सकसमा साम्राज्ञी

- नेपाल संवाददाता

ड्रिम्सबाट साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लामो रेसको घोडा मानियो । तर अरु धेरै कलाकारजस्तै साम्राज्ञीले आफूप्रतिको अपेक्षा पूरा गर्न सकिनन् । फिल्म चयनमा मात्र चुकिनन्, अभिनय पनि खस्कँदै गयो । ए मेरो हजुर २ र इन्टु मिन्टु लन्डनमा बाहेक अन्य फिल्मको व्यापार उत्साहजनक भएन । अहिले त झन् साम्राज्ञी पूरापूर संकटमा छन्, दुई फिल्म लगातार फ्लप भएर । १६ लाख लिएर मारुनी खेलिन् तर फिल्मले लगानीसमेत उठाएन । रातो टीका निधारमाको हालत अझ खराब रह्यो । दुवै फिल्ममा उनीजति चर्चित कलाकार अरु थिएनन् । लगातारको असफलताले होला, साम्राज्ञी फिल्मवृत्तमा खास सक्रिय छैनन् ।

प्रकाशित: कार्तिक ६, २०७६