प्रविधि
२७ असार २०७४ मंगलबार
काठमाडौं
फियटको पुन्टो अबार्थ
नेपालमा अहिले फियटको नयाँ ह्याचब्याक कार पुन्टो अबार्थ आएको छ । ३७ लाख ५० हजार रुपियाँ पर्ने यो कार १४ सय सीसीको इन्जिनबाट चल्छ । यो इन्जिनले १ सय ४५ ब्रेक हर्सपावर बराबरको अधिकतम शक्ति निकाल्छ ।

नेपालमा अहिले फियटको नयाँ ह्याचब्याक कार पुन्टो अबार्थ आएको छ । ३७ लाख ५० हजार रुपियाँ पर्ने यो कार १४ सय सीसीको इन्जिनबाट चल्छ । यो इन्जिनले १ सय ४५ ब्रेक हर्सपावर बराबरको अधिकतम शक्ति निकाल्छ ।
पुन्टो अबार्थलाई तेज गतिमा कुद्न सक्ने ह्याचब्याक पनि भनिएको छ । यो कारले शून्यदेखि एक सय किलोमिटर प्रतिघण्टाको गति मात्रै ८.८ सेकेन्डमै समात्न सक्छ । यसले १६ किलोमिटर प्रतिलिटरको माइलेज दिन्छ । यो कारमा पाँच गियरको म्यानुअल ट्रान्समिसन छ । र, १ सय ५५ मिलिमिटरको यसको ग्राउन्ड क्लियरेन्स नेपालका सहरी बाटोका लागि पर्याप्त छ ।