लम्बिँदो लकडाउनमा अर्थतन्त्रको चिन्ता - ३ #Podcast
यसअघिका आर्थिक मन्दीहरूको प्रभाव नेपालजस्ता मुलुकमा तुलनात्मक रुपमा कम परेको थियो । तर कोभिड १९ को झड्का भने फरक र व्यापक हुने निश्चित छ ।

नेपाल र नेपालजस्ता कम विकसित तथा विश्वअर्थतन्त्रमा कम जोडिएका मुलुकहरूमा यसअघिका आर्थिक मन्दीहरूको प्रभाव तुलनात्मक रुपमा कम परेको थियो । तर कोभिड १९ को झड्का भने फरक र व्यापक हुने निश्चित छ । नेपालको आयात निर्यातमात्र होइन, आन्तरिक बजार सँगसँगै अन्तर्राष्ट्रिय र आन्तरिक पर्यटकको बजार पनि ठप्प छ । हाम्रा विकासका साझेदार र दाताहरू पनि नराम्ररी थला पर्ने छाँट देखिँदैछ । ऋण दिन सक्ने संस्थाहरूको प्राथमिकतामा हामी नपर्न पनि सक्छौँ । समग्र प्रत्यक्ष वैदेशिक लगानीको बजार र अन्तर्राष्ट्रिय मुद्रा प्रवाहको गन्तव्यमा पनि नेपाल र नेपालजस्ता देशहरू नपर्न सक्छन् ।
कोभिड १९ को आर्थिक प्रभाव कस्तो पर्ला ? बहसको तेस्रो शृंखलामा अर्थशास्त्री रेशम थापाको विचार पोडकास्टमा