बुटीको बल
अहिले गाँजा सेवन गरेका कोही भेटियो भने पक्रने होइन, जहाँ भेटियो त्यहीँ नै सजाय दिएर छोड्ने गरिन्छ । गाँजा सेवनकर्तालाई शीर्षासन गर्न लगाउने र पुसअपदेखि उठबससमेत गर्न लगाउँछन् प्रहरीले ।

शिवको प्रसाद, भोले बाबाको बुटी भन्दै प्राय: शिवरात्रि सुरु हुनुभन्दा केही दिनअघिदेखि नै लगभग खुलेआम गाँजा बिक्री हुने गथ्र्यो पशुपतिमा । यसपटक भने प्रहरी प्रशासनको कडाइका कारण पशुपति क्षेत्रमा गाँजा बिक्री गर्नेहरुको भागाभाग भयो । अहिले छिटफुट रुपमा गाँजा सेवन गरेका युवाहरु भेटिन्छन् । शिवरात्रिको दिनमा मात्र महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले पशुपतिमा गाँजा बेच्ने ४० जनालाई पक्राउ गरेको थियो ।
महाशिवरात्रिलाई लक्षित गर्दै गाँजा खरिद–बिक्री तथा सेवनमा गरेको कडाइलाई प्रहरीले निरन्तरता दिँदै आएको छ । अहिले गाँजा सेवन गरेका कोही भेटियो भने पक्रने होइन, जहाँ भेटियो त्यहीँ नै सजाय दिएर छोड्ने गरिन्छ । गाँजा सेवनकर्तालाई शीर्षासन गर्न लगाउने र पुसअपदेखि उठबससमेत गर्न लगाउँछन् प्रहरीले । गाँजा औषधिका रुपमा प्रयोग गर्दा लाभदायी हुने भएकाले प्रतिबन्ध लगाउन नहुने आवाजसमेत हिजोआज उठ्न थालेको छ ।
शब्द/तस्बिर : प्रदीप श्रेष्ठ