बजाजको एभेन्जर क्रुज
क्रुजर बाइक रुचाउनेका लागि बजाजको एभेन्जर क्रुज २२० एउटा राम्रो रोजाइ हुन सक्छ । यो बाइक नेपालमा भित्रिएको पाँच महिनाभन्दा बढी भइसकेको छ । नेपालमा २ लाख ८५ हजार रूपियाँ पर्ने यो बाइक दुई रङमा मात्र उपलब्ध छ ।

यो बाइक २२० सीसीको इन्जिनबाट सञ्चालित छ । यो इन्जिनले ८ हजार ४ सय आरपीएमको स्पिडमा १८.७६ ब्रेक हर्सपावरको अधिकतम पावर निकाल्छ । बाइक र गाडीको इन्जिनले जति बढी पावर निकाल्यो, त्यति नै राम्रो पिकअप दिन्छ । यसको ४० किलोमिटर प्रतिलिटरको माइलेज पनि राम्रैमध्ये पर्छ । र, यो बाइकमा १४ लिटर क्षमताको फ्युलट्यांक छ । .
एभेन्जर क्रुज २२० मा पाँच गियर छन् । नेपालमा सबैतिर समथर बाटो हुँदैनन् । यसैका लागि यी बाटोमा चल्ने गाडी र बाइकमा ग्राउन्ड क्लियरेन्स अलि बढी हुनु जरुरी छ । र, एभेन्जर क्रुुज २२० को ग्राउन्ड क्लियरेन्स १६९ सेन्टिमिटरको छ । यत्तिको ग्राउन्ड क्लियरेन्स नेपाली बाटोका लागि उत्तम मानिन्छ । यसमा अगाडिको पाङ्ग्रामा डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक राखिएको छ । साथै, पछाडिको पाङ्ग्राका लागि राखिएको हाइड्रोलिक सस्पेन्सनले यसलाई अझ आरामदायी बनाउने प्रयास गरेको छ ।