स्न्यापच्याट र अमेजनको सहकार्य

- विभु लुइटेल

मल्टिमिडिया मेसेजिङ एप्लिकेसन स्न्यापच्याट र ई–कमर्स पोर्टल अमेजनले प्रयोगकर्ताका किनमेल प्रक्रिया सहज बनाउन सहकार्यको सहमति गरेका छन् । अब स्न्यापच्याटलाई अमेजनको सर्च इन्जिनका रुपमा पनि प्रयोग गर्न सकिनेछ । कुनै पनि सामानको फोटो वा बारकोड स्न्यापच्याटबाट खिची अमेजनमा त्यसको उपलब्धता हेर्ने यो प्रविधिलाई थप सुदृढ बनाउन दुवै पक्षका विज्ञ लागिपरेका छन् ।

अमेजनको आफ्नै मोबाइल एप्लिकेसनमा बारकोड स्क्यान गर्ने फिचर नभएको भने होइन । अन्य ई–कमर्स पोर्टलका लागि पनि यो प्रविधि पुरानै हो । तर, स्न्यापच्याटको आयाम फराकिलो पार्न यो सहकार्य गरिएको हुन सक्ने विज्ञहरु बताउँछन् । एप्पललाई पछ्याउँदै अमेजन संसारकै दोस्रो ट्रिलियन डलर कम्पनी बन्न सफल भएको छ । यस सहकार्यले सानो लगानीबाट सुरु भएको स्न्यापचाटलाई पनि सहयोग 

पुग्ने आकलन आइरहेका छन् ।

प्रकाशित: आश्विन १९, २०७५

×