वीरगन्जमा पहिलो स्कुल
शिक्षा प्रचारका क्रममा भारतको दरभंगाबाट वीरगन्ज आइपुग्नुभयो, मेरा पिताजी जीवनेश्वर मिश्र।
जनकपुर आएपछि सुवर्णशमशेर राणाका पिता हिरण्यशमशेरसँग घनिष्टता भयो उहाँको। त्यस क्षेत्रमा गभर्नरका रूपमा हिरण्यशमशेरको नाम र इज्जत थियो। भारतीय स्वतन्त्रता संग्रामका निम्ति नेपाली सेनाको सहयोग चाहिएकाले छोटो बाटो रोज्ने क्रममा कुलेखानी-चिसापानीगढी-भीमफेदी-अमलेखगन्ज-वीरगन्जको बाटो निर्माण भयो। म आफैँ पनि त्रिचन्द्र कलेज पढ्दा यही बाटो धेरैपटक ओहोरदोहोर गरेको छु।
दरभंगा बस्दा पिताजीले नेपाली विद्यार्थीलाई बिनाशुल्क ट्युसन पढाउनुका साथै उनीहरूका लागि एउटा छात्रावास पनि खोल्नुभएको रहेछ। जनकपुर क्षेत्रका विद्यार्थीबाट यहाँको शिक्षाको अवस्थाबारे जानकारी पाएपछि उहाँ नेपालमै स्कुल- कलेज खोल्नेे उद्देश्यले नेपाल पस्नुभएको थियोे। अझ हिरण्यशमशेरको सहयोगको आश्वासन पाएपछि अरू के चाहियो ?
त्यही बेला रक्सौलको एक पसलका साहूले एक दान पात्र राखेका थिए, जसमा जम्मा भएको रकम नेपालमा सामाजिक कार्यमा खर्च गर्ने उद्देश्य थियो। त्यस पसलका म्यानेजर रघुवीर राममार्फत बुबाको त्यसका साहूसँग भेट भयो। र, दानपात्रमा जम्मा भएको १ हजार ६ सय रुपियाँ ल्याएर वीरगन्जमा स्कुल स्थापनाको काम सुरु गर्नुभयो।
त्यस बेला जेको नामकरण गर्दा पनि राजा-महाराजाकै नाममा हुनुपर्ने परम्परा थियो। हिरण्यशमशेरले उपलब्ध गराएकोे जग्गामा खोलेको स्कुललाई बुबाले दी जुद्ध हाई स्कुल नाम दिनुभयो। कलवार समुदायका व्यापारी महावीरप्रसाद - रघुवीर रामका दाइ) र वीरगन्जमा बिर्ता पाएर तमाखुको व्यापारमा लागेको एउटा मानन्धर परविारको त्यस स्कुल स्थापनामा ठूलो सहयोग रह्यो। महावीरले १० हजार रुपियाँ सहयोग दिए। हिरण्यशमशेरले निजी खर्चमा प्रशासनिक भवनका रूपमा सरस्वती भवन निर्माण गरेर थप मद्दत गरे। बज्र प्रयोग गरेर बनाइएका ती भवन अद्यापि छन्।
बनारस जाने क्रममा वीरगन्जको बाटो भएर हात्तीमा सवार भएका जुद्धशमशेरको त्यहाँ भव्य स्वागत-सत्कार भयो। दी जुद्ध हाई स्कुलको प्रांगणमा विद्यार्थीले फूल-अबिरको वषर्ा गरे। मैले पनि त्यो जुलुसमा 'महाराज जुद्धशमशेरको जय !' भन्दै फूल-अबिर बर्साएको थिएँ। हामी सबै जुद्ध आफैँले राज्यसत्ता छाडेर हिँडेको भ्रममा थियौँ। मोहनशमशेर र बबरशमशेरको षड्यन्त्रमा परी जुद्धशमशेरलाई निकालिएको कुरा त धेरै पछि मात्र थाहा भएको हो। स्कुलको प्रांगणमा आयोजित समारोहमा मेरो पिताजीलाई देखाउँदै जुद्धशमशेरले भनेका थिए- माडसाब ! स्कुलको नाम थोरै परविर्तन गर्नुपर्यो, 'दी'को साटो 'त्रि' राख्नुपर्यो। सायद यो उनको राजा त्रिभुवनप्रतिको आदर थियो।
त्यस बेला म्याटि्रकको अन्तिम परीक्षा दिन विहारको मोतीहारी जानुपथ्र्यो। पशुपतिनाथ घोष, गोपीकृष्ण-भीमकृष्ण श्रेष्ठ आदिले मोतीहारीबाटै पास गर्नुभएको हो। एसएलसी बोर्ड स्थापनापछि मोफसलको एक मात्र केन्द्रका रूपमा ००९ सालसम्म पूर्वमा झापादेखि पश्चिममा धनगढीसम्मका विद्यार्थी आउँथे यहाँ।
मैले पनि ००९ सालमा यही स्कुलबाट एसएलसी दिएको हुँ। हाई स्कुलले अमृत साइन्स क्याम्पसका संस्थापक अमृतप्रसाद प्रधान, जो त्यस बेला एमएस्सी गरेर फर्किएका थिए, लाई हेडमास्टरका रूपमा पाएको थियो। त्यसै गरी दर्शनशास्त्र पढेका मदनमणि दीक्षित, अंग्रेजीका धुरन्धर भगवान् द्विवेदी, कृष्णबहादुर मानन्धरजस्ता हस्ती पनि यो स्कुलका हेडमास्टर भए।
यस स्कुलको योगदान ००७ सालको प्रजातान्त्रिक आन्दोलनमा पनि छ। हाम्रै समकालीन विद्यार्थी गोपालचन्द्र गौतमले प्रजातन्त्रको पक्षमा पर्चा छर्ने क्रममा पक्राउ परी १७ कोर्रासम्म खाएका थिए। थुप्रैले मुक्ति सेनामा पसेर पनि काम गरे। मुक्ति सेनाका जवानहरूलाई वीरगन्जका जेलरले औधी सास्ती दिएका थिए। त्यसैको बदलास्वरूप मुक्ति सेनाका जवानहरूले उनलाई सिम्रौनगढको भगवती मन्दिरमा लगेर हत्या गरेका थिए।
००७ सालको परविर्तनपछि नेपाल राष्ट्रिय विद्यापीठको स्थापना गरी मुलुकभर िनै शिक्षाको प्रचारप्रसार गर्ने काम पनि पिताजीले नै सुरु गर्नुभयो। गणेशमान सिंह कुलपति र लक्ष्मीप्रसाद देवकोटा उपकुलपति रहनुभएको यस विद्यापीठको शिक्षाको जागरणमा ठूलो योगदान छ। ००९ सालमै त्रिजुद्ध हाई स्कुलमा कलेज सञ्चालनार्थ प्रयास सुरु गरयिो। वीरगन्जमा धनीको कुनै कमी थिएन। हाई स्कुल खोल्न सहयोग गरेका तिनै महावीर-रघुवीर रामले आफ्ना बुबा ठाकुररामका नाममा त्यही स्कुलमा रात्रिकालीन कलेज स्थापना गर्न अनुरोध गरेपछि वीरगन्जले क्याम्पसको मुख देख्ने मौका पाएको हो, जुन आजपर्यन्त ठाकुरराम बहुमुखी क्याम्पसका रूपमा जीवित छ। मैले पनि ०११ सालमा त्यहीँबाट आईए पास गरेको हुँ।
०१२ सालमा टंकप्रसाद आचार्यको प्रधानमन्त्रीत्वको मन्त्रिपरष्िाद्मा पशुपतिनाथ घोष पब्लिक वर्कर्स तथा सञ्चारमन्त्री हुनुभयो। मन्त्रीबाट मुक्त भएपछि उहाँ वीरगन्ज फर्किनुभयो र आदर्शनगर बस्ती बसाल्नुभयो। ठाकुरराम क्याम्पसका निम्ति दुई बिघा जमिन छुट्याइदिएपछि क्याम्पसले विशाल रूप लिएको हो।
(मिश्र पुरातत्त्वविद् हुन्।)
प्रस्तुति : ईश्वरी ज्ञवाली
सम्बन्धित
चिवाभन्ज्याङको बाटो भएर सिक्किम र दार्जिलिङको बाटो खुलाउने हो भने च्याङथापु पूर्वी पहाडकै ...
यी घटनाहरू छुटाए हाम्रो इतिहास अधुरो हुनेछ
जोभानसिंले कोरेका घटना, पात्र, युद्धस्थल, आज कहीँ–कतै पुष्टि भएरै छाड्छन् । यति ठूलो लेख्य...
ग्रिक मिथकजस्तै जोभानसिं फागोको युद्ध वर्णन
ईलेनोर रुजबेल्टसँग त्यतिबेला अमेरिकाको कुनै कार्यकारी भूमिकामा थिइनन् । तर अमेरिकासहित सिं...
ईलेनोर रुजबेल्टको त्यो नेपाल भ्रमण
२००७ सालको सशस्त्र क्रान्तिका एक कमाण्डर श्यामकुमार तामाङको ७ बैशाख बिहान निधन भयो । प्रजा...
२००७ सालको क्रान्तिका साक्षीको अवसान [नेपाल अर्काइभ]
यही स्थिति रह्यो भने अहिले रोगलाई हामीले सहजै सामना गर्न सके पनि भोलिका दिनमा भोकलाई सामना...
बंगाल-बिहारमा अनिकाल लाग्दा नेपालले खाद्यान्न निर्यात गरेको त्यो बेला
नेपालको इतिहासमा त्रिभुवनको छवि धमिलै छ । तर प्रजातान्त्रिक इतिहाससँग भने उनको नसनाता जोडि...