रुप ज्योतिलाई पैसा उठाएर घर नदिएको अभियोग
०७१ मा ज्योति समूहको हाउजिङ कम्पनीलाई विज्ञेन्द्रकृष्ण मल्लले १ करोड ३६ लाख रुपैयाँ दिएका थिए । पैसा लिएर घर नदिएपछि रूप ज्योति पक्राउमा परेका हुन् ।
धर्के सर्ट । त्यसमाथ स्विटर । धार निकालिएको पाइन्ट । सोही गेटअपमा सिंगापुरबाट काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिए, पूर्वअर्थसहायकमन्त्री रूप ज्योति, २१ कात्तिक साँझ ।
प्रतिष्ठित व्यापारिक घराना ज्योति समूहका उपाध्यक्ष रूप ज्योतिलाई लिन उनको निजी गाडीसमेत विमानस्थलमा तैनाथ थियो । तर विडम्बना ! उनी आफ्नो गाडीमा होइन, प्रहरीको गाडीमा बस्नुपर्यो । कारण, झन्डै साढे एक करोड रुपैयाँ ठगी गरेको आरोपमा उनलाई पक्रन महानगरीय प्रहरी परिसर काठमाडौँको प्रहरी टोली विमानस्थल पुगिसकेको थियो । पार्किङ क्षेत्रमा पुग्नासाथै छोरी सुरुचिसहित रूप ज्योतिलाई प्रहरीले गिरफ्तार गरेर हिरासत पुर्यायो ।
ज्योति समूहको लगानी रहेको ल्यान्डमार्क डेभलपर्सका नाममा रकम उठाएर घर नदिएको भन्दै विज्ञेन्द्रकृष्ण मल्लले रूप ज्योतिसहित ११ जनाविरुद्ध काठमाडौँ परिसरमा उजुरी दिएका थिए ।
०७१ मा ज्योति समूहको हाउजिङ कम्पनीलाई मल्लले १ करोड ३६ लाख रुपैयाँ दिएका थिए । पैसा लिएर घर नदिएपछि रूप ज्योति पक्राउमा परेका हुन् । उजुरीपछि प्रहरीले काठमाडौँ जिल्ला अदालतमा पक्राउ अनुमति माग्दै मुद्दा दर्ता गर्यो ।
अदालतले २० मंसिर ०७५ मा पक्राउ पुर्जी जारी गरेको थियो । तर रूप ज्योति बच्ने बाटो खोज्दै रिटमार्फत सर्वोच्च अदालत पुगे । सर्वोच्चले एक वर्षपछि जिल्लाको आदेश सदर गरिदिएपछि ज्योति पक्राउ परेका हुन् ।
२२ कात्तिकमा जिल्ला अदालतबाट तीन दिने म्याद लिएर अनुसन्धान भइरहेको काठमाडौँ परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी बताउँछन् । रूप ज्योति राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा अर्थसहायकमन्त्री थिए ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...