अन्तिममा धक्का

- नेपाल संवाददाता

निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडीलाई घामड शेरे धेरै कोणमा अर्थपूर्ण थियो । पहिलो पटक स्क्रिन सेयर गर्दै थिए । त्यसैले दुवै मरिमेटेर प्रचारमा लागे । फिल्म ८ कात्तिकमा रिलिज हुँदै थियो तर अन्तिम समय सर्नुपर्‍यो - त्यो पनि पर्याप्त शो नपाएर । जोकर, छ माया छपक्कैलगायत फिल्म पहिल्यैबाट प्रदर्शनरत थिए, त्यसमाथि मल्टिस्टारर हाउसफुल ४ थपियो ।

पोई पर्‍यो काले पनि सँगै रिलिज भयो । त्यसैले घामड शेरेले अपेक्षाकृत शोज् पाएन । रिलिजको मुखैमा सर्नुपरेपछि निश्चलले फेसबुकमा हलवाला र वितरकप्रति रोष पोखे । तर धेरैले यसलाई निश्चल-स्वस्तिमाको साखमा धक्का लागेको रुपमा अथ्र्याएका छन् । अब घामड शेरे २२ कात्तिकमा प्रदर्शन हुँदै छ । आशा गरौँ, त्यतिबेला शो नपाएर फेरि सर्नुपर्ने बाध्यता आइलाग्ने छैन ।

प्रकाशित: कार्तिक २१, २०७६