भान्छामा घुसेको भोजनको राजनीति
अहिले बजारले हाम्रो स्वास्थ्य र पोषणमाथि कब्जा जमाएको छ । हाम्रो परम्परागत ज्ञान अहिले ओझेल परेको छ । त्यसबारे प्राय: कमै चर्चा हुुन्छ ।
पछिल्लो तीन दशकमा नेपालीको सरदर आयुु बढेको छ । सरदर स्वास्थ्य राम्रो भएको छ । झाडापखालाले मर्ने ५ वर्षमुुनिका बच्चाको संख्या कम भएको छ । बालबालिका कुुपोषण कम भएको छ । पोलियोपीडित भएर मर्ने वा अपांगता हुुने बच्चाको संख्या अहिले झर्दै गएर झन्डै शून्यमा पुुगेको छ । त्यो खुुसीको कुुरा नै मान्नुुपर्छ ।
तराईका दलित अझै कुुपोषण, अशिक्षाबाट पीडित छन् । तथ्यांकको ‘सरदर’ भित्र लुुकेका तिनीहरूको अवस्था कहालीलाग्दो छ । स्वास्थ्य चौकीमा आउनेमध्ये दलितको उपस्थिति प्राय: न्यून हुुन्छ । दलितहरू आफैँ स्वास्थ्यकर्मी छैनन् । शिक्षामा पनि दलित शिक्षाको अवस्था नाजुक छ । सामाजिक संरचना नबुझी कतिले दलितलाई स्कुल नगएकामा दोषी ठान्छन् । कुुपोषण कम गर्न सफा पानी, सफा वातावरण आदिको व्यवस्थापन नगरी हुुँदैन । तर स्वास्थ्य चौकीमा कोही दलित कुुपोषित बच्चा लिए गए अनेक भिटामिन मात्रै बोकाएर पठाइन्छ, सन्तुलित आहारबारे सल्लाह दिइन्न । त्यसैगरी सुुदूरपश्चिम र कर्णालीका बझाङ, बाजुुरामा कुपोषणको असर अति छ । यस्तो अवस्थामा भिटामिनले उनीहरूको कुपोषण कम गर्न सक्दैन भन्ने छर्लंगै छ ।
एक छलफलमा विदेशीे विज्ञले भने, ‘हामी चाउचाउमा सूक्ष्म पोषक तत्त्व मिसाएर बजारमा ल्याएर समुदायमा कुुपोषण कम गर्नेबारे विचार गर्दै छौँ ।’ मैले भनेँ, ‘यो कुरासँग असहमत छु । कुुनै पनि पत्रु खानामा भिटामिन हालेर त्यसलाई कसरी पौस्टिक बनाउन सकिन्छ ?’ केही दिनपछि ती विज्ञले भने ‘हामीले चाउचाउमा भिटामिन हालेर बनाउने विचार स्थगित गर्यौँ ।’
केही व्यक्तिले ‘अन्डा र लिटो खुवाएर बालबालिकालाई कुुपोषणबाट मुुक्त गराउन सकिन्छ’ भन्ने राम्रो विचार पनि दिन्छन् । ‘तर ६ महिनाका बच्चालाई दिनको एउटा अन्डा पनि दिनुु हुुँदैन । बच्चालाई पचाउन गाह्रो पर्छ ।’ आफ्नो भनाइ पुुष्टि गर्न वरिष्ठ बालरोग विशेषज्ञ डा रमेशकान्त अधिकारीलाई इमेल लेखेँ र उनले प्रतिउत्तर पठाए, ‘६ महिनाको बच्चालाई धेरै सानो टुुक्रा अन्डा दिन सकिन्छ । बिस्तारै मात्रा बढाउँदै लैजान सकिन्छ ।’ बालपोषणमा डा अधिकारीको गहन ज्ञान छ । उनले बालस्वास्थ्य र भोजन किताबमा कसरी घरेलुु खानाले बालबालिकालाई स्वस्थ गराउन सकिन्छ, लेखेका छन् । बालस्वास्थ्य ठीक पार्न उनीहरूलाई मसाज गर्ने, प्रेमपूूर्वक खुवाउने, खेलाउने, कुुरा गर्ने आदिले बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छन् भनेका छन् ।
बालस्वास्थ्य सुधार गर्नु राज्यको प्रमुुख दायित्व हो । राष्ट्रिय–अन्तर्राष्ट्रिय संघसंस्थाले केही मद्दत मात्र गर्न सक्छन् । अहिले नेपालमा बजारमा बेचिने बट्टाका खानेकुुराले बालबालिकाको कुपोषण हटाउन सक्ने दाबी गरिन्छ । तर पोषणविद् र जनस्वास्थ्य विज्ञ भन्छन्, ‘यसरी प्याकेटका बजारु खानेकुुरालाई राज्य स्तरबाट प्रश्रय दिनुुको अर्थ हो, हामीले आफ्नो परम्परागत ज्ञान बिर्सनुु, बजारको फन्दामा परेर महँगो, कम पौस्टिक वा पत्रु खाना किन्ने गर्नुु ।’
यो पनि पढ्नुहोस् : पत्रु खान्कीको पासो
यस्तो समस्या नेपालको मात्र होइन, अमेरिकामा पनि छ । त्यहाँ घरमै खाना बनाएर बच्चालाई खुवाउने अपवाद मात्रै हुुन्छन् । सबै बट्टाका खाना खुवाउँछन् । त्यस्ता खानामा बढी चिनी हुुन्छ अनि सानैदेखि बालबालिका मोटाएर अनेक रोग लाग्छन् ।
अहिले बजारले हाम्रो स्वास्थ्य र पोषणमाथि कब्जा जमाएको छ । हाम्रो परम्परागत ज्ञान अहिले ओझेल परेको छ । त्यसबारे प्राय: कमै चर्चा हुुन्छ । घरका लिटो, दाल, आलुु, साग, फलफूल, अमला, काफल, अम्बा आदि बालबालिकालाई कुुपोषणबाट बचाउन उपयुुक्त हुने कुुरा प्राय: गरिँदैन । बट्टाको खाना एकदम महँगो हुने मात्रै होइन, कम पौस्टिक हुुन्छ । स्वाद र टिकाउका लागि चिल्लो, चिनी र रसायन पनि मिसाइन्छन् ।
बजारु खानेकुुराले अमेरिकाको जनस्वास्थ्यमा पारेको नकारात्मक असरबारे पत्रकार माइकल मोसले किताब लेखेका छन्– साल्ट, सुगर, फ्याट । यसमा उनले स्वादका लागि व्यापारिक खानामा राखिने बढी नुुन, चिनी र चिल्लोले बालबालिकाको स्वास्थ्यमा नराम्रो असर पार्ने जिकिर गरेका छन् ।
केही दिनअघि नेपालमा पोषणबारे एक अन्तर्राष्ट्रिय सम्मेलन भयो । त्यहाँ पनि पम्परागत खाना, संस्कृति, रीतिरिवाज र धर्मले पार्ने सकारात्मक वा नकारात्मक प्रभावबारे छलफलै भएन । पोषण केवल सन्तुुलित खाना मात्र खाएर हुुँदैन । यो शरीरमा गएपछि कसरी शोषण हुुन्छ भन्ने कुुरा पनि महत्त्वपूूर्ण हुुन्छ ।
खानामा सूक्ष्म पोषण तत्त्व नभए बिरामी परिन्छ भन्ने धेरैलाई थाहा छ । तर ती सूूक्ष्म पोषण तत्त्व हाम्रो खानामै हुुन्छ भन्ने धेरैलाई थाहा नहुुन सक्छ । फलामको भाँडामा पकाएको मासको दाल, भात र गोलभेँडाका अचारसँग खाँदा शरीरमा प्रोटिन पुुग्छ र त्यसमा रहेको भिटामिन सीले दालमा रहेको लौह तत्त्व शोषण गर्न मद्दत गर्छ । दही र मोही खाँदा त्यसमा भएको असल किटाणुले पेटको गडबडी रोक्छ । कर्कलो खाँदा अमिलो मिसाउनैपर्छ । त्यसले गर्दा कर्कलोमा रहेको लौह तत्त्व पोषण बन्छ ।
हजारौँ वर्षदेखि पुर्खाले भोजन–ज्ञान हामीलाई दिएका छन् । तर त्यो ज्ञानलाई वास्ता गर्दैनौँ किनभने ‘बजारको खाना’ ले हाम्रो भान्छा ढाकेको छ ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...