कश्मीरी पण्डितको पलायन
ब्रिटिस शासन अन्त्यसँगै सन् १९४७ मा एकीकृत भारत विभाजन भई पाकिस्तान छुट्टै राज्यको रुपमा उदायो ।
ब्रिटिस शासन अन्त्यसँगै सन् १९४७ मा एकीकृत भारत विभाजन भई पाकिस्तान छुट्टै राज्यको रुपमा उदायो । जम्मु कश्मीर छुट्टै राष्ट्र थियो । महाराजा हरि सिंहले भारत र पाकिस्तान दुवैतिर नलागी जम्मु कश्मीरलाई स्वतन्त्र राष्ट्रका रुपमा कायम राखे । विभाजनसँगै जम्मु कश्मीर कसको अधीन रहने भन्ने झगडाले भारत-पाकिस्तानबीच लडाइँ जारी रह्यो । त्यो द्वन्द्व अहिलेसम्म कायमै छ ।
अंग्रेजबाट मुक्त भएपछि पन्जाब, पटियाला, राजस्थानलगायतका राज्य क्रमशः एकीकृत भारतमा गाभिँदै थिए । सोही क्रममा मुस्लिम बहुल जम्मु कश्मीरमा पाकिस्तानले आक्रमण गर्यो, सन् १९४७ मै । आक्रमणपछि पाकिस्तान र भारत शासित जम्मु कश्मीर गरी दुई भागमा विभाजित भए । जम्मु कश्मीरका राजा हरि सिंह भागेर दिल्ली दरबारको शरणमा पुगे ।
लडाइँको समय भारत सरकारले सैनिक सहयोग गरेन किनभने जम्मु कश्मीर त्यतिबेला स्वतन्त्र राष्ट्र थियो । पाकिस्तानी सेनाको आक्रमणपछि धेरैजसो भागे, कोही गोलीबारीमा परेर मरे । जम्मु कश्मीरका राजाले पाकिस्तानी आक्रमणबाट आपmनो राज्यलाई गुम्न नदिन भारतसँग सहयोग मागे । दिल्ली आएपछि तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुसँग वार्ता गरे । त्यो वार्तामा अहिलेको जम्मु कश्मीर भारत अधीनस्थ रहने गरी सैनिक सहयोगस्वरुप भारतले सेना पठायो ।
पाकिस्तानको आक्रमणले गुमेको एकीकृत जम्मु कश्मीरमध्येको भू-भाग पोन्स छत्तरबाग पाकिस्तान शासित हालको पीओकेमा गाभियो । हाम्रो घर पनि पाकिस्तान शासित जम्मु कश्मीरमा पुग्यो । हाम्रो थातथलो पाकिस्तान शासित जम्मु कश्मीरमा पुगे पनि मेरा बाबाको ट्रान्सपोर्ट कम्पनी भारत शासित जम्मु कश्मीरमै थियो । त्यसकारण हामी भारत शासित जम्मु कश्मीरमै बस्न थाल्यौँ । यद्यपि हाम्रो परिवारमा हजुरबाबा, काकालगायतका सदस्य पाकिस्तान शासित पोन्समै बसेका थिए ।
भागेर दिल्ली आएका जम्मु कश्मीरका राजा हरि सिंहको ठाउँमा पाकिस्तानले शेख अब्दुल्लाहलाई त्यहाँको शासक चुन्यो । तर भारतले मान्यता दिएन । दिल्लीको सैनिक सहयोग पाएपछि पाकिस्तानले पूरै जम्मु कश्मीरलाई आपmनो अधीनस्थ ल्याउन सकेन । तत्कालका लागि राजा हरि सिंह नै जम्मु कश्मीरका नेता बने ।
जम्मु कश्मीर भारत-पाकिस्तानको चेपुवमा पर्दै गएपछि त्यहाँको व्यापार, व्यवसायमा गिरावट आयो । हिन्दु-मुसलमानबीच द्वन्द्वका रेखा कोरिए । सोही कारण हजारौँ कश्मीरी पण्डित भारत प्रशासित जम्मु कश्मीरबाट समेत पलायन हुन बाध्य भए । भारत-पाकिस्तान दुवै शासित जम्मु-कश्मीरको अव्यवस्थाका कारण कैयैँ हिन्दु परिवार आफ्नो थातथलो छाड्न विवश भए । विभाजनको समय करिब ७० प्रतिशत मुस्लिम जनमत रहेको भारत शासित जम्मु कश्मीरमा अहिले ९० प्रतिशतभन्दा बढी संख्या पुगिसकेको छ ।
प्रायः शिख समुदायले हिन्दु धर्म नै मान्छन् । पाकिस्तानी आक्रमणकै समयदेखि जम्मु कश्मीरमा बस्ने ब्राह्मण समुदाय, जसलाई कश्मीरी पण्डित भनिन्छ । तिनलाई जबर्जस्ती धर्म परिवर्तन गर्न बाध्य बनाइयो, पारियो । हिन्दु धर्म त्यागेर मुस्लिम बनेकाहरु सुरक्षित रहे । धर्म परिवर्तन गर्न नचाहनेहरुलाई गोली हानियो । भारतका पूर्वप्रधानमन्त्री नेहरु स्वयं कश्मीरी पण्डित हुन् । जम्मु कश्मीरमा कश्मीरी पण्डितलाई वास्तविक ब्राह्मण मानिन्छ, अहिले पनि । तर दुई मुलुकबीचको द्वन्द्वको चेपुवामा परेपछि कश्मीरी पण्डितहरुले आपmनो थातथलो छाडेर सुरक्षित स्थल रोजे । जम्मु कश्मीरमा थातथलो भएका शिख समुदायले हिन्दु धर्म अँगालेका थिए । त्यसकारण कश्मीरी पण्डितसँगै हिन्दु धर्मावलम्बी शिख समुदाय पनि जम्मु कश्मीरबाट पलायन हुन बाध्य भयो । सोही क्रममा कोही दिल्ली, कोही पन्जाब, कोही हरियाणा त कोही ज्यान सुरक्षाका लागि नेपालसम्म आए ।
राजा हरि सिंहले भारतसँग गरेको सम्झौतालाई पाकिस्तानले अहिलेसम्म मान्यता दिएको छैन । त्यसैले जम्मु कश्मीरको विषयलाई लिएर भारत-पाकिस्तानबीच युद्धसमेत भइसकेको छ । पहिलोपल्टको युद्धविराम सिमला सम्झौतामा टुंगिए पनि अहिलेसम्म जम्मु कश्मीरले शान्तिको सास फेर्न पाएको छैन ।
द्वन्द्वका कारण भारत शासित जम्मु कश्मीरमा व्यापार व्यवसाय फस्टाउन नसकेपछि हामीले उत्तर प्रदेशको लखनउमा ट्रान्सपोर्टको शाखा खोल्यौँ । लखनउमा खुलेको ट्रान्सपोर्ट कम्पनी विस्तारलाई हामीले क्रमशः नेपालमा प्रवेश गरायौँ । भारतीय एयरफोर्समा सेवा गर्ने उद्देश्यले पहिलोपल्ट दिल्ली र त्यसपछि लखनउको सीतापुरमा पाइलट कोर्स सकाएँ । तर उड्नेभन्दा गुड्नेमा ज्यान सुरक्षित रहने आमाको करबलका कारण मैले पुस्तैनी पेसा ट्रान्सपोर्टमै रहनुपर्यो ।
(सिंह शिख समुदायका अगुवा हुन् ।)
प्रस्तुति : गोकुल अर्याल
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...