घाँसमा पैसा
बुटवल- मानमटेरयिा-४, रूपन्देहीका नारदमुनि यादव हिउँदे सिजनमा आफ्नो चार बिघा खेतमा तोरी र गहुँ बाली लगाउँदैनन्।

यादवका अनुसार एक बिघा खेतबाट एक सिजनमा घाँस बेचेर सबै खर्च कटाउँदा एक लाख रुपियाँ बचत हुन्छ। जबकि, गहुँ, तोरी लगाउँदा ५० हजार रुपियाँबराबरको पनि उब्जनी हुँदैन। बीउ, मल र ज्याला कटाउँदा आम्दानी र खर्च बराबर हुन्छ।
गत वर्ष २२ बिघा खेत भाडामा लिएर घाँस लगाउँदा उनले १६ लाख रुपियाँ बचाए। त्यसबाट दुई वटा ट्रयाक्टर किनेका छन्, छोराछोरी पढाउँदा लिएको उधारो पनि तिरे। थप्छन्, "यो त नगदेबाली हो। क्यास पैसा पाइन्छ।"
त्यस्तै मानमटेरयिा-४ का सञ्जीव पट्टेलले पनि आफ्नो १५ कट्ठा खेतमा गहुँ र तोरीको सट्टा घाँस लगाएका छन्। किसानले उत्पादन गरेको घाँसको खरदि अस्टि्रज नेपाल प्रालिले खरदि गर्छ। रूपन्देहीमा अस्टि्रज पालन सुरु भएपछि रूपन्देही र कपिलवस्तुमा घाँस खेतीमा लाग्ने किसानहरूको संख्या ठूलो छ।
अस्टि्रज नेपालका प्रबन्ध निर्देशक सीपी शर्माका अनुसार अहिले सात सय परविारले व्यावसायिक रूपमा घाँस खेती गररिहेका छन्। सबै घाँस अस्टि्रज नेपाल प्रालिले खरदि गर्छ। रूपन्देहीको गंगोलियामा स्थापना गरएिको अस्टि्रज नेपाल प्रालिले दाङको बेलझुन्डीमा समेत आफ्नो र्फम विस्तार गरेको छ। दाङ र रूपन्देहीमा गरी अहिले दैनिक २४ टन हरयिो घाँस खपत हुन्छ। दुई ठाउँमा गरी ३ हजार ५ सय अस्टि्रज रहेको शर्मा बताउँछन्।
घाँसको अभाव भएपछि अस्टि्रज नेपाल प्रालिले किसानसँग सम्झौता गरी अगि्रम भुक्तानी दिएर व्यावसायिक रूपमा घाँस खेती लगाएको थियो। नेपालमा घाँस नपाएपछि अमेरकिाबाट समेत घाँस आयात गरएिको शर्मा सुनाउँछन्। भन्छन्, "घाँस खोज्न झापा र तनहुँसम्म पुगियो। घाँस छ भनेर ट्रक लिएर गयो। आउँदा रत्तिै।"
त्यतिबेला एक किलो सुकेको घाँसको लागत र्फमसम्म आइपुग्दा ११ हजार रुपियाँ हुन्थ्यो। अहिले त्यही घाँस व्यावसायिक रूपमै किसानले उत्पादन गरेपछि प्रतिकिलो ५५ रुपियाँ लागतमा अस्टि्रज नेपाल प्रालिले प्राप्त गर्छ। किसानबाट हरयिो घाँस प्रतिकिलो तीन रुपियाँमा खरदि गरी त्यसलाई सुकाएर कटान गरी प्याकिङ र ढुवानी खर्चसमेत जोड्दा लागत प्रतिकिलो ५५ रुपियाँ परेको हो। प्रालिले वाषिर्क रूपमा आठ करोड रुपियाँ घाँस उत्पादनमै खर्च गर्छ।
अस्टि्रजका लागि घाँस उत्पादन गर्न थालेपछि किसानहरूको आर्थिक पाटोमा समेत सुधार आएको छ। दयानगर-६ का शिवनाथ यादवले घाँस बेचेर कमाएको पैसाले १२ कट्ठा खेत जोडेका छन्। दुई छोराछोरीको निजी विद्यालयको वाषिर्क डेढ लाख रुपियाँ खर्च धान्ने स्रोत पनि घाँस खेती नै हो। घाँस खेती थालेपछि उनले तीनवटा भैँसी पालेका छन्। भन्छन्, "घरमै घाँस उत्पादन भएपछि गाईवस्तु पाल्न पनि सजिलो भएको छ। तीन लिटर दिने भैँसीले चार लिटरसम्म दूध दिन थालेको छ।"
उनले चार वर्षदेखि निरन्तर चार बिघा खेत भाडामा लिएर हिउँदको समयमा घाँस लगाउँदै आएका छन्। हिउँदमा घाँस लगाउने किसानले बर्खामा भने धान नै लगाउँछन्। हिउँदमा लगाइने बर्सिम घाँस एकपटक लगाएपछि एक सिजनमा पाँचदेखि सातपटकसम्म काट्न सकिन्छ। घाँस लगाउँदा त्यसले धान उत्पादनसमेत वृद्धि हुने अनुभव किसानको छ। एकपटक बीउ छरेपछि गोडमेल गर्न र स्याहार्न झन्झटिलो नभएकाले पनि किसानहरूको आकर्षण घाँसखेतीतर्फ बढेको हो ।