अब निर्देशनतिर

- नेपाल संवाददाता

फिल्म, विज्ञापन, म्युजिक भिडियोदेखि स्टेज सोसम्म भ्याउँछिन्, पि्रयंका कार्की । सुटिङ नभएको त दिनै हुन्न । तर उनी अभिनीत फिल्म भने भटाभट फ्लप भइरहेका छन् । प्रेम दिवस र हजार जुनीसम्मको व्यावसायिक असफलतापछि निर्माताहरु बिस्तारै तर्कन थालेका छन् । सायद यसको हेक्का भएरै होला, पि्रयंकाले आफूलाई अभिनयमा सीमित राख्न छाडेकी छन् । प्रमाण हो, उनी निर्देशित बेब सिरिज जस्ट एनोदर लभ स्टोरी । समलिंगी महिलाको कथा पस्किएको यस सिरिज आठ भागको छ । मुख्य भूमिकामा उनीसँगै सृष्टि श्रेष्ठ छिन् । यो सिरिजपछि फिल्म नै निर्देशन गर्ने योजना छ, उनको । पि्रयंका भन्छिन्, "अभिनय, निर्देशन, निर्माण जे गर्नु परोस् गर्छु तर फिल्मबाट कहिल्यै टाढिन्नँ ।"

प्रकाशित: भाद्र २६, २०७६