राजनीति र धर्म
विज्ञान र प्रविधिले चमत्कार गररिहेको पृष्ठभूमिमा सन् १९७६ मा अनुसन्धान संस्था 'गल अप'को मत सर्वेक्षण आयो, ३१ प्रतिशत अमेरकिी पुनःजन्ममा विश्वास राख्छन् ।
र
अमेरकिी राजनीतिमा धर्मको भूमिका बुझ्न यो सर्वेक्षण काफी छ । धर्मले राजनीतिलाई निर्देशित गर्छ वा राजनीति, धार्मिक सद्भावको व्यवस्थापक हो ? यो विषयमा घोत्लिँदा, महाशक्ति राष्ट्रको राजनीतिले धार्मिक आस्थालाई उच्च स्थान दिएको प्रस्टिन्छ ।
सन् १७८७ जुनतिर फिलाडेल्पिmयामा घोषित अमेरकिी संविधानको पहिलो धाराले नै धर्ममाथि संघीय सरकारको भूमिका र प्रभावलाई शून्यमा सीमित पारे पनि अहिलेसम्मको व्यवहार र रवैयाले धर्मलाई सर्वोपर िठानेको छ । अहिले पनि विभिन्न खाले संकटमा संविधानमा धर्मनिरपेक्षता घोषणा गरँिदाको बेथितिका रूपमा व्याख्या गर्ने प्रचलन छ ।
संविधानमा क्रिस्चियन -प्रोटेस्टेन्ट) शब्दावली समावेश नगर्दा सन् १८६० मा गृहयुद्व नै मच्चिएको थियो । फलतः अमेरकिी मुद्रा र सिक्कामा पहिलोपटक लेखियो, 'इन गड वी ट्रस्ट' अर्थात् भगवान्मा हाम्रो विश्वास छ । अमेरकिी मुद्रामा अहिले पनि त्यो देख्न सकिन्छ । 'सेप्टेम्बर ११'को आतंकवादी हमलापछिको अमेरकिामा धर्म र राजनीतिको गठबन्धन झनै कसिलो देखिन्छ । 'टी पार्टी'को उदय यसको ज्वलन्त उदाहरण हो ।
सामान्य बेला राजनीतिमा धर्मको खासै भूमिका नभए पनि मुलुकमा संकट गहिरँिदै जाँदा यसको प्रभावकारतिा र उद्दण्डतालाई नजरअन्दाज गर्न सकिँदैन । किनभने, धर्म-संस्कृति, पहिचान र अस्तित्वसँग जोडिएर आउने गर्छ । भलै पहिलो संविधानसभाले नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरसिकेको पृष्ठभूमिमा कतिलाई यो बहस वाहियात पनि लाग्न सक्छ । तथापि, यसले धेरैको सरोकारलाई प्रतिविम्ब गर्छ ।
धर्म व्यक्तिगत सरोकारको पक्ष हो वा सार्वजनिक रुचिको विषय, यो विवाद सदियौँ पुरानो हो । धर्मनिरपेक्षता पक्षधर दाबी गर्छन्, आस्था, भगवान् र मानिसबीचको नितान्त व्यक्तिगत विषय हो, यसले जनताको नीतिसँग सरोकार राख्दैन । धार्मिक आस्था वकालतको विषय पनि होइन । किनभने, धर्ममा विविधता छ ।
अर्काेतर्फ, धार्मिक आस्थालाई नैतिक शिक्ष्ाा र सामाजिक संस्कारको कडीका रूपमा हेरनिे मानवीय सभ्यताको परम्परागत प्रचलन पनि छ । चाहे पश्चिम होस् या पूर्वीय दर्शन, व्यक्तिको चरत्रि र नैतिक विकासमा धर्मको भूमिका हुन्छ । त्यसैले राजनीति र धर्मबीच सम्बन्धै हुन सक्दैन भन्नु बेतुकको तर्क हो । जब नैतिकतालाई धर्मसँग जोडेर हेरन्िछ, तब राजनीतिमा धर्मको प्रभाव बढ्छ । राजनीतिमा नैतिक संकट गहिरँिदै जादा कुल जनसंख्याको पाँच भागको चार भाग हिन्दु धर्मावलम्बी रहेको मुलुकमा हिन्दुत्वको प्रभावबारे चर्चा हुँदा देश खत्तम हुन थाल्यो वा अग्रगमनमा बाधा पर्यो भन्ने तर्कलाई कसरी बुझ्ने ?
यसको अर्थ, राजनीतिक लाभका लागि गरनिे धर्म केन्दि्रत सभा, जुलुस, र्यालीप्रतिको समर्थन भने बिलकुलै होइन । निहित राजनीतिक स्वार्थमा लिप्त व्यक्ति वा समूह धर्मलाई किन उचालिरहेका छन् भन्ने पनि बुझिएकै कुरा हो । तर, धार्मिक आस्था केही राजनीतिक दलहरूले समर्थन वा विरोध गर्दैमा प्रभावित हुने विषय होइन । यो मानवीय अस्तित्व र संस्कृतिसँग सम्बन्धित पक्ष हो । समाज अनि मुलुकको परचिय पनि हो ।
अग्रगमन या समावेशी एवं सन्तुलित समाजका नाममा केही राजनीतिक दलहरू हिन्दुत्वको प्रभावलाई क्षीण बनाउन उद्यत रहेको प्रस्ट छ । संविधानमा धर्मको भूमिका निषेध गर्दैमा धार्मिक आस्था कमजोर हुन्छ वा अल्पसंख्यकको उत्थान हुन्छ भन्ने तर्क राजनीतिक लाभको जोडघटाउमा आधारति विश्लेषण मात्र हो । धर्मले सामाजिक ऐक्यबद्धतालाई एक ढिक्का पार्छ र समाज रहुन्जेल कुनै खाले राजनीतिक शक्तिले धर्मलाई नष्ट गर्न सक्दैन ।
अन्तर्राष्ट्रिय परदिृश्य, आर्थिक उदार नीति, मानव अधिकार एवं अल्पसंख्यकप्रति व्यवहार एवं नीतिको पर्यायवाची हो, धर्म निरपेक्षता । उदारवादी प्रजातान्त्रिक शासन पद्धति अँगालेका मुलुकमा धर्म निरपेक्षता चलनचल्तीमा छ । धर्म निरपेक्षतावादीको नजरमा नैतिकताको अर्थ मानवता हो र त्यसले धर्मसँग कुनै सरोकार राख्दैन । खुला समाजमा राज्य एक निश्चित धर्मको पृष्ठपोषक बन्न सक्दैन । यसमा धेरैको विमति नहोला । तथापि, नेपालको परदिृश्यमा धर्म निरपेक्षतासँग जोडेर अग्रगमनको बाधक तत्त्वका रूपमा हिन्दु धर्मलाई परभिाषित गरँिदै छ । यो मूलतः अल्पसंख्यकलाई अधिकार दिने नाममा बहुमतमाथिको जबर्जस्ती नियन्त्रणजस्तो हो ।
नेपालको हकमा हिन्दु धर्मले उदारता र सहिष्णुता प्रदर्शित गरेको विगत साक्षी छ । दर्शनशास्त्री कार्ल माक्र्सले भनेका छन्, 'सामाजिक र ऐतिहासिक परविर्तनको मुख्य कारक तत्त्व आर्थिक संघर्ष हो, धर्म होइन ।' तसर्थ, धर्म र समाजबीचको गलत व्याख्या मुलुकको राजनीतिका लागि प्रत्युत्पादक हुन सक्छ । जब राजनीतिले मुलुकको संस्कृति र संस्कारलाई सम्बोधन गर्न सक्दैन, तब त्यसले वैधानिकता गुमाउँछ । जस्तो ः धर्मनिरपेक्षताको भावनात्मक संकेतका रूपमा प्रतिपादित स्टालिन तन्त्र, नेसनल सोसलिज्म, टर्किस रपिब्लिकिलिज्म र माओत्सेतुङको राजनीतिक सिद्धान्त, धर्म संस्कृतिको परििधबाट बाहिरएिर तयार गरएिका काल्पनिक समाजका खाका असफल भइसकेका हुन् ।
निश्चय पनि धर्मनिरपेक्षतालाई सदियौँदेखि स्थापित रीतिरविाज र संस्कारलाई तहसनहस गर्ने साधनका रूपमा परभिाषित र कार्यान्वयन गरनिु दुर्भाग्य हो । लम्बिँदो संक्रमणकाल एवं केही प्रमुख राजनीतिक घटकहरूको जातीय, क्षेत्रीय एवं साम्प्रदायिक पक्षपोषणले हिन्दुवादीलाई उकासेको प्रस्ट छ । राजनीतिले यसको उचित व्यवस्थापन गर्नैपर्छ । नत्र, धर्मनिरपेक्षता र सापेक्षताबीचको संघर्षले राजनीतिक निर्णय र वैधानिकतामाथि प्रश्नचिह्न खडा भई साम्प्रदायिक विध्वंश निम्त्याउनेे खतरा त्यत्तिकै हुन्छ । प|mेन्च दार्शनिक इमिल डुरख्यामका शब्दमा, 'सफल राष्ट्र वा राजनीतिक नेतृत्वले जहिले पनि आफ्नो सामाजिक संस्कारको उत्पत्ति भावलाई आत्मसात् गरेकै हुन्छ ।' भारतमा नरेन्द्र मोदीको उदय यसकै उदारहण हो ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...