कपडा चिन्तन
हरदम कलाकारितामै व्यस्त रहन्छन्, मनीषलाल श्रेष्ठ । जेठ-असारमा उनले ठमेलको दलाइला आर्ट स्पेसमा 'सिरानी' शीर्षकमा एकल प्रदर्शनी गरेका थिए ।

हरदम कलाकारितामै व्यस्त रहन्छन्, मनीषलाल श्रेष्ठ ।
जेठ-असारमा उनले ठमेलको दलाइला आर्ट स्पेसमा 'सिरानी' शीर्षकमा एकल प्रदर्शनी गरेका थिए । अहिले उनले धागोले सिएको चित्र र डिजाइनसहितको लामो टापेस्ट्री बुसान बिनालीको सी आर्ट फेस्टिभल-२०१९ मा इन्स्टलेसन गरेका छन् ।
भर्टिकल वेभ शीर्षकको टापेस्ट्री दक्षिण कोरियाको बुसानका नागरिकबाट संकलित १५ सय मिटर लामो कपडाबाट बनाइएको छ । भर्टिकल वेभमा उनले विभिन्न संस्कृति, जनजाति र समुदायलाई एकै ठाउँ ल्याउने जमर्को गरेका छन् । कपडालाई उनी मानिसको दोस्रो छाला भन्न रुचाउँछन् । कपडाले सुरक्षा, सुन्दरता र आराम दिन्छ । १ सय मिटर लामो टापेस्ट्रीमा उनले बढ्दो आध्यात्मिक चेतनालाई इंगित गरेका छन् ।
फेस्टिभलमा मनीषलगायत १२ देशका २१ कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको छ । ११ असोजदेखि सुरु फेस्टिबल ११ कात्तिकसम्म चल्नेछ ।