन कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा उनैले बोकिन् ।
यसबाहेक जितमा खुसी, हारमा आँसु । यसपटकको सागलाई सम्झाइरहने केही भावुक र केही रोमाञ्चक क्षणहरू हामीले तस्बिरमा कैद गरेका छौँ । यी तस्बिरहरूले तपाईँलाई सधैँ १३ औँ सागको सम्झना गराइरहनेछन् ।
गल्फमा स्वर्ण विजेता सन्तोष तामाङ । तस्बिरः किरण पाण्डे
साइक्लिङमा स्वर्ण विजेता बुद्धिबहादुर तामाङ । तस्बिरः केशव थापा
कराँतेमा स्वर्ण विजेता अनुपमा मगर । तस्बिरः हेमन्त श्रेष्ठ
महिला जुडोमा स्वर्ण पदक जितेपछि भावुक नेपालकी देविका खड्का । उनले श्रीलंका,भारत र बंगलादेशका खेलाडीलाई हराउँदै राउन्ड रोबिन लिगमा शीर्ष स्थान हासिल गरिन् । तस्बिरः अंगद ढकाल
बक्सिङमा स्वर्ण जितेका भुपेन्द्र थापा । तस्बिरः इलिट जोशी
पौडीमा चार स्वर्ण जितेकी गौरिकासँग खुसी साट्दै उनका बाबुआमा । तस्बिर : हेमन्त श्रेष्ठ
माल्दिभ्सविरुद्ध गोल गरेपछि अभिषेक रिजाल । तस्बिरः केशव थापा
जित्ने खेलाडी त खुसी हुने नै भए । उनीहरूभन्दा बढी खुसी दर्शक देखिन्थे । तस्बिरः अंगद ढकाल
कराँतेमा स्वर्ण जितेपछि कुसुम खड्का आमासँग खुसी साट्दै । तस्बिरः हेमन्त श्रेष्ठ
लक्ष्मी मगर स्वर्ण जितेपछि गाउँलेसँग खुसी साट्दै । उनले साइक्लिङमा स्वर्ण जितेकी हुन् । तस्बिरः केशव थापा
तेक्वान्डोमा स्वर्ण जितेकी आयशा शाक्य छोरासँग । उनले यसपटक दुई स्वर्ण जितिन् । तस्बिरः इलिट जोशी
कराँतेमा स्वर्ण जितेपछि सुनिता महर्जनको खुसी । तस्बिरः हेमन्त श्रेष्ठ
कराँतेमा स्वर्ण जितेपछि आफ्ना श्रीमानसँग खुसी साट्दै सुनिता महर्जन । तस्बिरः हेमन्त श्रेष्ठ
१३ औं साग अन्तर्गत पुरुष फुटबल प्रतियोगितामा श्रीलंकाविरुद्ध पेनाल्टीमा गोल गरेपछि उत्साहित क्याप्टेन सुजल श्रेष्ठ । तस्बिरः अंगद ढकाल ।
र, अन्तिममा,
भुटानविरुद्ध फुटबल फाइनलमा गोल हानेपछि नेपाली खेलाडीले यसरी मैदानमै सेल्फी खिच्न भ्याए । तस्बिरः हेमन्त श्रेष्ठ