किम्फको नयाँ संस्करण

- नेपाल संवाददाता

भनाइ छ, कुनै पनि प्रकारको फिल्म, कथा या वृत्तचित्रले प्रश्न गर्न उक्साइरहन्छ । दर्शकलाई प्रश्न जन्माउन, रोमाञ्चक यात्रामा लैजान, कहिले रुन त कहिले हँसाउन, कहिले सानो विजयमा पनि उत्सव मनाउन आउादै छ, काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) । किम्फ पर्वतीय विषयवस्तुमा आधारित फिल्मको महोत्सव हो ।

२५ मंसिरदेखि २९ सम्म राजधानीको सभागृह र नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुने किम्फको यो १७ औँ संस्करण हो । यसपालि नेपाली पानारोमाअन्तर्गत १४ वटा फिल्म प्रदर्शन हुँदै छन् । यस्तै, ६९ देशका ४ सय २७ वटा फिल्म प्राप्त भएकामा २९ देशका ६६ फिल्म महोत्सवमा प्रदर्शन गरिनेछन् । 

प्रदर्शन गरिनेमा १७ वटा फिल्म प्रतिस्पर्धात्मक र ३२ फिल्म गैरप्रतिस्पर्धात्मक खण्डमा छन् । महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश: २ लाख, १ लाख ५० हजार र १ लाख रुपैयाा जित्नेछन् । 

‘पछाडि पारिएकाहरुको आवाज’ नारासहित आयोजना हुन लागेको महोत्सवको उद्घाटनमा ‘द एसेन्ट अफ एभरेस्ट’ फिल्म प्रदर्शनी गरिनेछ । 

 

प्रकाशित: मंसिर २४, २०७६

×