दिल्ली दंगा : फासीवादको अभ्यास
भारतको राजधानी दिल्लीका सडकमा भड्केको हिंसा रोक्ने, क्षति कम गर्ने र शान्ति स्थापना गर्ने प्रयत्न किन भएन ?
सरकारको छिस्स विरोध गरे पनि देशद्रोहको मुद्दा लगाउन सकिने ब्रिटिशकालीन कानुन भारतमा कसरी राजनीतिक प्रतिद्वन्द्वीहरूलाई तह लगाउन प्रयोग भइरहेको छ ?
भारतको दिल्ली सरकारले भारतीय कम्युनिस्ट पार्टीका युवा नेता एवं जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्वविद्यार्थी नेता कन्हैया कुमारसहित १० जनाविरुद्ध राज्यद्रोहको मुद्दा चलाउन अनुमति दिएको छ । आम आदमी पार्टी नेतृत्वको सरकारले गत शुक्रबार कन्हैया कुमारविरुद्ध मुद्दा चलाउन दिल्ली प्रहरीलाई अनुमति दिएको हो । सरकारले अनुमति नदिँदा यो मुद्दा लामो समयसम्म अड्किरहेको थियो ।
कन्हैया कुमारविरुद्धको मुद्दाका सन्दर्भमा रहेर हामी तपाईँलाई बुझाउँदै छौँ भारतीय कानुनमा देशद्रोहबारे के छ ।
१) कन्हैयाविरुद्ध आरोप
कन्हैया कुमारसहित १० जनामाथि ९ फेब्रुअरी ०१६ मा जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा भएको एक कार्यक्रममा भारतविरोधी नारा लगाएको आरोप छ । स्वतन्त्र कश्मीरसँग सम्बन्धित अफजल गुरुको स्मृतिमा जेएनयूमा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा देशविरोधी नारा लगाइएको प्रहरीको आरोप छ । अफजललाई ९ फेब्रुअरी ०१३ मा मृत्युदण्ड दिइएको थियो ।
२००१ मा भारतीय संसदमा भएको आक्रमणमा संलग्न रहेको आरोपमा अदालतबाट दोषी ठहर अफजलको ‘न्यायीक हत्या भएको’ विरोधमा तेस्रो स्मृति दिवस मनाउन कन्हैयासहित ती विद्यार्थी नेताहरू भेला भएका थिए ।
यसैबीच, भारतीय टेलिभिजन च्यानल जी न्यूजले भारतविरोधी नारा लागाइएको भन्दै एउटा भिडियो सार्वजनिक गरेको थियो । प्रदर्शनको चौँथो दिन जेएनयू विद्यार्थी युनियनका अध्यक्ष रहेका कन्हैया कुमारलाई दिल्ली प्रहरीले देशद्रोहको अभियोगमा पक्राउ गर्यो । उमार खालिदसहित अरु दुईजना विद्यार्थी नेताहरू पनि पक्राउ परे ।
जी न्यूजले सार्वजनिक गरेको भिडियो 'म्यानुपुलेसन' गरिएको अनुसन्धानले पत्तरो लाग्यो । कन्हैया ५ दिनको न्यायीक हिरासतपछि रिहा भए । त्यही मुद्दा अहिले फेरि ब्यूँतिएको हो ।
यो पनि पढ्नुस
भारतको राजधानी दिल्लीका सडकमा भड्केको हिंसा रोक्ने, क्षति कम गर्ने र शान्ति स्थापना गर्ने प्रयत्न किन भएन ?
२) अहिले कसरी ब्यूतियो देशद्रोहको मुद्दा ?
जेएनयूका हजारौँ विद्यार्थी र शिक्षकहरूले कन्हैया कुमारसहितका विद्यार्थी नेताहरूको रिहाईको माग गर्दै प्रदर्शनहरू गरिरहेका थिए । कयौँदिनसम्म जेएनयूमा पठनपाठन रोकियो । भारतका अन्य विश्वविद्यालयका विद्यार्थी पनि कन्हैयासहितका विद्यार्थी नेता पक्राउविरुद्ध प्रदर्शनमा उत्रिए । चार वर्षअघिको यो मुद्दामा कन्हैयालाई त्यतिबेला पाँच दिन न्यायीक हिरासतमा राखिएको थियो ।
त्यतिबेला दिल्ली सरकार र क्याम्पस प्रशासनका अलगअलग अनुसन्धानहरूले बाहिरबाट आएका व्यक्तिहरूले क्याम्पसभित्र विवादित नाराहरू लगाएको ठहर गरे । त्यसपछि कन्हैया कुमारसहित पक्राउ परेका विद्यार्थीहरूलाई धरौटीमा रिहा गरियो ।
पछिल्लोपटक प्रहरीले १४ जनवरीमा कन्हैयासहित अन्यविरुद्ध अभियोगपत्र दर्ता गरेको थियो । तर मुद्दा चलाउन दिल्ली सरकारले अनुमति दिएको थिएन । अहिले दिल्ली सरकारले अचानक त्यसका लागि अनुमति दिएको छ ।
३. केजरीवालको ‘यू-टर्न’
राजनीतिको भर्याङ चढ्दै गर्दा अरबिन्द केजरीवाल देशद्रोह कानुनको विरोधमा थिए । २०१२ मा कार्टुनिस्ट असीम त्रिवेदीमाथि देशद्रोहको आरोपमा मुद्दा चल्दै गर्दा उनले विरोध प्रदर्शनहरूको नेतृत्त्व गरिरहेका थिए । २०१६ मा कन्हैया देशद्रोहको मुद्दामा जेल परेर निस्केपछि जेएनयूमा गरेको पहिलो सम्बोधनलाई दिल्लीका मुख्यमन्त्री केजरीवालले ‘दमदार’ भएको भन्दै प्रसंसा गरेका थिए । उनै केजरीवालले अहिले कन्हैयाविरुद्ध देशद्रोह मुद्दा लगाउन अनुमति दिएका छन् ।
केही समयअघिसम्म कन्हैयाविरुद्ध देशद्रोहको मुद्दा नबन्ने बताइरहेका केजरीवालले अहिले अचानक के कारणले अनुमति दिए भन्ने प्रश्न पनि भारतीय मिडियामा उठेको छ । केन्द्र सरकारको प्रभावमा दिल्ली सरकारले मुद्दा चलाउन अनुमति दिएको चर्चा भारतीय मिडियाहरूमा छ ।
४) सर्वोच्चको अनिच्छा
केही दिन अगाडि कन्हैयासहित १० जनाविरुद्ध मुद्दा चलाउन दिल्ली सरकारबाट प्रहरीलाई अनुमतिको आदेश माग गर्दै भारतको सर्वोच्च अदालतमा एउटा निवेदन दर्ता भएको थियो । तर अदालतले उक्त निवेदन खारेज गरिदिएको थियो । तर अब दिल्ली सरकारले प्रहरीलाई अनुमति दिएपछि कन्हैया कुमारसहित अन्य व्यक्तिहरूविरुद्ध राजद्रोहको मुद्दा चलाउन सजिलो भएको छ ।
५) सरकारलाई कनैयाको सशर्त धन्यवाद
दिल्ली सरकारले प्रहरीलाई मुद्दा चलाउन अनुमति दिएपछि कन्हैया कुमारले सरकारलाई धन्यवाद दिएका छन् । तर उनले फास्ट ट्र्याक अदालतबाट यस विषयमा सीघ्र सुनुवाईको माग राखेका छन् । ‘दिल्ली सरकारलाई (मविरुद्ध) देशद्रोहको मुद्दा लगाउन अनुमति दिएकोमा धन्यवाद’, पहिलो ट्विटमा उनले भनेका छन्, ‘दिल्ली पुलिस र सरकारी वकिलहरूसँग आग्रह छ कि यो मुद्दालाई गम्भीरतापूर्वक लिइयोस्, फास्ट ट्र्याक अदालतमा शीघ्र सुनुवाई होओस् र टिभीवाला 'आपकी अदालत' को ठाउँमा कानुनको अदालतमा न्याय सुनिश्चित गरियोस् । सत्मेव जयते ।’
सेडिशन केस में फ़ास्ट ट्रैक कोर्ट और त्वरित कार्रवाई की जरुरत इसलिए है ताकि देश को पता चल सके कि कैसे सेडिशन क़ानून का दुरूपयोग इस पूरे मामले में राजनीतिक लाभ और लोगों को उनके बुनियादी मसलों से भटकाने के लिए किया गया है।
— Kanhaiya Kumar (@kanhaiyakumar) February 28, 2020
दोस्रो ट्विटमा उनले देशद्रोहको मुद्दा राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध प्रतिशोध साँध्न प्रयोग (गर्ने) गरिएको संकेत गरेका छन् । देशका सबै नागरिकलाई यो तथ्य थाहा हुनुपर्ने उनको भनाई छ । ‘देशद्रोहको मुद्दामा फास्ट ट्र्याक अदालत सुनुवाई तथा तत्काल कारबाहीको आवश्यकता छ ताकि देशलाई थाहा होओस्, कसरी मानिसहरूलाई उनीहरूका खास मुद्दाबाट भड्काउन तथा राजनीतिक लाभ लिनका लागि देशद्रोह कानुनको दुरुपयोग गरिन्छ’, उनले भनेका छन् ।
६) चर्चामा कन्हैया
सत्ताविरुद्ध प्रश्न उठाउँदै आमनागरिकका सवाललाई दह्रोसँग मुखरित गरेका कारण कन्हैया कुमार गएका केही वर्ष चर्चामा छन् । जेएनयूमा विद्यार्थी बनेपछि उनको खास चर्चा सुरु भयो । जवाहरलाल विश्वविद्यालयका पूर्व विद्यार्थी नेता कन्हैया कुमार अखिल भारतीय छात्र परिषद्का पनि पूर्व अध्यक्ष हुन् । जेएनयूबाट अफ्रिकी अध्ययन विषयमा विद्यावारिधी गरेका कन्हैया २०१६ मा उनको ‘बिहार टू तिहाडः माइ पोलिटिकल जर्नी’ पुस्तक प्रकाशित छ ।
बिहारको बेगुसरायबाट २०१९ को आमचुनावमा उनले भारतीय कम्युनिस्ट पार्टीका तर्फबाट चुनाव लडेका थिए । उनी भाकपाका राष्ट्रिय परिषद् सदस्य छन् । सत्तारुढ भाजपाका उम्मेदवार गिरीराज सिंहसँग उनी पराजित भएका थिए । वामपन्थी विचारधारा अगाल्नेहरूका नयाँ भरोसाका रुपमा पनि उनलाई भारतमा चिनिन्छ । कन्हैया भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका आलोचक हुन् ।
७) विवादमा केजरीवाल सरकार
चार वर्षसम्म यस मामलामा चुप बसेको अरबिन्द केजरीवाल नेतृत्वको सरकारले अहिले आएर देशद्रोहको आरोपमा मुद्दा चलाउने अनुमति किन दियो भन्ने प्रश्न पनि भारतीय राजनीतिमा उठेको छ ।
कन्हैयाले २०१६ मा धरौटीमा रिहा भएपछि जेएनयूमा दिएको भाषणपछि मुख्यमन्त्री केजरीवालले दमदार भाषण गरेको भन्दै प्रसंसा गरेका थिए ।
What a brilliant speech by Kanhaiya...
— Arvind Kejriwal (@ArvindKejriwal) March 3, 2016
तर अहिले देशद्रोह आरोपमा मुद्दा चलाउन प्रहरीलाई अनुमति दिएपछि उनको आलोचना भएको छ । भारतका पूर्व वित्त मन्त्री पी चिदम्बरमले केन्द्र सरकार पनि देशद्रोहका बारेमा भ्रममा रहेको प्रतिक्रिया ट्विटरमा दिएका छन् ।
राजद्रोह कानून की अपनी समझ में दिल्ली सरकार भी केंद्र सरकार से कम अनजान नहीं है।
— P. Chidambaram (@PChidambaram_IN) February 29, 2020
श्री कन्हैया कुमार और अन्य के खिलाफ आईपीसी की धारा 124 ए और 120 बी के तहत मुकदमा चलाने के लिए दी गई मंजूरी को मैं पूरी तरह से अस्वीकृत करता हूं।
मुख्यमन्त्री केजरीवालको भनाई के छ भने यो काम दिल्लीको अभियोजन विभागको काम हो । तर केजरीवाल सरकारले चाहेको भए यो मुद्दालाई यथास्थितिमा राख्न वा प्रहरीलाई मन्जुरी नदिन सक्थे । तर उनले यसो गरेनन् । बीबीसी हिन्दीले राजनीतिक बाध्यताका कारण केजरीवालले मुद्दा दायर गर्न प्रहरीलाई बाटो खोलिदिएको उल्लेख गरेको छ ।
२०१२ मा जब कार्टुनिस्ट असीम त्रिवेदीविरुद्ध मुम्बईमा देशद्रोहको मुद्दा दर्ता भएको थियो, तब अरबिन्द केजरीवालले मुम्बईदेखि दिल्लीसम्म त्यसको विरोधमा प्रदर्शनहरू गरेर आफ्नो राजनीतिको बाटो बनाएका थिए । आज उनै केजरीवालले कन्हैया तथा अन्य विद्यार्थी नेताविरुद्ध देशद्रोहको मुद्दा चलाउन हरियो झण्डा देखाएर आफ्नो राजनीतिको एक चक्र पूरा गरेको न्युजलन्ड्रीले विश्लेषण गरेको छ ।
८) सीपीआई प्रतिक्रिया
कन्हैया कुमार आबद्ध भारतीय कम्युनिस्ट पार्टीले देशद्रोहको मुद्दाविरुद्ध कानुनी तथा राजनीतिक लडाईँ लड्ने प्रतिक्रिया दिएको छ । उसले कन्हैयाविरुद्ध लगाइएको आरोप “झूटो र राजनीतिक पूर्वाग्रहप्रेरित” भनेको छ ।
९) भारतको देशद्रोह सम्बन्धी कानुनमा के छ ?
भारतमा देशद्रोहको मुद्दा लाग्न सरकारको विरोध गरे पुग्छ । गत महिनामात्र जेएनयूका विद्यार्थी नेता शरजील इमामको पक्षमा नारा लगाएको भन्दै ५१ व्यक्तिविरुद्ध देशद्रोहको मुद्दा दायर भएको थियो । भारतको देशद्रोह कानुन अर्थात् सेडिसन ल बेलायतको उपनिवेशकालीन कानुन हो । ब्रिटिश राजले बनाएको यो कानुन भारतीय संविधानले पनि अपनाएको थियो ।
भारतीय कानुन संहिताको अनुच्छेद १२४ ए मा देशद्रोहको परिभाषा दिइएको छ जसमा सरकारको विरोध गर्नेबित्तिकै पनि देशद्रोहको कानुन आकर्षित गरी कारबाही गर्न सकिने उल्लेख छ । यदि कसैले सरकारविरोधी सामग्री लेख्छ या बोल्छ या कुनै पनि यसखालको सामग्रीको समर्थन गर्छ भने उसलाई आजीवन कारावास वा तीन वर्षको कैद सजाय हुन सक्ने व्यवस्था छ । यो कानुन खारेजीको माग पनि भारतमा बेलाबेलामा उठ्ने गर्छ ।
१०) ब्रिटिशकालीन कानुन होला त खारेज ?
गत सातामात्र नागरिकता संशोधन ऐनविरुद्ध फेसबुकमा ‘पाकिस्तान जिन्दावाद’ लेखेको आरोपमा १९ वर्षीय किशोरीलाई देशद्रोहको मुद्दा लगाइएपछि यो कानुन खारेज गर्नुपर्ने आवाज पनि भारतमा उठेको छ । १९ वर्षीया ती किशोरीले फेसबुकमा कन्नड भाषामा लेखेकी थिइन्- हिन्दुस्तान जिन्दावाद । पाकिस्तान जिन्दावाद । बंगलादेश जिन्दावाद । श्रीलंका जिन्दावाद । नेपाल जिन्दावाद । अफगानिस्तान जिन्दावाद । चीन जिन्दावाद । भुटान जिन्दावाद । जति पनि देश छन्- सबै जिन्दावाद ।
ब्रिटिश राजका पालाको देशद्रोह सम्बन्धी कानुन भारतमा लामो समयदेखि विवादित छ । १८३७ मा ड्राफ्ट गरी १८६० देखि यो कानुन लागू गरिएको थियो । ऊ बेला ब्रिटिश राजको विरोध नगरुन् भनेर ल्याइएको कानुन अहिले असान्दर्भिक भइसकेकोले खारेज गर्नुपर्ने यो कानुनका आलोचकहरू बताउने गर्छन् । बेलायतीहरूले आफ्नो संविधानबाट यो कानुन हटाइसकेका छन् तर भारतको संविधानमा अहिले पनि यो विवादित कानुन कायम छ । इन्डिया टूडेका अनुसार एकातिर भारतीय संविधानमा अभिव्यक्ति स्वतन्त्रताको अधिकार दिइएको छ भने अर्कोतर्फ बोलेकै आधारमा देशद्रोहको मुद्दा लाग्ने व्यवस्था पनि संविधानमै छ । भारतमा ब्रिटिश राजकै समयमा यो कानुन माहात्मा गान्धीविरुद्ध पनि प्रयोग गरिएको थियो ।
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...