युट्युबमा छाएको महसञ्चार

- नेपाल संवाददाता

पछिल्लो समय युट्युब कमालको संसार भएको छ, जहाँ विश्वभरका पुरानादेखि नयाँ भिडियो हेर्न पाइन्छ । पुराना भिडियोको लागि त युट्युब झन बरदान नै साबित भएको छ । नपत्याए हेर्नुहोस्, महसञ्चारको भिडियो ।

महसञ्चारले ३ वर्षदेखि युट्युब च्यानल चलाइरहेको छ । कुनैबेला गाईजात्राको दिन मञ्चन गरेका नाटक र टेलिफिल्म युट्युबमा महसञ्चारले हालेका छन् । मह अर्थात् मदनकृष्णर हरिवंशको जोडीले बनाएका यी कार्यक्रम प्राय: ट्रेन्डिङमा पर्छन् । १८ असोजमा मह सञ्चारले नेवारबहादुर र बाहुनबहादुर नाटक अपलोड गर्‍यो । कुनै बेला स्टेजमा प्रदर्शन गरेको शो अहिले नेपाल ट्रेन्डिङकोनम्बर २ मा छ । हालसम्म १४ लाख ३९ हजारले हेरिसकेको सो नाटक मात्र होइन, अन्य नाटक र पुराना टेलिसिरियल उत्तिकै चर्चित छन् । तत्कालीन राजनीतिक, सामाजिक क्षेत्रमा महका चोटिला शब्द, व्यंग्य प्रहारले नयाँ पुस्तालाई पनि आकर्षित गरेको देखिन्छ ।

प्रकाशित: आश्विन २६, २०७६