नदेखेर हो, या हेर्दै नहेरेर...
नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षत्रीलाई थाइल्यान्डबाट फर्कंदा काठमाडौँ विमानस्थलमा फूलमाला लिएर आउलान् भन्ने आश थिएन । भयो पनि त्यस्तै ।
नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षत्रीलाई थाइल्यान्डबाट फर्कंदा काठमाडौँ विमानस्थलमा फूलमाला लिएर आउलान् भन्ने आश थिएन । भयो पनि त्यस्तै ।
भलै, नेपाली महिला क्रिकेट टोलीसँग प्रमाण देखाउन विजेता ट्रफी थिएन । दुई महिने अन्तरालमा १२ मध्ये १० खेलमा जित निकाल्दै उच्च प्रदर्शन गरेको महिला क्रिकेट टोली अरुजस्तै सम्मानको हकदार भने पक्कै थियो । थाइल्यान्डमा एसियाली क्षेत्रको आईसीसी वुमन वल्र्डकप छनोट खेलेर आएको नेपाली टोली रुविनाको हयाट्रिकसँगै नेरी थापाको पाँच विकेटको कीर्तिमान पनि सँगै लिएर १६ फागुनमा स्वदेश फर्कियो । छनोट चरणमा थाइल्यान्डबाहेक सबै राष्ट्रलाई हराएर दोस्रो स्थान ओगट्दै नेपालले प्रतियोगिता टुंग्याएको थियो ।
आईसीसीको नियमअनुसार एसियाली क्षेत्रबाट एउटा मात्र टिम छनोट हुने भएकाले पहिलो हुने थाइल्यान्ड ग्लोबल क्वालिफायरमा छनोट भएको थियो । सीमित स्रोत-साधन र छोटो अवधिको तयारीले पनि नेपाली क्रिकेटरले गरेको प्रदर्शन उच्च थियो । घरेलु महिला क्रिकेट प्रतियोगिता नै कम हुने हाम्रोजस्तो राष्ट्रमा उनीहरुको यो उडान परखयोग्य छ ।
नेदेखेर हो या हेर्दै नहेरेर, ६ फागुनदेखि १० दिनसम्म चलेको प्रतियोगिता खेलेर फर्केको महिला टोलीलाई स्वागत गर्न कुनै पनि खेल पदाधिकारी तथा सरोकारवाला उपस्थित भएनन् ।
समग्र क्रिकेट विकासका लागि महिला क्रिकेटमा पनि लगानी बढाउँदै घरेलु प्रतियोगितामा निजी क्षेत्रको प्रभावी लगानी आवश्यक रहेको प्रशिक्षक विनोद दास बताउँछन् । क्रिकेट विकासमा समर्थक र मिडियाको सहयोग उच्च रहेकाले 'को लिन आयो अथवा आएन' भन्ने प्रश्न तपसिलमा छाड्न प्रशिक्षक दासले आग्रह गरे ।
थाइल्यान्डबाट फर्किएको नेपाली महिला टोलीसँग थिएन त, एउटा विजेता ट्रफी । दासका अनुसार क्रिकेट उच्च स्तरमा पुग्यो भने सबै त्यसको पछि लाग्ने गरेको उदाहरण पर्याप्त नै छन् ।
कप्तान रुविना भने आफ्नो फरक मत राख्छिन्, "घरेलु क्रिकेटको यो असमान संरचना सुधार नगरुन्जेल खेललाई निरन्तरता दिन असम्भव छ ।"
सम्बन्धित
कोभिड १९ पछि नेपाली खेलकुदलाई पुरानै लयमा फर्काउने चुनौती ...
खेलकुदमा वर्ष ०७६ लाई फर्केर हेर्दा
१ सय २४ वर्षभन्दा लामो इतिहास बोकेको आधुनिक ओलम्पिकमा प्रतियोगिता स्थगित भएको यो दोस्रो घट...
कोरोना संक्रमणको असरले खेल गतिविधिमा कस्तो असर ?
दुई महान् पिताका पुत्रहरू पनि फुटबलप्रति उति नै रुचि राख्ने भएका छन् । रोनाल्डोका छोरा क्र...
रोनाल्डोका छोराका आदर्श मेसी, मेसीका छोरा रोनाल्डोका प्रशंसक
नेपालको थाइल्यान्ड यात्रा नमीठो सम्झना...
एसिया कप खेल्ने सपनामा यसरी लाग्यो तगारो
एक महिना महत्त्वपूर्ण प्रतियोगिता खेल्न नसक्ने स्थितिमा नेपाल ...
महिला भलिबलका तीन हस्ती नै चोटग्रस्त
आर्मीको खेल साँच्चै नै उम्दा थियो, यो सिजनको लिगमा । डिफेन्स र गोलरक्षणमा निकै बलियो । आर्...