कला
१५ भाद्र २०७६ आइतबार
काठमाडौं
तीजमा शिक्षिका
एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) टोखा कमिटीले भने तीजको प्लेटफर्मलाई नयाँ ढंगले प्रयोग गरेको छ ।

पहिले छोरीचेली नौ डाँडापारि बिहे गरिदिन्थे ।
तिनै छोरीलाई माइतीमा रमाइलो होओस् भनेर तीज मनाउन थालियो । धार्मिक आस्थासँगै अहिले पर्वसँग ग्ल्यामर जोडिएको छ । हिजोआज तीज पर्व गाउँटोलमा सामूहिक कार्यक्रम गरेर मनाउन थालिएको छ ।
एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) टोखा कमिटीले भने तीजको प्लेटफर्मलाई नयाँ ढंगले प्रयोग गरेको छ । गत साता अपेनको तीज विशेष कार्यक्रममा शिक्षिकाले सामूहिक तथा एकल नृत्य प्रस्तुत गरे । अरु बेला कक्षाकोठा तथा बालबालिकामाझ रमाउने शिक्षिका हामी पनि नाच्नुपर्छ बीचबीचमा..., चिटिक्कै भाछु रे..., तीजको लहर आयो बरी लै... जस्ता गीतमा कम्मर भाँचिरहेका थिए ।