साताका ७ तस्बिर
नेपाल म्यागजिन मा छानिएका साताका ७ तस्बिर

नेपाल म्यागजिन मा छानिएका साताका ७ तस्बिर ः
भक्तपुरको योसिखेलमा धान बत्ताउँदै किसान । भक्तपुर नेपालमै सबैभन्दा बढी धान उत्पादकत्व भएको जिल्ला हो । तस्बिरः सरोज बैजु
ललितपुरको कृष्ण मन्दिरमा भएको कार्तिक नाच । कात्तिक महिनाभर हुने पाटनको प्रसिद्ध नाच अहिले भने छोट्ट्याएर देखाइन्छ । तस्बिरः सरोज बैजु
राजधानीको चाबहिलमा भएको सिन्दुरे जात्रा । काठमाडौं उपत्यका र आसपासका जिल्लामा विभिन्न समयमा यो जात्रा मनाइन्छ । तस्बिरः सरोज बैजु
ललितपुरको च्यासलमा प्रयोग भइसकेका पेय पदार्थका बोतल ‘रिसाइकल’ का लागि मेसिनमा राख्ने तयारी । तस्बिरः सरोज बैजु
काठमाडौंको चाबहिलमा सिन्दुरे जात्राका क्रममा नेवार समुदायको परम्परागत पोशाकमा एक बालिका । तस्बिरः सरोज बैजु
भक्तपुरको दरबार क्षेत्रमा घिन्ताङ घिसी नृत्य प्रदर्शन गरिँदै । नेपालको राजकीय भ्रमणमा रहेका बंगालादेशका राष्ट्रपति अब्दु हमिदलाई स्वागतका क्रममा भक्तपुरमा नृत्य देखाइएको थियो । तस्बिरः सरोज बैजु
काठमाडौंको चाबहिलमा सिन्दुरे जात्रामा रमाउँदै बालिकाहरू । तस्बिरः सरोज बैजु