अस्थिर अनमोल
अनमोललाई फिल्म खेलाउन निर्माता–निर्देशक मरिहत्ते गर्छन्, महँगो पारिश्रमिक बुझाउन तयार हुन्छन् ।

अनमोल केसी अभिनीत फिल्मले मनग्ये व्यापार गरेका छैनन्, न त फिल्म र उनको अभिनयले नै तारिफ पाएको छ । तर यो समय सबैभन्दा डिमान्ड भएका हिरो उनै हुन् । उनलाई फिल्म खेलाउन निर्माता–निर्देशक मरिहत्ते गर्छन्, महँगो पारिश्रमिक बुझाउन तयार हुन्छन् । तर अनमोलचाहिँ आफ्नै निर्णयमा टिकिरहेका छैनन् ।
जस्तो, उनले होम प्रोडक्सनको एन्टी–हिरो खेल्ने भन्दै वितरकबाट पैसा उठाइयो । तर केही समयपछि धुपौरेमा अनुबन्ध भए, एन्टी–हिरोलाई थाती राखे । धुपौरेको लोकेसन हेर्दै हिँडे । लगत्तै खबर आयो, उनले यो फिल्म पनि छाडे, स्क्रिप्ट मन नपरेको भन्दै । त्यसो भए स्क्रिप्ट नपढी खेल्न तयार भएका थिए ? सवाल उठ्छ नै । धुपौरेलाई धोका दिएपछि ए मेरो हजुर ४ खेल्ने भएका छन् ।
यस्तो अस्थिर व्यवहारले साखमा धक्का लाग्छ भन्ने हेक्का अनमोललाई होला ?