त्रस्त चन्द्रशमशेर
महाराज भएपछि चन्द्रशमशेर नियमित रूपमा बेलुका ४ देखि ५ बजेको बीचमा सिंहदरबारको चारैतिर घुम्न निस्किन्थे । त्यति बेला चाकडीमा जानेहरूको भीड थामिनसक्नु हुन्थ्यो । बाहिर सडकबाट उनको चाकडीमा ‘महाराज जय होस् !’ भनेर दाम राखी दर्शन गर्ने र आफ्ना कुरा राख्ने मानिसलाई चन्द्रशमशेर बडो ध्यान दिएर सोधपुछ गर्थे र समस्या बताउन लगाउँथे ।
चन्द्रशमशेर राणा श्री ३ महाराज भएपछि उनले अध्ययनका निम्ति भनेर केही विशेष व्यक्तिका लागि मासिक एक सय रुपियाँ शिक्षा भत्ता उपलब्ध गराएका थिए । त्यही शिक्षा भत्ता पाएर पढ्नेमा मेरा पिताजी पनि एक हुनुहुन्थ्यो । त्यसबेला बीए/बीए पोस्ट ग्रयाजुएट गर्ने व्यक्ति मुलुकभर नौ जना मात्र थिए । मेरा बाजे काशीनाथका सात जना छोरामध्ये पाँच जनाले त्यति बेलै बीए/बीए पोस्ट ग्रयाजुएट गरेका थिए ।
महाराज भएपछि चन्द्रशमशेर नियमित रूपमा बेलुका ४ देखि ५ बजेको बीचमा सिंहदरबारको चारैतिर घुम्न निस्किन्थे । त्यति बेला चाकडीमा जानेहरूको भीड थामिनसक्नु हुन्थ्यो । बाहिर सडकबाट उनको चाकडीमा ‘महाराज जय होस् !’ भनेर दाम राखी दर्शन गर्ने र आफ्ना कुरा राख्ने मानिसलाई चन्द्रशमशेर बडो ध्यान दिएर सोधपुछ गर्थे र समस्या बताउन लगाउँथे ।
मेरा पिताजी कलकत्ताबाट बीएस्सी पास गरेर सन् १९१७ तिर स्वदेश फर्किनुभयो । जियोलोजी, बोटानी र फिजियोलोजीमा बीएस्सी प्रथम श्रेणीमा उत्तीर्ण गरेपछि चन्द्रशमशेरको चाकडीका निम्ति सिंहदरबार पुग्नुभयो । चन्द्रशमशेरले उपलब्ध गराएको शिक्षा भत्तामा पढ्न गएकाले फर्किएपछि सर्वप्रथम महाराजको चाकडीमा पुग्नु स्वाभाविक पनि थियो । श्री ३ का हजुरियाले परिचय गराइदिए, ‘काशीनाथको साहिँलो छोरा लक्ष्मणमणि दीक्षित ।’ ‘ए † कलकत्ताबाट पढेर आएको’ भन्दै चन्द्रशमशेरले टाउको हल्लाउँदै सोधेछन्, ‘अब नेपालमा के गर्ने विचार छ तिम्रो ?’ नेपाली भूभागमा खनिज पदार्थको स्रोत अत्यधिक मात्रामा रहेको अध्ययनहरूले देखाएको प्रसंग उल्लेख गर्दै पिताजीले देश भ्रमण गरेर त्यसको खोज र उत्खनन गर्ने विचार भएकाले त्यसका निम्ति व्यवस्था मिलाइदिन अनुरोध गर्नुभएछ ।
हाम्रा बाजे काशीनाथ त्यतिबेला चन्द्रशमशेरका खोपीका सल्लाहकार थिए । चन्द्रशमशेरले बाजेलाई ‘लक्ष्मणले नेपालको भौगोलिक सर्भे गर्छु, खानीहरू पत्ता लगाउँछु भन्छ, त्यस्तो गर्यो भने त नेपालै खत्तम हुन्छ’ भनेछन् । उनको दाबी थियो, यदि खानीहरू पत्ता लागे भने नेपालको सार्वभौमिकता खतरामा पर्छ । भारतमा ब्रिटिस आधिपत्य जमाइरहेकाहरूले नेपालै खाइदिन्छन् । हामीलाई छोड्दैनन् । तसर्थ, ‘खानीको खोजी गर्ने कुरा गर्नै हुँदैन’ भन्दै छोरालाई सम्झाउन भनेछन् ।
घरमा आएर बाजेले पिताजीलाई सम्झाएपछि भोलिपल्टै चन्द्रशमशेरको हस्ताक्षर भएको पुर्जी आयो, ‘आजैका मितिबाट तिमीलाई जिन्सी अड्डाको हाकिम नियुक्त गरिएको छ ।’ जिन्सी अड्डाको मुख्य हाकिम भने श्री ३ का छोरा केशरशमशेर थिए । त्यति बेलाको जिन्सी अड्डाको काम भारत, बेलायत, जर्मनी, जापान आदि विदेशी मुलुकबाट जिन्सी सामान आयात गर्नु थियो ।
चन्द्रशमशेर भारतमा कायम ब्रिटिस शासनबाट भित्रभित्रै ज्यादै त्रस्त थिए । उनका क्रियाकलापले त्यही देखाउँथ्यो । जिन्सी अड्डामा काम गर्ने सिलसिलामै पिताजीलाई चन्द्रशमशेरले अर्को एउटा निजी काममा खटाएको प्रसंग पनि त्यस्तै प्रकारको थियो । एक जना पारसी सेठलाई उनले सात लाख रुपियाँ कर्जा दिएका रहेछन् । तर, त्यस साहूले भाकामा कर्जाको ब्याज र साँवा तिर्न आनाकानी गरेपछि त्यो रकम उठाउन उनले आफ्नो जिन्सी अड्डामा काम गर्ने मेरा पिताजीलाई नै खटाएका थिए ।
त्यो रकम चन्द्रशमशेरले ब्रिटिस सरकारसँग सम्झौता गरेर पनि सरकारी तवरबाटै असुलउपर गर्न सक्थे । तर, ब्रिटिस शासकबाट त्रस्त्र उनले त्यसो गर्न चाहेनन् । मेरा पिताजीलाई त्यस कामका निम्ति सुटुक्क बम्बई पठाए । त्यही सिलसिलामा पिताजी हामीलाई बनारसको मावली घरमा छाडेर आफू बम्बई जानुभयो । र, पछि आएर हामीलाई पनि बम्बई लैजानुभयो ।
दुर्भाग्य नै भन्नुपर्छ, पारसी साहूबाट चन्द्रशमशेरको त्यो कर्जा उठाउन नसकेपछि पिताजी स्वदेश फर्किनुभयो । चन्द्रशमशेरले आफ्नो सात लाख रुपियाँ माया मारे तर ब्रिटिस शासकको सहयोग लिएर सरकारी तवरबाट त्यो रकम उठाउन चाहेनन् ।
(पत्रकार एवं प्राज्ञ ९३ वर्षीय दीक्षितका माधवीलगायत ३९ कृति प्रकाशित छन् ।)
प्रस्तुति : ईश्वरी ज्ञवाली
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...