लम्बिँदो लकडाउनमा अर्थतन्त्रको चिन्ता- २ #Podcast
लकडाउनका कारण सबैभन्दा संकटमा त्यस्ता आर्थिक इकाई परेका छन्, जसले न आफ्नो उत्पादन सञ्चय गर्न सक्छन्, न त पुनः व्यवसायलाई चाहिने पुँजीको सञ्चय । यस्तो अवस्थामा मुलुकको अर्थतन्त्रमा कस्तो असर पर्ला ?

कोरोना भाइरसको महामारी विस्तार हुन नदिन चरणबद्ध लकडाउन आह्वानको चौँथो हप्ता चलिरहेको छ । लकडाउन कहिलेसम्म जारी रहन्छ, निश्चित छैन । लकडाउनका कारण साना, घरेलु, मझौला, ठूला उद्योग व्यवसायहरू बन्द छन् । दैनिक रोजगारीमा रहेका मजदुरहरूले आफ्नो आयस्रोत गुमाएका छन् । सरकारी तथा निजी लगानीमा निर्माण हुँदै गरेका निर्माण परियोजनाहरूको काम रोकिएको छ । कृषि उत्पादनको बजारसँगको सम्पर्क कमजोर हुँदा उत्पादन क्षति भएको छ । सबैभन्दा संकटमा त्यस्ता आर्थिक इकाई परेका छन्, जसले न आफ्नो उत्पादनको सञ्चय गर्न सक्छन्, न त पुनः व्यवसायलाई चाहिने पुँजीको सञ्चय । यस्तो अवस्थामा मुलुकको अर्थतन्त्रमा कस्तो असर पर्ला ?
पूर्व अर्थसचिव एवं अर्थशास्त्री रामेश्वर खनालको पोडकास्ट