परिहास

नेपालीमार्का दूध

दूधमा युरिया र सोडा मिसाइने भन्ने खबरले हल्लीखल्ली मच्चियो । चियाको चुस्की लिँदै अखबार पढ्नेहरुले वाकवाक गर्न थाले । आइन्दा दूध खाइन्नँ भनेर कान समात्नेहरुको संख्या ह्वात्तै बढ्यो । दूध चियाको बजार स्वात्तै झर्‍यो । कालो चियाको माग ह्वात्तै बढ्यो ।

नेपालीमार्का दूध
८ असार २०७५ शुक्रबार
काठमाडौं