चीनमा नेपाली कला
दुई नेपाली कलाकार एससी सुमन र रवीन्द्र श्रेष्ठका कलाकृति छानिएका छन्, बेइजिङ इन्टरनेसनल आर्ट बायनालेमा ।

प्रख्यात ब्राजिलियन लेखक पाउलो कोहेलोले द आल्केमिस्टमा ब्रह्माण्डको भाषाबारे चर्चा गरेका छन् । उनका अनुसार ब्रह्माण्डको आत्मा नै त्यसको भाषा हो । कलाको जस्तो भाषा कसले बोल्न सक्ला ?
ब्रह्माण्डको जुनसुकै कुनामा पनि कलाको भाषा पञ्चतफ्वजस्तै सर्वव्यापी हुन्छ । यत्ति हो, सबैको बुझाइ फरक हुन सक्छ या एकैखाले ।
दुई नेपाली कलाकार एससी सुमन र रवीन्द्र श्रेष्ठका कलाकृति छानिएका छन्, बेइजिङ इन्टरनेसनल आर्ट बायनालेमा । १ सय २५ देशबाट छानिएका कलाकार सहभागी 'आठौँ बेइजिङ इन्टरनेसनल आर्ट बायनाले-०१९' बेइजिङस्थित नेसनल म्युजियम अफ चाइनामा भइरहेको छ ।
बायनालेको मुख्य थिम 'कलरफुल वल्र्ड एन्ड अ सेयरड फ्युचर' रहेको छ ।
तीन दशकदेखि मिथिला कला बनाउादै आएका सुमनले नेपाली कलालाई अन्तर्राष्ट्रिय स्तरमा लैजान बायनाले महफ्वपूर्ण फोरम भएको बताए । विश्वकै ठूलो उक्त प्रदर्शनीमा नेपालबाट दोस्रो पटक छानिएका सुमनले १६ पटकसम्म एकल प्रदर्शनी गरिसकेका छन् । भन्छन्, "कलामार्फत सांस्कृतिक सम्बन्ध बिस्तार गर्न यो प्रदर्शनी निकै फलदायी हुने अपेक्षा राखेका छौँ ।" विश्वलाई सुन्दर र मानवतावादी समाजको परिकल्पना गरी सुमनले बनाएको चित्रमा नीलो रङको पृष्ठभूमिमा चराचर जगत्का जीव र तिनको जीवनलाई उतारेका छन् ।
कलाकार रवीन्द्र श्रेष्ठ र उनको कलाकृति
अर्का सहभागी कलाकार रवीन्द्रको फिंगरपि्रन्ट मार्फत मानवताको विषयलाई प्रस्तुत गरेको चित्र छनोट भएको छ । चित्रले विश्वका मानव जातिको रुप, रङ, भेषभूषा तथा संस्कृति फरक भए पनि रगतको रङ भने सबैको रातो हुने विषय उठान गरेको छ । शुद्ध सुन र एक्रेलिक रङ प्रयोग गरी बनाइएको उक्त चित्रको पृष्ठ भाग नीलो रङको छ । चित्रले मानिस, जीव-जनावर तथा जगतका यावत् चीजबीच समभाव हुनुपर्ने विषय प्रस्तुत गरेको उनले बताए । १३ भदौमा सुरु प्रदर्शनी ६ असोजसम्म चल्नेछ