पिताकै पथ
पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लियोनल मेसी आफ्नो पुस्ताका सर्वोत्कृष्ट फुटबल खेलाडी हुन् । यी दुईमा को उत्कृष्ट भन्नेमा ठूलै बहस हुने गरेको छ ।
र
पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लियोनल मेसी आफ्नो पुस्ताका सर्वोत्कृष्ट फुटबल खेलाडी हुन् । यी दुईमा को उत्कृष्ट भन्नेमा ठूलै बहस हुने गरेको छ । रोनाल्डो ३४ र मेसी ३२ वर्षका भए । उमेरसँगै दुवैको करिअर संन्यासतर्फ मोडिँदै छ । प्रदर्शन र उपलब्धिको आधारमा विश्व फुटबलमा सर्वकालीन महान खेलाडी मानिएका यी दुईपछि बन्ने सुपरस्टारबारे पनि धेरैखाले अनुमान हुने गरेका छन् ।
अबको २० वर्षतिर प्रतियोगिताको उपाधि र अवार्डमा फेरि रोनाल्डो र मेसीकै प्रतिस्पर्धा भयो भने त्यो आश्चर्य नहुन पनि सक्छ । किनभने दुवैका छोरा सानै उमेरमा फुटबल क्रेजी देखिएका छन् । दुवै सुपरस्टारले आफू सानो छँदा जस्तो खेलाडी थिए, अहिले छोरा पनि उस्तै भएको बताइसकेका छन् । मिडिया रिपोर्ट र युट्युब तथा इन्स्टाग्राममा आइरहेका भिडियोले पनि रोनाल्डो र मेसीका सन्तान फुटबलमा उमेरअनुसार कुशल भएको देखाउँछ ।
रोनाल्डोका छोरा क्रिस्टियानो जुनियर ८ वर्षका छन् ।
रोनाल्डो जुनियर युभेन्ट्सको एकेडेमीमा ट्रेनिङ गर्छन् । उनले हालै बुबाले जस्तै 'ओभरहेड किक' मा गरेको गोल युट्युबमा भाइरल नै बन्यो । बुबाले जस्तै ७ नम्बरको जर्सी लगाउने उनले यू-९ को डेब्युमै चार गोल गरेका थिए । रोनाल्डो कहिलेकाहीँ छोरासँगै अभ्यास गर्छन् । फुटबल कौशल सिकाउँछन् ।
मेसीका छोरा थियागो भने एकेडेमीमा भर्ना भएका छैनन् । 'थियागो पहिले खेल मन पराउँदैनथे,' मेसीको भनाइ स्पेनी पत्रिका मार्काले लेखेको छ, 'अहिले सबै खेल हेर्ने, मन पराउने भएका छन् । खेलको प्राविधिक पक्षबारे कुरा गर्छन् । पहिला मजस्तो थिएँ, छोरा त्यस्तै क्रेजी छन् ।'
जेठा छोराले खेलको राम्रो-नराम्रो पक्ष केलाइरहँदा ४ वर्षे माटेओ भने मैदानमै उत्रिएर बुबाले जस्तै बल हान्न थालेका छन् । उनकी आमाले केही अघि इन्स्टाग्राममा अपलोड गरेको भिडियो लाखौँले हेरे, जहाँ माटेओले बुबाले जस्तै बल अगाडि बढाएर गोल गर्दै खुसियाली मनाएका छन् । फुच्चे केटोले मैदानको मध्यभागबाट डि्रब्लिङ गर्दै पोस्टनजिक पुर्याएर हानेको गोलले मेसीको खेलको झल्को दिन्छ ।
मेसी र रोनाल्डोको उमेरमा जति अन्तर छ, संयोगले दुवैका जेठा सन्तानको उमेरमा पनि उति नै फरक छ । मेसीले १७ वर्ष र रोनाल्डोले १६ वर्षको उमेरमा व्यावसायिक फुटबलमा करिअर सुरु गरेका थिए । मेसीले क्लब फुटबलमा निरन्तर बार्साबाटै खेलिरहेका छन् । रोनाल्डोको चौथो क्लब हो, युभेन्ट्स । मेसीले ३४ र रोनाल्डोले २९ उपाधि जितेका छन् । दुवै सुपरस्टारले देश र क्लबका लागि ६ सयभन्दा बढी गोल गरेका छन् । वर्षको उत्कृष्ट खेलाडीको अवार्ड बालोन डि'अर ५-५ पल्ट जितेका कीर्तिमानी रोनाल्डो र मेसीकै पथमा छोराहरु आउँछन् भन्ने अहिले अनुमान मात्रै गर्न सकिन्छ ।
सम्बन्धित
कोभिड १९ पछि नेपाली खेलकुदलाई पुरानै लयमा फर्काउने चुनौती ...
खेलकुदमा वर्ष ०७६ लाई फर्केर हेर्दा
१ सय २४ वर्षभन्दा लामो इतिहास बोकेको आधुनिक ओलम्पिकमा प्रतियोगिता स्थगित भएको यो दोस्रो घट...
कोरोना संक्रमणको असरले खेल गतिविधिमा कस्तो असर ?
दुई महान् पिताका पुत्रहरू पनि फुटबलप्रति उति नै रुचि राख्ने भएका छन् । रोनाल्डोका छोरा क्र...
रोनाल्डोका छोराका आदर्श मेसी, मेसीका छोरा रोनाल्डोका प्रशंसक
नेपालको थाइल्यान्ड यात्रा नमीठो सम्झना...
एसिया कप खेल्ने सपनामा यसरी लाग्यो तगारो
एक महिना महत्त्वपूर्ण प्रतियोगिता खेल्न नसक्ने स्थितिमा नेपाल ...
महिला भलिबलका तीन हस्ती नै चोटग्रस्त
आर्मीको खेल साँच्चै नै उम्दा थियो, यो सिजनको लिगमा । डिफेन्स र गोलरक्षणमा निकै बलियो । आर्...