घरबन्दीमा शब्द चिन्तन (सीके लाल) #Podcast
२६ चैत, ०४६ सालको सम्झना आउँछ । जनताहरू सडकमा उत्रिएका थिए । जनआन्दोलनले संसदीय व्यवस्थाको पुनर्स्थापनाको ढोका खोलेको थियो । आजकै दिन हनुमान जयन्ती पनि परेको छ । यो मिल्दै नमिल्ने संयोग हो ।

२६ चैत, ०४६ सालको सम्झना आउँछ । जनताहरू सडकमा उत्रिएका थिए । जनआन्दोलनले संसदीय व्यवस्थाको पुनर्स्थापनाको ढोका खोलेको थियो । आजकै दिन हनुमान जयन्ती पनि परेको छ । यो मिल्दै नमिल्ने संयोग हो ।
हालै आफ्नो सम्बोधनमा प्रधानमन्त्रीले प्रश्न उठाएका छन्- स्वतन्त्रता रोज्ने कि जीवन ? स्वतन्त्रता भनेको दमनकारी प्रतिबन्धहरूबाट मुक्ति हो । लोककल्याणाकारी प्रतिबन्धबाट मुक्ति कसैले पनि खोज्दैन । त्यो भनेको बन्दाबन्दी, तालाबन्दी, घरबन्दी आफ्नै हितको लागि हो । स्वेच्छिक हो । त्यसले जीवनशैलीमा रोक लगाउँदैन, खारेज गर्दैन, विविधतालाई स्वीकार नै गर्छ । विभिन्न किसिमका पूजापाठदेखि ईश्वर नमान्नेलाई पनि स्वीकार गर्छ । व्यवहारमा हस्तक्षेप गर्दैन । विचारमा हस्तक्षेप गर्दैन । उसोभए कस्तो किसिमको आक्षेप लगाउन खोजेका हुन् प्रम ओलीले ?
#NepalMag Podcast मा सुन्नुस् सीके लालको 'शब्द चिन्तन'