दौडिन तयार हुनुस्
कान्तिपुर पब्लिकेसन्सले,‘कान्तिपुर हाफ म्याराथन’ को आठौँ संस्करण लिएर आएको छ ।

कान्तिपुर पब्लिकेसन्सले,‘कान्तिपुर हाफ म्याराथन’ को आठौँ संस्करण लिएर आएको छ ।
०६८ देखि निरन्तर चलिरहेको कान्तिपुर हाफ म्याराथनमा सहभागिताका लागि खुला आह्वान गरिएको छ । पब्लिकेसन्सका अनुसार कार्यक्रमले एथ्लेटिक्स एवं धावक, विभिन्न क्षेत्रका चर्चित व्यत्तित्व, हिँड्न मन पराउने तथा सञ्चारकर्मीका लागि विशुद्ध मनोरन्जन, सुरक्षित र सहरको भव्यता अवलोकन गर्दै प्रदूषणमुक्त सहर बनाउन जनचेतना जगाउनेछ । यसले समुदायमा पनि सहर सफा राख्न सकारात्मक प्रभाव पर्नेछ ।
सबै क्षमताका सहभागी, विभिन्न जात, वर्ग, कर्पोरेट तथा सञ्चारगृह सहभागी हुन सक्ने प्रतियोगितामा ३ प्रकारका श्रेणी छन् । हाफ म्याराथन (महिला र पुरुष), कर्पोरेट तथा मिडिया दौड (महिला र पुरुष) र ह्वीलचेयर दौड (महिला र पुरुष) । हाफ म्याराथनका प्रतियोगीले २१.१ किमि दौडिनुपर्नेछ भने कर्पोरेट तथा मिडिया दौडमा ५ किमि कुद्नुपर्नेछ ।
११ जेठ बिहान हुने प्रतियोगितामा इच्छुक व्यक्तिले दर्ताका लागि कान्तिपुर पब्लिकेसन्सको मुख्य कार्यालय सेन्ट्रल बिजनेस पार्क, थापाथलीमा बिहान १० देखि ४ बजेसम्म सम्पर्क गर्न सक्नेछन् । फारम सिटिजन्स बैँकका शाखामा उपलब्ध छ ।