पीडितसँग मानवीय व्यवहार
लगातारको भूकम्पका कारण जनजीवनमा सन्त्रास कायमै छ । घर, कार्यालय, सडक, सवारी र बजार, जहाँ हुँदा पनि अब अगाडि के होला भन्ने डर वा नकारात्मक सोचले जरो गाडेको छ ।
अस्पताल, क्लिनिक र शिविरहरू घाइते तथा उनीहरूका हेरचाह गर्न बचेका परविारजन वा आफन्तले भरएिका छन् । उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरको प्रमुख ऐतिहासिक सम्पदा र दर्जनौँ गाउँ भग्नावशेषमा परण्िात भएका छन् । पत्रपत्रिकामा दिनहुँ जसो प्रकाशित भइरहेका श्रद्धाञ्जलिले धेरै परविारका कथा भनिरहेका छन् ।
योे त्रासदीको तेह्राँै दिन वसन्तपुर दरबारमा आयोजित शोकसभामा भावविह्वल भएर रोएका विदेशीको आँसुले पनि यो भूमिमा गएको बज्रपातलाई छर्लंग पार्छ । यस्तो अवस्थामा आफ्नो व्यक्तिगत सोच के हो भन्दै अरूलाई भाषण नदिनूस् । यो विपत्बाट बचेकामा आफूलाई भाग्यशाली ठान्नूस् र सकेसम्म अरूको घाउमा मलम लगाउने सोच राख्नूस् ।
सक्नुहुन्छ भने दुई शब्द मीठो बोलिदिनूस् । सार्वजनिक यातायातमा यात्रा गर्दा आफ्नो वरपिर िबसेकासँग संवादको थालनी गर्नूस् । उनीहरूमध्ये कोही हताहतीको सिकार भएका हुन सक्छन् । उनीहरू अस्पतालमा भर्ना भएका घाइते परविारजनलाई खाना पुर्याउन गइरहेका हुन सक्छन् । उनीहरूले पोकापोल्टी वा भारी सामग्री बोकेका हुन सक्छन् । गाडी चढ्दा र ओर्लंदा एकछिन उनीहरूलाई सघाइदिनुभयो भने मन प्रफुल्ल भएर आउँछ । चिनेकै हुनुपर्छ भन्ने छैन, सडकमा, बसमा वा चोकमा भेटिएका बालबालिका र उनीहरूका मातापितासँग रमाइला गफ गर्नूस् । यस्ता व्यवहारले जीवनप्रति
आशा जगाउँछ ।
अहिले हामीमध्ये धेरै जना फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालमा आदर्श झल्काउने वाक्य र कविता तथा तस्बिरसहित संवेदना व्यक्त गररिहेका हुन्छौँ । पीडितलाई राहत पुर्याउनेतिर भन्दा पनि तस्बिर खिचाएर फेसबुकमा हाल्ने होड चलेको देखिन्छ । सेवा वा सहयोग भनेको निःस्वार्थ हुनुपर्छ । यस्तोमा फोटो सेसनले तपाईंले गरेको कार्यलाई सस्तो बनाउँछ । काम गरौँ । फेसबुक र ट्वीटरमा त्यसको प्रदर्शन नगरौँ । किनभने, हामीले आफ्नै नेपाली दाजुभाइको सेवा गररिहेका छौँ, कुनै विदेशीको होइन ।
भुइँचालोमा निधन भएकाको सम्झनामा दियो र मैनबत्ती बाल्नेको कमी छैन । तर, उनीहरूमध्ये कति जनाले आफ्नो घरपर्खाल आफ्नैका लागि मात्र नभएर छरछिमेकका लागि पनि सुरक्षित छ भन्ने विचार गरेका छन् । भुइँचालोले गर्दा तपाईंको पर्खाल छिमेकतिर ढल्केको छ भने तत्काल भत्काएर इन्जिनियरको सल्लाहले पुनःनिर्माण गर्नूस् । छिमेकीलाई असर पार्छ वा उसकै तिर ढल्छ भनेर मक्ख नपर्नूस् । भूकम्पको दिशा र झट्का अनौठो खालको हुने हुनाले मात्रै तपाईंको धनमाललाई पनि क्षति पुर्याउन सक्छ ।
कतैतिर घर झुकेको छ वा वारपार देखिने गरी चिरा परेको छ भने वरपर बसेकालाई समेत ध्यानमा राखी भूकम्प प्रतिरोधक घरको निर्माण गरौँ । कम्तीमा यो सब गर्न पाउनु भएकामा आफूलाई भाग्यशाली ठान्नुहोस् । राष्ट्रप्रति माया झल्काउन, निधन भएकाप्रति संवेदना व्यक्त गर्न र समाजमा आफ्नो उपस्थिति दे खाउन दीप प्रज्वलन गर्नूस्, मैनबत्ती बाल्नूस् । तर, त्यसभन्दा महत्त्वपूर्ण तपाइर्ंको वरपरको वातावरण सुरक्षित भए/नभएको पक्का हुनूस् । ताकि भविष्यमा कसैले कसैलाई पनि यसरी श्रद्धाञ्जलि दिनु नपरोस् । यदि तपाईंमा त्यति पनि सामान्य चेतना, विवेक र संवेदना छैन भने तपाईंले अहिले गररिहेको गतिविधि अथर् हीन ठहरन्िछ । त्यो देखावटी मात्र ठानिनेछ ।
भूकम्पको भविष्यवाणी गर्न नसकिने हुनाले यो कति बेला कुन क्षेत्रमा जान्छ भन्ने अड्कल गर्न सकिन्न । त्यही भएर यो उसको र यो मेरो नभनी वरपरको वातावरणलाई सुरक्षित राख्नुपर्छ । एक जनाको गल्ती, बदमासी र दादागिरीले धेरैलाई क्षति पुर्याउँदो रहेछ ।
अहिले सबैलाई महामारीको डरले समेत सताएको छ । केही त यही कारण सुरक्षित हुन गाउँघरतिर लागेका छन् । बुझ्नैपर्ने कुरा के छ भने महामारी आफैँ फैलिँदैन, बरू हामीले नै निम्तो दिन्छौँ । त्यो भनेको आफ्नो घरवरपर सफा नराख्नु, मास्क लाउन अप्ठ्यारो मान्नु, खाना खानु अघिपछि, दिसापिसाब गरेपछि तथा बाहिरबाट आएपछि साबुनको प्रयोग गरी हात नधुनु हो । अल्छी वा हतारमा व्यक्तिगत सरसफाइमा ध्यान नदिँदा खाँदा रोगी हुन्छौँ ।
सबभन्दा मननीय र चिन्तनीय पक्ष के भने अधिकांश सहरयिा र जिल्लावासीले यस्ता भूकम्पीय कम्पनहरूको पहिलोपटक सामना गररिहेका छन् । यस्तो परििस्थतिमा शरीर काम्नु, मुटु ढुकढुक हुनु, स्वासप्रश्वास असामान्य हुनु, भुइँचालो गइरहेको जस्तो लाग्नु, नराम्रो सपना देख्नु र राम्ररी निन्द्रा नआउनु स्वाभाविक भएको विज्ञहरू भन्छन् । स्वभावतः सबैलाई ज्यान जाने डर लाग्छ । यस्तोमा एक्लै बस्नु हुन्न । पारविारकि वा सामाजिक भेलामा बस्नुपर्छ । राम्रा कुराकानी गर्नुपर्छ । मनमा आएका जिज्ञासा अरूसँग साझेदारी गर्नुपर्छ । लामो समयसम्म डर लागिरहेमा वरपरका अस्पताल वा क्लिनिकमा मनोचिकित्सकलाई भेटेर परामर्श लिनुपर्छ ।
हामीले एकअर्कासँग सचेत र संवेदनशील भएर बोल्नुपर्छ । अरूलाई अत्याउने, हरेस पार्ने र कुनै आधार नभएको हाहाहुहु खाले गफ गर्नुहुन्न । त्यस्तो कुनै समस्या आइपरेमा छरछिमेकमा भएका जानकार व्यक्तिसँग सल्लाह गर्नुपर्छ । अन्ततः यस्तो कठिन घडीमा एकअर्कासँग सामाजिक र मानवीय व्यवहार गर्दा ठूलो राहत र सन्तोष महसुस हुन्छ । 'म मात्रै होइन, यो हामी सबैको पीडा हो र सबैले मिलेर यसको सामना गर्नुपर्छ' भन्ने भावनाको विकास हुनुपर्छ । किनभने, भूकम्पले व्यक्तिविशेष तोकेर नभई सबैलाई असर पार्छ । यस्तोमा आफूमा कुनै खाले घमण्ड वा अहम् छ भने त्यसलाई त्यागेर समाजमा जिम्मेवार भएर विभेदरहित ढंगले सबैसँग समान व्यवहार गर्नुपर्छ ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...