मल्टिमिडिया
पदभार ग्रहण गर्दै नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवाली । नारायण ढुंगाना/रासस
२९ माघ २०७६ बुधबार
प्रहरीभित्रको गैरव्यावसायिक व्यवहार निर्ममतापूर्वक निर्मूल गर्छु : नवनियुक्त प्रहरी प्रमुख
पदभार ग्रहण गर्दै नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले 'गैरव्यवसायिक व्यवहार निर्ममतापूर्वक निर्मूल गरिने' प्रतिबद्धता जनाए ।

नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले पदभार ग्रहण गरेका छन् । बुधबार प्रहरी प्रधान कार्यालयमा पदभार ग्रहण गर्नुअघि गृह मन्त्रालयमा आयोजित समारोहमा गृहसचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिह्न प्रदान गरे । प्रहरी नायब महानिरीक्षकबाट महानिरीक्षकमा बढुवा भएका उनले पाँच महिना प्रहरीको नेतृत्व गर्नेछन् । पदभार ग्रहण गर्दै ज्ञवालीले 'गैरव्यवसायिक व्यवहार निर्ममतापूर्वक निर्मूल गरिने' प्रतिबद्धता जनाए । हेर्नुस् भिडियो