चार घन्टा नमस्कार
चार घन्टासम्म नमस्कार गरेर बस्नुपरेको पीडा सुनाउँदै एक खेलाडीले भनिन्, “मनोबल बढाउनु त परै जाओस्, पदाधिकारीको भाषण सुन्दा हामीलाई ठूलै पापको सजाय खेपेजस्तो लाग्यो ।”
महिला साफकै छेकोमा एन्फाले विराटनगरमा साधारणसभा आयोजना गरेकाले केन्द्र र विभिन्न जिल्लाका पदाधिकारीले पनि पूर्वाञ्चल भ्रमण गरे । एन्फा पदाधिकारीको लर्को विराटनगर पुग्दा सास्ती खेप्नेचाहिँ खेलाडी हुन्थे । म्याचअघि खेलाडीको मनोबल बढाउने नाममा पदाधिकारीको लामो भाषण सुन्ने र नमस्कार गरेर लामबद्ध हुनुपर्ने बाध्यतामा खेलाडी परे । चार घन्टासम्म नमस्कार गरेर बस्नुपरेको पीडा सुनाउँदै एक खेलाडीले भनिन्, “मनोबल बढाउनु त परै जाओस्, पदाधिकारीको भाषण सुन्दा हामीलाई ठूलै पापको सजाय खेपेजस्तो लाग्यो ।” विराटनगर पुगेका एन्फा पदाधिकारीको अरु कुनै भूमिका नरहे पनि खेलाडीलाई हौसला दिने नाममा लामो भाषण छाँट्ने अवसर प्राप्त थियो ।
खेलाडीको मनोबल बढाउने र उनीहरुलाई सुविधा दिने नाममा एन्फाले अर्को अत्याचार पनि गर्यो । गर्मीको पर्वाह नगरी फाइनल पुगेको टोलीलाई आइस बाथ गराउने आइडिया कार्यान्वयन गर्ने क्रममा होस नपुर्याउँदा खेलाडी मर्कामा परे । बरफ राख्ने राम्रो भाँडो नहुँदा खेलाडीहरु डस्टबिन र थोत्रो ड्रममा कोचिनुपर्यो । घुँडासम्म भिजाएर खेलाडीले आइस बाथको स्वाद लिए । कतिसम्म भने एउटै बिन र ड्रममा २–३ जना खेलाडीले कोचिएर आइस बाथ लिए । फेसबुकमा पोस्ट भएको फोटो हेर्दा लाग्थ्यो, उनीहरुलाई ताजगी प्रदान गर्न नभई अप्ठेरोमा पार्न यस्तो आइडिया फुरेको थियो ।
रातारात स्क्रिप्ट चेन्ज !
फाइनलअघि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक हरि खड्कालाई सोधियो, “नेपालले उपाधि जित्ने आधार के हो ?” उनले भने, “माथि एक जना डाइरेक्टर छन्, जसले पाँचौँ महिला साफ नेपालमा हुने र त्यो पनि विराट राजाको पवित्र भूमि विराटनगरमा आयोजना हुने लेखिसकेका छन् । नेपाली टोली फाइनलमा पुग्ने पनि लेखिएकै कुरा हो । अझ फाइनलमा भारतलाई हराएर नेपालले ट्रफी आफ्नै देशमा राख्ने पनि लेखिइसकेको छ ।”
पत्रकारलाई हाँस्दै जवाफ दिएका खड्काले भनेजस्तो फाइनल नेपालले खेलेन । भारतले कीर्तिमानी पाँचौँ पटक साफ महिला च्याम्पियनसिपको उपाधि जित्दा नेपाल तेस्रो पटक पनि उपविजेतामै सीमित भयो । खेल विश्लेषकले नेपाल हार्नुका पछाडि विभिन्न कारण देखाएका छन् । तर जान्न मन लागेको कुरा– त्यति स्पष्टसँग लेखिएको माथिको स्क्रिप्ट परिवर्तन कसले गर्यो होला ? डाइरेक्टर कि प्रोड्युसरले ? प्रोड्युसर कतै भारतीय पो परे कि ?
भाषणले झन्डै बित्यास
प्रतियोगिता उद्घाटन नेकपा अध्यक्ष पुष्पकमल दाहालबाट गराउने निर्णय एन्फाका लागि झन्डै गलपासो बन्न पुग्यो । उद्घाटन कार्यक्रम सकेर दिउँसो ३ बजे नेपाल र भुटानबीच खेल हुने कार्यक्रम थियो । तर बिहान विराटनगर उत्रिएका दाहाल दिउँसो ढिलो गरी कार्यक्रम स्थल पुगे । त्यसपछि आसनग्रहण र भाषणको कार्यक्रमले गर्दा खेल झन्डै १५ मिनेट ढिलो सुरु भयो । स्थानीय स्तरमा त्यो क्षम्य भए पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा त्यस्तो हुनै सक्दैन । साफ महिला च्याम्पियनसिपको स्थानीय आयोजक एन्फा भए पनि मुख्य आयोजकचाहिँ दक्षिण एसियाली फुटबल महासंघ हो । त्यसैले महासंघले ढिलो गरी खेल सुरु गरेको भन्दै कारबाहीको चेतावनीसहितको पत्र काटेको छ । दक्षिण एसियाली स्तर नभएर एसियाली तहको खेल भएको भए एन्फाले हजारौँ डलर जरिवाना तिर्नुपर्थ्यो । प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरको गर्न खोज्ने तर पाराचाहिँ खसीबोका कपझैँ देखाउन कहिले छाड्ने एन्फाले ? अझ ‘चेन्ज एन्फा’ को नारा दिएर नेतृत्वमा आएकाले आफ्नो मानसिकता कहिले बदल्लान् ?
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...