नमुना सहकारी
आठ वर्षअघि राजमार्ग छेउको सुक्खड बजारमा बत्ती पुग्यो। बजार झिलीमिली भए पनि गाउँ अँध्यारोको अँध्यारै रह्यो।

यसबीचमा माथिमाथि 'डेलिगेसन' गएर भन्दा सहकारीको माध्यमबाट गाउँमा बत्ती बाल्न सकिने जुक्ति निस्क्यो। प्राधिकरणबाटै त्यस्तो प्रस्ताव आएको थियो। जस अनुसार, उपभोक्ताले विद्युत् प्रसारण लाइन विस्तारको कुल लागतको १० प्रतिशत बेहोरे प्राधिकरणबाट ३ रुपियाँ ६० पैसा प्रतियुनिटमा विद्युत् खरदि गरेर आफ्ना लागि आफँैले महसुल दर कायम गर्ने व्यवस्था सहकारीले गर्न पाउने थियो।
त्यसपछि उपभोक्ता आफँैले व्यवस्थापन तथा सञ्चालनको जिम्मा लिने प्राधिकरणको प्रावधानका विषयमा छलफल पनि चलाए। यस व्यवस्था अन्तर्गत एकातिर जनताले तिर्नुपर्ने विद्युत् महसुलको ठूलो हिस्साबाट गाउँको विकास हुन्थ्यो भने अर्कातिर उपभोक्ताले पनि प्राधिकरणको भन्दा सस्तोमा विद्युत् पाउँथे। उपभोक्तालाई सात रुपियाँमा बेच्यो भने संस्थालाई प्रतियुनिट पाँच रुपियाँ बचत हुन्थ्यो। यसबाट सञ्चालन र व्यवस्थापन खर्च कटाएर संस्थाले बचत पनि गर्न सक्थ्यो। त्यो बचतलाई अन्य विकासमा लगानी गर्न सकिन्थ्यो। "यस अभियानमा गाउँका प्रायः अगुवा सकारात्मक भए," अभियानका सदस्य सरोज न्यूरे भन्छन्।
त्यसै अनुसार साढेपानी गाविस-७, ८ र ९ वडामा उपभोक्ता समूह गठन प्रक्रिया त सुरु भयो। तर, १० प्रतिशत अर्थात् १ करोड ७० लाख रुपियाँ सानो जनसमूहबाट उठाउन सजिलो थिएन। त्यसैले कैलाली क्षेत्र नम्बर-४ का पूरै बासिन्दालाई समेट्ने र बत्ती गाउँगाउँमा पुर्याउने अभियानमा जुटेको अभियानकर्ता मेघबहादुर साउद बताउँछन्।
महिनौँको मिहिनेतपछि यस क्षेत्रका चारवटा गाविसका १० हजार उपभोक्ता समूहमा आबद्ध भए। अभियानका निम्ति घोडाघोडी सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेड सहकारी डिभिजन कार्यालयमा दर्ता भयो। संस्थाका अध्यक्ष भीम बडुवाल भन्छन्, "सहकारीलाई साधारणतः ऋण दिने र बचत गर्ने संस्थाका रूपमा बुझ्ने गर्छन्। तर, हाम्रो संस्थाले फरक परचिय बनाएको छ। यसलाई दसौँ हजार जनताले आफ्नो ठान्छन्। यसको जन्म नै गाउँको मुहार फेर्नका लागि भएको हो।"
विद्युतीकरणका लागि उदासीपुर, रामशिखर झाला, साढेपानी र दरख गरी चार गाविसमा बिजुली पुर्याउन प्राधिकरणको 'इस्टिमेट' बजेट १७ करोड रुपियाँ थियो। प्रतिघरधुरी १ हजार ५ सयका दरले १७ करोडको १० प्रतिशत रकम संकलन भयो। चार गाविसमध्ये साढेपानीमा अहिले घरघरमा वायरङि भइरहेको छ। विद्युत् लाइन तानिँदै छ। उदासीपुर, रामशिखर झाला र दरखमा विद्युत् विस्तारका लागि टेन्डर खोल्ने प्रक्रिया अन्तिम चरणमा छ।
सहकारीले विद्युत्बाट सञ्चालन हुने व्यवसाय तथा उद्योग खोल्नका लागि प्रोत्साहित गर्न थालेको छ। वायरङिका सामग्रीमा उपभोक्ता ठगिन थालेपछि सहकारीले बिजुलीका सामानको सुपथ मूल्य पसल खोलेको अगुवा खडक राउत बताउँछन्। "सबैभन्दा पहिले त तालिम दिनुपर्यो," राउत भन्छन्, "त्यसैले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको पनि सहयोग लिँदैछौँ। अबको दुई-चार वर्षमा त बिजुली बेचेर बचत भएको पैसाले सहकारी आफैंले कार्यक्रम सञ्चालन गर्न सक्छ।"
गाउँकै युवा रोजगार बनून् भनेर वायरङि तालिमसमेत सञ्चालन गरिएको छ। युवा आफ्नै गाउँठाउँमा रोजगारी पाउँदै छन्। "सुपथ मूल्यलाई पछि खाद्य उपभोग्य वस्तु तथा कृषि उपज खरदि र बिक्री केन्द्रका रूपमा विकास गरनिेछ," बडुवाल भन्छन्, "संस्थाको उद्देश्य गाउँको समग्र विकास हो।"
संस्थाले एसियाली विकास बैंक (एडीबी) र ग्रामीण प्रविधि केन्द्र, काठमाडौँले दिएको आर्थिक सहयोगमा गाम्रीण महिलालाई सिलाइकटाइ, बंगुरपालन, कुखुरापालन, गाईपालन, तरकारी पसल, धान, गहुँ र तोरी पेल्ने मिलका लागि प्रोत्साहन रकम र तालिम दिन लागेको छ।
संस्थाले आगामी वर्ष सुक्खडमा एक सय शय्याको सामुदायिक अस्पताल सञ्चालन गर्न लागेको छ। यसका लागि जग्गा खरदि प्रक्रिया समेत सुरु भएको छ। सहज र सस्तो मात्रै नभई सहकारी संस्थाका सदस्य परिवारलाई विशेष छुट र गरबि तथा असहायलाई निःशुल्क सेवा दिने तयारी छ।
सहकारीले बैंकिङको काम मात्रै गर्छ भन्ने सोचलाई घोडाघोडी सहकारीले गलत साबित गरेको स्थानीय राष्ट्रिय उच्च माविका पूर्वप्राचार्य शिवप्रसाद ढकाल बताउँछन्। भन्छन्, "सहकारी जनताको हो र जनतालाई आवश्यक पर्ने हरेक क्षेत्रमा सहकारीलाई प्रवेश गराउनुपर्छ।"
संस्थाले स्थानीय संस्कृति र पर्यटनका पूर्वाधार विकास योजनासमेत तयार पार्न लागेको अध्यक्ष बडुवाल बताउँछन्। "घोडाघोडी ताललाई पर्यटकीय गन्तव्य बनाउँछौं," बडुवाल थप्छन्, "अब गाउँमा सडक, पुलपुलेसा, सिँचाइ, खानेपानी, प्राविधिक शिक्षा, कृषिको व्यवसायीकरणजस्ता ठूला कार्यक्रम पनि सञ्चालन गर्ने योजना छ।"