मल्टिमिडिया
shutterstock
२४ चैत्र २०७६ सोमबार
मिडिया र महामारी : कोभिड १९ का पाठ #Podcast
विश्व स्वास्थ्य संगठन जस्तो विश्वको स्वास्थ्यको जिम्मा लिएको संस्थाको भनाइ पनि गलत सावित हुन सक्छ भने हामी झुक्किनु वा गुमराहमा पर्नु कुन ठूलो कुरा भयो र ? यस्तो बेला कसरी जोगिने ?

तपाईँ कोभिड १९ को महामारीले निम्त्याएको लकडाउनमा हुनुहुन्छ । र, फुर्सदमा पनि । आउनुस् यही महामारीसँग जोडिएका महत्त्वपूर्ण मुद्दाबारे मन्थन गरौँ ।
विश्व स्वास्थ्य संगठन जस्तो विश्वको स्वास्थ्यको जिम्मा लिएको संस्थाको भनाइ पनि गलत सावित हुन सक्छ भने हामी झुक्किनु वा गुमराहमा पर्नु कुन ठूलो कुरा भयो र ?
तपाईँ सुसूचित हुनु र तपाईँ वरपरका मानिसहरूलाई सुसूचित गर्नुको महत्त्व के छ ?
तपाईँ पक्कै पनि सामाजिक सञ्जालमा साविक भन्दा धेरै समय बिताइरहनुभएको छ । यतिबेला तपाईँले ध्यान दिनुपर्ने कुरा के हो ?