प्रविधि
२९ पुस २०७६ मंगलबार
काठमाडौं
बाँसको कार्गो बाइक
काठमाडौँ विश्वविद्यालय र आबारीको संयुक्त प्रयासमा नेपाली मौलिकता झल्काउने बाँसबाट निर्मित विद्युतीय कार्गो बाइक सार्वजनिक भएको छ ।

केही साताअघि नेपाली युवाको समूहले ‘यात्री’ विद्युतीय बाइक बजारमा ल्यायो । त्यसलगत्तै काठमाडौँ विश्वविद्यालय र आबारीको संयुक्त प्रयासमा नेपाली मौलिकता झल्काउने बाँसबाट निर्मित विद्युतीय कार्गो बाइक सार्वजनिक भएको छ ।
झट्ट हेर्दा सामान्य ठेलाजस्तो देखिने बाइक वातावरणमैत्री छ । निर्माण पक्षका अनुसार बाँसलाई रसायन प्रयोग गरेर त्यसमा भएको ग्लुकोज निकालिएकाले बाइक ५० देखि ६० वर्षसम्म टिकाउ हुन सक्छ ।
काठमाडौँ उपत्यकाका पर्यटकीय स्थल, कृषिजन्य सामग्री बिक्री वितरण र ओसारपसारमा यस बाइकले सहयोग पुर्याउन सक्छ । करिब डेढ लाख रुपैयाँ पर्ने यो बाइकमा बाँस, फलाम, मोटर ब्याट्री कन्ट्रोलरलगायत सामान जडान गरिएको छ ।