किम्फको सर्ट फिल्म

- नेपाल संवाददाता

चलचित्र हेर्न कसलाई मन पर्दैन ? यदि बनाउन पनि सिपालु हुनुहुन्छ भने अवसर आएको छ । काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतारोहण चलचित्र महोत्सव (किम्फ) ले सर्ट फिल्म प्रतियोगिताका लागि आह्वान गरेको छ ।

परिवर्तित नेपाल शीर्षकमा देखाइने सर्ट फिल्म ३ मिनेटको हुनेछ । नेपालको यात्रा, ०४६ को प्रजातन्त्र, दशक लामो माओवादी द्वन्द्व, संक्रमणकालीन नेपाल र गणतन्त्रमा प्रवेशजस्ता विषयमा फिल्ममेकरको दृष्टिकोण प्रस्तुत गर्न किम्फले भनेको छ । १९ भदौबाट २९ कात्तिकसम्म प्रतियोगिताका लागि भिडियो पठाउन सकिनेछ । छनोट भएका भिडियोलाई किम्फको सत्रौँ संस्करण डिसेम्बरमा देखाइनेछ । उक्त प्रतियोगितामा पहिलो, दोस्रो तथा तेस्रो हुनेले क्रमशः ४० हजार, ३० हजार र २० हजार रुपैयाँ पाउनेछन् ।

प्रकाशित: भाद्र २९, २०७६