यस्ता थिए मोहनशमशेर
नेपालको राजनीतिक इतिहासमा ७ फागुनको जति महत्त्व छ, त्यत्तिकै महत्त्व छ, कात्तिक चौथो साताको पनि।

जस्तो कि, २१ कात्तिकमा राजा त्रिभुवन भारतीय दूतावासमा राजपरविारसहित शरण लिन गए। लगत्तै २४ कात्तिकमा नेपाली कांग्रेसले राणा शासनविरुद्ध जनक्रान्तिको घोषणा गर्यो। अनि, २५ कात्तिकको रात वीरगन्जमा धावा बोलेर कांग्रेसले निणर्ायक संघर्षको सुरुआत गर्यो। त्यही क्रान्तिको परिणाम थियो, १ सय ४ वर्षे राणा शासनको अन्त्य। र, प्रधानमन्त्री श्री ३ महाराज मोहनशमशेरको पतन।
राजपरविारले भारतीय दूतावासमा शरण लिएपछि राजा बनाइएका ज्ञानेन्द्र १९ जेठ ०५८ को दरबार हत्याकाण्डपछि दोस्रोपटक राजा बने। मोहनशमशेरद्वारा पहिलोपटक राजा बनाइएका ज्ञानेन्द्र ०५८ मा दोस्रोपटक राजा बने पनि ज्ञानेन्द्रकै पालामा राजतन्त्रको अन्त्य भइसकेको छ। अन्तिम राजा भएकाले उनी चर्चाबाट हराएका छैनन्। तर, अन्तिम राणा शासक मोहनशमशेरचाहिँ विस्मृतितिर धकेलिँदै गएका छन्।
सामान्य नेपालीका लागि मोहनशमशेर विस्मृतिका पात्र बन्दै जानु स्वाभाविक हो। तर, विशालनगर, काठमाडौँका लक्ष्मणप्रसाद रमिाल, ९०, का लागि चाहिँ मोहनशमशेर यस्ता पात्र हुन्, जसलाई उनी कहिल्यै बिर्सन सक्दैनन्। उनले मोहनशमशेरलाई बिर्सन नसक्नुको कारण हो, श्री ३ पद्मशमशेरकहाँबाट श्रीपेच ल्याउने र मोहनशमशेरको ढुकुटीको साक्षीको जिम्मेवारी उनैले पाउनु।
सुटुक्क श्रीपेचको जिम्मा
पद्मशमशेर श्री ३ महाराज त भए। तर, वास्तविक शक्तिचाहिँ प्रधानसेनापति मोहनशमशेरसँग थियो। तीन वर्ष शासन गरेपछि उनी सत्ता छाड्न बाध्य भए। सत्ता हस्तान्तरणका लागि पद्मशमशेर र मोहनशमशेरबीच भद्र सहमति भयो, जसको सर्त थियो, ' पद्मशमशेर भारतको राजकीय भ्रमणमा जाने, विभिन्न ठाउँमा घुम्ने र जुन ठाउँ मन पर्छ, त्यही ठाउँमा बस्ने। र, त्यहीँबाट राजीनामा लेखेर पठाउने।'
भारत भ्रमणमा गएका पद्मशमशेरले भारतको राँचीमा बस्ने निर्णय गरे। रमिालका अनुसार चाँडै राजीनामा लेखेर पठाऊन् भनेर सम्झाई-बुझाई गर्न मोहनशमशेरले छोरा विजयशमशेरलाई पठाए। तर, विजयशमशेर सफल भएनन्। राजीनामा नआएपछि मो हनशमशेरको ओठतालु सुक्न थाल्यो। राजीनामा नआए पनि लक्ष्मी निवासबाट मोहनशमशेर सिंहदरबार सरसिकेका थिए।
राँचीतर्फ लागे पनि पद्मशमशेरले श्रीपेच साथमा लगेका रहेनछन्। श्रीपेच छोरा वसन्तशमशेरको जिम्मामा रहने गरी विशालनगर दरबारमै राखेका रहेछन्। पछि कमान्डिङ कर्णेल डम्बरशमशेर थापा र खड्गबहादुर सिंहले पद्मशमशेरलाई राजीनामा गराउन सफल भए। राणाहरूको मामापट्टकिो साइनोका डम्बरशमशेर पद्मशमशेर र मोहनशमशेर दुवैतिर पि्रय भएकाले राजीनामा ल्याउन सफल भएका थिए।
पद्मशमशेर भारततर्फ लाग्नासाथ उनको दरबारबाट सिंहदरबारमा श्री ३ ले लगाउने श्रीपेच ल्याइएको थियो। मोहनशमशेरले विशालनगर दरबारबाट श्रीपेच ल्याउने जिम्मा लक्ष्मणलाई नै दिएका थिए। "मोहनशमशेरले पद्मशमशेरका छोरा वसन्तशमशेरलाई फोन गरििदए," रमिाल सम्झन्छन्, "श्रीपेच लिन लक्ष्मणप्रसाद रमिाल आउँछन् पनि भनिदिएका थिए। त्यसै अनुसार म एक जना मेजरका साथमा विशालनगर दरबार पुगेँ।"
राजीनामा पठाउने सर्तनामाका साथ पद्मशमशेर भारततर्फ लागेकाले मोहनशमशेरको शक्ति अरू बढेको थियो। वसन्तशमशेरसामु श्रीपेच मोहनशमशेरलाई बुझाउनुको विकल्प थिएन। मोहनशमशेरका प्रतिनिधि बनेर आएका रमिाललाई सहजै श्रीपेच हस्तान्तरण गरििदए। मोहनशमशेरका प्रतिनिधिका रूपमा श्रीपेच बुझेको कागजमा हस्ताक्षर गरेर रमिाल विशालनगरबाट सिंहदरबारतर्फ लागे। उनी १३ फागुन ००४ मा श्रीपेच लिएर सिंहदरबार पुग्दा रातको १० बजेको थियो।
वसन्तशमशेरबाट श्रीपेच लिनुअघि आफूले मिहिन तरकिाले श्रीपेचको जाँच गरेको बताउँछन् रमिाल। त्यसो भए कस्तो थियो त राणा शासकले लगाउने श्रीपेच ? रमिाल सम्झन्छन्, "जडिएका हीरा झरेकाले कतिपय ठाउँमा श्रीपेच थोतो देखिन्थ्यो। रात परसिके काले कुन कुन ठाउँका हीरा झरेका हुन्, गनिसाध्य थिएन। त्यसैले श्रीपेच लिएको भर्पाई गरेर त्यहाँबाट हिँडेँ।"
जनरल वसन्तशमशेरका छोरा उपरथी -अवकाशप्राप्त) दिलीपशमशेर जबराका अनुसार श्रीपेच हस्तान्तरण गर्दा गरएिको कागज अहिले पनि परविारसँग छ। दिलीपशमशेर भन्छन्, "बुबा वसन्तशमशेरले लक्ष्मणप्रसाद बाजेलाई श्रीपेच हस्तान्तरण गर्नुभएको रहेछ।" उक्त कागजमा उल्लेख भए अनुसार श्रीपेचमा पाँचवटा हीरा अपुग थिए। भनिएको छ, 'कनिकाभन्दा साना हीरा ४ र कनिकाजत्रा हीरा १ समेत जम्मा ५ वटा हीरा अपुग भएको।'
रमिालका अनुसार सरसर्ती हेर्दा राजा र राणा शासकले लगाउने श्रीपेच एउटैजस्ता लाग्छन्। तर, तिनमा तात्त्विक भिन्नता थियो। रमिाल भन्छन्, "श्री ३ हरूको श्रीपेचका अगाडितिर तीनवटा पाटा हुन्थे। श्री ५ ले लगाउने श्रीपेचमा चाहिँ पाँचवटा। श्री ३ ले लगाउने भएकाले तीनवटा पाटा र श्री ५ ले लगाउने भएकाले पाँचवटा पाटा बनाइएको हुँदो रहेछ।" राँचीबाट पद्मशमशेरको राजीनामापत्र आएपछि त्यही श्रीपेच लगाएर मोहनशमशेरको राज्याभिषेक भएको थियो।
ढुकुटी र जुवाका साक्षी
श्री ३ महाराज बनेपछि मोहनशमशेरले लक्ष्मणप्रसादलाई आफ्नो कार्यालयको कामबाहेक अर्काे महत्त्वपूर्ण जिम्मेवारी पनि दिए। त्यो थियो, मोहनशमशेरको मूल ढुकुटीको साक्षी बस्ने जिम्मा। ढुकुटी खोलिँदा मोहनशमशेरका साक्षीका रूपमा रमिाल नै बसिदिनुपथ्योर् । मोहनशमशेरका सबै महत्त्वपूर्ण चल सम्पत्ति त्यही मूल ढुकुटीमा राखिएको थियो।
श्री ३ महाराजको मूल ढुकुटी भएकाले त्यहाँ सुनका सिक्का धेरै थिए। "सुनका सिक्का राख्न मात्रै फलामका ठूल्ठूला सन्दुक राखिएका थिए। मूल ढुकुटीसम्म पुग्न फलामको अग्लो भर्याङ थियो। अग्लो भर्याङ चढेपछि फेर ित्यस्तै फलामको भर्याङ ओर्लेर मूल ढुकुटीमा पुगिन्थ्यो। त्यहाँ रहेका सिक्का, सुन, जवाहरात निकाल्न भर्याङबाट उक्लने र ओर्लने गर्नुपथ्र्याे। के कति निकालिए, के कति राखिए, ती सबैको रेकर्ड मैले नै राखिदिनुपथ्र्याे।"
श्री ३ महाराज हुनुअघि मोहनशमशेरनिकट रोलवाला राणाजीहरूको जुवाको हिसाबकिताब पनि उनी नै राखिदिन्थे। पछि राज्य चलाउँदा आफूलाई पनि संलग्न गराउनुपर्छ भनेर रोलवाला राणाहरूको जुवाको हिसाबकिताब गर्न आफूलाई राखिएको हुन सक्ने अनुमान गर्छन् रमिाल। भन्छन्, "भूध्वज भन्ने एक जना सरदार थिए, जुवाको हिसाब राखिदिने अधिकारीका रूपमा। म लक्ष्मी निवास छिरेपछि मलाई पनि रोलवाला राणाहरूको हिसाब राख्ने काममा संलग्न गराइयो।"
रमिालका अनुसार जुवाको खालमा पसेका राणाहरूलाई आफूले कति मारेँ र कति हारेँ भन्ने कुरा थाहा नै हुन्नथ्यो। कौडी हेरेर 'मार्रा' भनेर त कराउँथे रे! तर, कति मारेको हो, त्यसको सबै हिसाबकिताब रमिालले राखिदिनुपथ्र्याे। जुवा सकिएपछि हिसाब-किताब के कति भयो भनेर राणाहरू लक्ष्मणसँग सोध्थे। त्यसमध्ये ००५ सालमा भएको एउटा जुवामा कृष्णशमशेर -जसले हालको राष्ट्रपति निवास शीतल निवास सरकारलाई दिएका थिए)ले १ लाख १३ हजार जितेको सम्झना उनलाई अहिले पनि छ।
जुवा खेल्दा राणाहरूले पैसा राखेर होइन, क्यासिनोमा झैँ टोकन राखेर खेल्ने गरेको सम्भिmन्छन् रमिाल। भन्छन्, "एउटा डबल रुपियाँ राख्यो भने सय रुपियाँ मान्थे। त्यसलाई खप्टियो भने हजार मानिन्थ्यो। ती सबै रुपियाँ हामीले नै बटुलिदिनुपथ्र्याे। रकम हार्नेले गारदमा रकम जम्मा गर्थे। अनि, जित्ने राणाजीकहाँ त्यो रकम जाने गथ्र्याे। टोकनका रूपमा राखिएको रकम हिसाब राख्ने कर्मचारीले पाउँथे। राणाजीहरू भूध्वजको हातमा टोकनबापतको त्यो रकम हालिदिन्थे।"
खासमा श्री ३ महाराज हुने भएपछि विश्वासी कर्मचारीको खोजीमा रहेका मोहनशमशेरले प्रोफेसर देवीप्रसाद रमिालको सिफारसिमा लक्ष्मणलाई खरदिारमा नियुक्ति दिएका थिए। छोराहरू शारदाशमशेर र विजयशमशेरलाई अंग्रेजी पढाउने भएकाले देवीप्रसाद मो हनशमशेरका विश्वासिला व्यक्ति थिए। तिनै देवीप्रसादका छोरा भएकाले उनलाई मोहनशमशेरको लक्ष्मी निवास प्रवेश गर्न सहज भएको थियो। ०३० सालमा रमिालले नेपाल सरकारको सचिव पदबाट अवकाश पाएका थिए।
घन्टौँ बाथरुममा
लक्ष्मणप्रसाद रिमालका अनुसार मोहनशमशेर दिनको एकपटक मात्र भात खान्थे। बेलुकी 'कोको' भन्ने एक प्रकारको झोल पदार्थ पिएर सुत्थे। खाना खाने समय भएको जनाउ दिन एउटी भँडारे नानी आउँथिन्। मोहनशमशेरको बाथरुममा बाहिरको कुरा भित्र र भित्रको कुरा बाहिर सुनियोस् भनेर माथिपट्ट िखाली ठाउँ राखिएको थियो। मोहनशमशेर बाथरुमभित्र घन्टौँ पानीमा खेलेर बसिरहेका हुन्थे। भन्छन्, "हामी बाहिर बसेर चिट्ठी सुनाउँथ्यौँ। उनी भित्रबाटै प्रतिक्रिया दिन्थे, त्यही कुरा हामी बाहिर बसेर टिप्थ्यौँ।"
श्री ३ महाराज हुँदा मोहनशमशेरका दाँत झरिसकेका थिए। त्यसैले बाथरुमभित्रबाट भनेका कतिपय कुरा बुझिँदैनथ्यो। रिमाल सम्झन्छन्, "उनी बाथरुमबाट निस्किएपछि 'सरकार, यो कुरा बुझिएन' भनेपछि राम्रोसँग भनिदिन्थे। अनि, त्यही आधारमा चिठ्ठीपत्र ले खेर कारबाही गथ्र्याैं।"