ए डिभिजन लिग : आकर्षक अफरले पनि तानेन दर्शकलाई
राष्ट्रिय टोलीको जर्सी, विदेश भ्रमण, विश्वकप छनोटको टिकटलगायत आकर्षक अफर राख्दा पनि दर्शकको बेवास्ता
आर्मीको खेल साँच्चै नै उम्दा थियो, यो सिजनको लिगमा । डिफेन्स र गोलरक्षणमा निकै बलियो । आर्मीले दर्शकको मन त जित्यो । जितेन त केवल ए डिभिजनको उपाधि ।
फुटबलमा सधैँ रोमाञ्चक प्रतिस्पर्धा मात्रै हुँदैन । कहिलेकाहीँ यो निर्दयी खेल साबित भइदिन्छ । सहिद स्मारक ए डिभिजन लिगको निर्णायक खेल कति निर्दयी हुन सक्छ भन्ने जान्न विभागीय टिम त्रिभुवन आर्मीलाई सोधे पुग्छ । दुई पटक उपाधिको नजिक पुगेर पनि विजेता हुन नसकेको पीडाबाट माथि उठ्न आर्मीलाई लामै समय लाग्न सक्छ ।
०६३ को ए डिभिजन लिगको अन्तिम खेल । स्थान : दशरथ रंगशाला । विभागीय डर्बीमा नेपाल पुलिस र आर्मीको स्पर्धा । लिग जित्न पुलिसलाई अन्तिम खेल जित्नैपर्ने अवस्था । १ अंकको अग्रता भएकाले आर्मीलाई बराबरीले पनि विजेता बनाउने । पहिलो हाफ आर्मीले सोचेजस्तै बित्यो, गोलरहित बराबरी । तर दोस्रो हाफको ६४ औँ मिनेटमा रमेश बुढाथोकीले पुलिसलाई अग्रता दिलाए । ८४ औँ मिनेटमा जुमनु राईले गोल थपेपछि आर्मी २–० ले स्तब्ध मात्रै भएन, च्याम्पियन बन्ने सपनामा समेत पूर्णविराम लाग्यो ।
१२ वर्षमा खोलो फर्किन्छ तर आर्मीलाई ए डिभिजनको च्याम्पियन बन्ने वातावरण फर्काउन १३ वर्ष लाग्यो । ०७६ को ए डिभिजनको अन्तिम खेल आर्मी र मच्छिन्द्र क्लबबीच । मच्छिन्द्रलाई जित्नैपर्ने दबाब । आर्मीलाई बराबरीले पनि लिग च्याम्पियन बनाउन पर्याप्त । तर नतिजा यसपालि पनि आर्मीको पोल्टामा परेन । पहिलो हाफको ३३ औँ मिनेटमा विकास तामाङले बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल गरेपछि आर्मी १–० ले पछि पर्यो । त्यसपछि दोस्रो हाफमा पाएका केही अवसर गोलमा परिणत गर्न नसक्दा सहिद स्मारक ए डिभिजन लिगको नयाँ विजेता बन्ने श्रेयबाट आर्मी चुक्यो । इतिहास रच्ने अवसर मच्छिन्द्रले पायो ।
लिगको दोस्रो खेलमै मनाङसँग १–० ले स्तब्ध भएको आर्मीले त्यसपछि भने लय गुमाएन । लगातार तीन खेलमा क्लिन सिट राख्दै आर्मीले उपाधिमाथिको दाबेदारी प्रस्तुत गर्यो । तर छैटौँ राउन्डमा संकटाविरुद्ध अग्रता लिएर पनि बराबरीमा रोकिनु आर्मीका लागि दुर्भाग्य बन्यो । आर्मीका क्याप्टेन भरत खवास पनि संकटासँग बराबरी खेल्नु नै लिगको टर्निङ प्वाइन्ट भएको स्वीकार्छन् ।
“लगातार तीन खेल जित्दै लयमा रहेका बेला संकटासँग बराबरीमा रोकियौँ । त्यो नै हाम्रा लागि मोमेन्टम ब्रेक गर्ने खेल बन्यो । त्यसपछि ५ खेल जित्दा पनि १ अंकले मात्रै अघि रह्यौँ,” उनले भने । त्यसपछि ८ औँ राउन्डमा पनि आर्मी न्युरोड टिम एनआरटीसँग गोलरहित बराबरीमा रोकिएको थियो । लिग जित्ने आर्मीको सपनामा अर्को धक्का त्यतिबेला पनि लाग्यो ।
यो पनि पढ्नुस
राष्ट्रिय टोलीको जर्सी, विदेश भ्रमण, विश्वकप छनोटको टिकटलगायत आकर्षक अफर राख्दा पनि दर्शकको बेवास्ता
लिगमा विभागीय टोलीको त्यति धेरै समर्थक हुन्नन् । तर यस पटक आर्मीले पस्किएको खेलका कारण विभागभन्दा बाहिरका प्रशंसक पनि ऊ लिग च्याम्पियन नहुँदा थकथकाए । आर्मीको खेल साँच्चै नै उम्दा थियो, यो सिजनको लिगमा । डिफेन्स र गोलरक्षणमा आर्मी निकै बलियो साबित भयो । आर्मीले १३ खेलमा २१ गोल गर्दा मात्रै ७ गोल खायो । यसबाट पनि आर्मीको रक्षापंक्ति र गोलरक्षक विकेश कुथुको परीक्षण गर्न सकिन्छ । नियमित प्रशिक्षणमा रहने खेलाडी र प्रशिक्षक नवीन न्यौपानेको नेतृत्वको आर्मीले आकर्षक फुटबल खेल्दै दर्शकको मन जित्यो । जितेन त केवल ए डिभिजनको उपाधि ।
विभागीयबाहेकका टोलीले राम्रा खेलाडीमा लगानी बढाउँदै लगेका छन् । विदेशी खेलाडी पनि अनुबन्ध गर्न पाउँछन् अन्य क्लबले, जुन सुविधा विभागीय क्लबलाई छैन । लगानीअनुसार प्रतिफल निस्कने भएकाले पनि अन्य क्लब आक्रामक रूपमा खेलाडी अनुबन्धमा लाग्ने र लिग नियमित हुँदा क्लबहरूको तयारी पनि स्तरीय हुनेमा शंका छैन । अघिल्लो सिजनको लिग पुछारबाट दोस्रोमा सकेको मच्छिन्द्रले यो सिजन च्याम्पियन बन्ने योजनासहित स्क्वाड सार्वजनिक गर्दा धेरैले जिब्रो टोक्ने अवस्था थियो । कारण, मच्छिन्द्रले झन्डै राष्ट्रिय टोलीकै झल्को दिने टिम बनाएको थियो । मनाङ मर्स्याङ्दी र थ्रीस्टारजस्ता लिगका दाबेदार टिमका महत्त्वपूर्ण खेलाडीलाई मोटो रकममा अनुबन्ध गरेर मच्छिन्द्रले आफू पछि नहट्ने बताइसकेको थियो ।
मच्छिन्द्रको यस पटकको टिम सन्तुलित देखियो, अन्यको तुलनामा । डिफेन्समा विदेशी खेलाडी पिटर सेगुन, मिडफिल्डमा आन्द्रेस र स्ट्राइकरमा सोमिडे एडेलाजा अन्य टिमको तुलनामा अब्बल देखिए । त्यसैले पनि मच्छिन्द्रले सोचेजस्तो नतिजा ल्याउन सक्यो । अन्तिम खेलमा आर्मीको पेस र स्टामिनालाई पछि पार्न पनि यी विदेशी खेलाडीको महत्त्वपूर्ण साथ रह्यो, मच्छिन्द्रलाई ।
मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल पत्रकार सम्मेलनमा भन्दै थिए, ‘खेल जित्न मैदानमा उत्कृष्ट प्रदर्शन गरेर मात्रै पुग्दैन, विपक्षी खेलाडीको दिमागमा डर पैदा गर्न पनि सक्नुपर्छ ।’
मच्छिन्द्रले लिगको १३ खेलमा २५ गोल गर्दा मात्रै ८ गोल खायो । यस पटक मच्छिन्द्रले मैदानबाहिर र भित्र दुवै स्थानमा आफूलाई अब्बल साबित गर्यो ।
यो पनि पढ्नुस
मुलुककै पुरानो र ठूलो सहिद स्मारक ए डिभिजन लिग फुटबलको ४३ औँ संस्करण सकिएको छ । लिगबारे अखिल नेपाल फुटबल संघ (एन्फा) का लिग निर्देशक सञ्जीव मिश्रसँगको कुराकानी
आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले लिगका विधागत उत्कृष्ट खेलाडीलाई पुरस्कृत गर्दा यो पटक भागबन्डाको नीति अख्तियार गर्यो । लिग विजेता टोली मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल उत्कृष्ट हुनु स्वाभाविक भइहाल्यो । उपविजेता आर्मीका भरत खवास उत्कृष्ट फर्वाड घोषित भए । उनले लिगमा ४ गोल गरे । उनकै टिमका नवयुग श्रेष्ठले ६ गोल गर्दा सर्वाधिक गोलकर्ता सशस्त्रका आशीष लामाले ९, मच्छिन्द्रकै विशाल राई बीले ४ गोल गरेका थिए ।
मनाङका दीप कार्की उत्कृष्ट गोलरक्षक घोषित भए । तेस्रो स्थानमा लिग सकाएका मनाङले २० गोल विपक्षी पोस्टमा गर्दा ८ गोल खाएको थियो । मनाङको गोलअन्तर १२, आर्मीको १४ र लिग विजेता मच्छिन्द्रको १७ थियो । चौथो स्थानको थ्रीस्टारका अनन्त तामाङ उत्कृष्ट डिफेन्डर चुनिए । मच्छिन्द्रका विशाल राई बी उत्कृष्ट मिडफिल्डर र युवा खेलाडी एनआरटीका दर्शन गुरुङ घोषित भए । विधागत उत्कृष्ट हुने खेलाडीले जनही १ लाख ५० हजार रुपैयाँ हात पारे ।
कोभिड १९ पछि नेपाली खेलकुदलाई पुरानै लयमा फर्काउने चुनौती ...
१ सय २४ वर्षभन्दा लामो इतिहास बोकेको आधुनिक ओलम्पिकमा प्रतियोगिता स्थगित भएको यो दोस्रो घट...
दुई महान् पिताका पुत्रहरू पनि फुटबलप्रति उति नै रुचि राख्ने भएका छन् । रोनाल्डोका छोरा क्र...
नेपालको थाइल्यान्ड यात्रा नमीठो सम्झना...
एक महिना महत्त्वपूर्ण प्रतियोगिता खेल्न नसक्ने स्थितिमा नेपाल ...
आर्मीको खेल साँच्चै नै उम्दा थियो, यो सिजनको लिगमा । डिफेन्स र गोलरक्षणमा निकै बलियो । आर्...