हुदहुदको छायाँमा सार्क
आगामी मंसिरको दोस्रो साता काठमाडौँमा दक्षिण एसियाली क्षेत्रीय संगठन -सार्क)को १८औँ शिखर सम्मेलन हुन लागेको छ।
सम्मेलनमा मित्र राष्ट्रका सरकार प्रमुखहरू आउनेछन्। पूर्वनिर्धारति विषयहरूमा छलफल हुनेछ । क्षेत्रीय स्तरमा गरनिे प्रतिबद्धताहरू व्यक्त हुनेछन् र घोषणापत्र पनि जारी हुनेछ। यस सिलसिलामा दक्षिण एसियाका मुलुकले भोगिरहेको जलवायु परविर्तन, त्यसका चुनौती र संकट, खाद्य सुरक्षा, प्रकोप व्यवस्थापन, जनजीविकाजस्ता विषयमा दृष्टिकोण र विचारहरू व्यक्त हुनेछन्। यस क्षेत्रका मुलुक र तिनका नागरकिका लागि खानेपानी, सरसफाइ, गरबिीबाट उन्मुक्ति, आर्थिक समृद्धि, शिक्षा, स्वास्थ्य आदि आमसरोकारका विषय हुन् । विगत ६० वर्षको विकास यात्रामा केही उपलब्धि भएका छन्। तर, स्थिति सन्तोषजनक छैन। कसैकसैले यसलाई गिलासमा पानी केही भरएिको छ भन्न सक्छन्। तर, हामो चुनौती त्यसमा सन्तुष्ट हुने होइन, गिलासलाई भर्नु हो।
दसैँको छेउछाउ मनसुनी वषर्ाले यस क्षेत्रबाट बिदा लियो। बिदा लिनुअघि पश्चिम नेपाललगायत उत्तर भारत र पाकिस्तानमा अप्रत्याशित हाँडीघोप्टे वषर्ाले ल्याएको बाढीका कारण व्यापक जनधनको क्षति भयो। सामान्यतः दसैँको आसपास पानी पर्न रोकिई हिलो/बाढी कम भई आकाश घामले पारलिो हुने, मन्दमन्द हावा बग्ने, मनसुन सुरु हुनेताका लगाइएका बाली पाक्ने हामीले बुझेजानेको वास्तविकता हो। तथापि, त्यस निरन्तरतामा विचलन नदेखिएका हो इनन्। अर्थात्, दसैँमा र दसैँपछि पनि पानी परेका अनुभव छन्। झन्डै ४५ वर्षअघि अर्थात् अगस्त १९६८ मा आन्ध्र प्रदेश छेउको समुद्रमा आएको चक्रवातको असर पूर्वी नेपाल र दार्जीलिङ क्षेत्रमा परेको थियो। त्यस भीषण वषर्ाले व्यापक तबाही गर्यो, कोसीमा ठूलो बाढी आएको थियो।
यस वर्ष बंगालको खाडीमा सुरु भएको 'हुदहुद' नाम दिइएको समुद्री आँधी -चक्रवात)ले पूर्वी भारतको राज्य आन्ध प्रदेशको सहर विसाखापटनममा जमिनसित जम्काभेट गर्यो। हुदहुदको ज्यादा प्रभाव नेपालको पश्चिमी भागमा पर्न सक्ने प्रक्षेपण भएका थिए। तर, प्रभाव पश्चिम क्षेत्रमा नदेखिई मध्य नेपालका तराई र पहाडी क्षेत्रमा देखियो। अक्टोबर लागिसकेको हुँदा उच्च पहाडी भेगमा हिमपात हुनु स्वाभाविकै हो। अक्टोबर पर्यटकको आगमन सुरु हुने र तिनीहरू पहाडी भेगतिर पदयात्राजस्ता क्रियाकलापमा लाग्ने उपयुक्त समय हो। अप्रत्याशित हिमपातका कारण हिउँले मुस्ताङ र मनाङका गोरेटोहरू मात्र पुरेन, यात्रु र पर्यटकलाई समेत पुर्यो। पछिल्लो खबर अनुसार झन्डै २४ जना स् वदेशी र विदेशी नागरकिले ज्यान गुमाए। झन्डै डेढ सय बेपत्ता छन्। हिमपात हुने स्पष्टै थियो । तसर्थ, पर्यटकलाई जान नदिएको भए हुन्थ्यो।
हामी जलवायु परविर्तन र यसका प्रभाव, त्यसले ल्याउने संकट, अनुकूल हुनुपर्ने आवश्यकताबारे छलफल गर्छौं। त्यसबारे अध्ययन-अनुसन्धान र केही कार्यक्रम नेपालमा कार्यान्वयन हुँदै छन्। हुदहुदजस्तो एउटा घटनालाई जलवायु परविर्तनले ल्याएको असर मान्न सकिँदैन, विज्ञान त्यति परष्िकृत भइसकेको छैन। हामी के भन्न सक्छौँ भने हुदहुदजस्ता विषम घटना बढ्दै छन्, जुन जलवायु परविर्तनले देखाएको असर हो। जलवायु परविर्तनका कारण यस खाले विषम र अपेक्षा नगरएिका परििस्थति अब छिटोछिटो भोग्नुपर्नेछ, अपेक्षा नगरएिको समय र स्थानमा। जनधनको क्षति रोकी नागरकिलाई यस्ता आश्चर्यजनक घटनाबाट जोगाउन एउटा रणनीति हुनुपर्छ। यो रणनीतिमा सूचनाको सिर्जना र विभिन्न प्रयोगकर्ताले बुझ्ने भाषामा गरनिे त्यसको सम्पे्रषणले अन्त्यन्तै महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने पाठ हुदहुदको नेपालमा भएको मानवीय क्षतिले दिन्छ।
भविष्यमा यस्ता घटना बढ्न सक्छन्। तिनको नेपालका विभिन्न क्षेत्रमा असर पर्नेछ भन्ने पूर्वसूचना हुने व्यवस्था अझ दरलिो बन्नुपर्छ। सूचनाको थप संश्लेषण तथा आकलन आवश्यक छ । र, निचोड गाउँठाउँका सरकारी, गै रसरकारी एवं अन्य निकायलाई पुर्याई सतर्कता अपनाउनु त्यत्तिकै जरुरी छ। मुस्ताङ र मनाङका घटनाले प्रणालीगत रूपमा यस्तो व्यवस्था नरहेको स्पष्ट हुन्छ। फनालो/ढिस्कानाले गर्यो/गरेन भन्ने दोष लगाउन तर्क प्रस्तुत गरएिको होइन। बरू यस्ता अपेक्षा नगरएिका घटना अब नियमित हुन सक्छन्। त्यस्ता घटनासित जुध्न हाम्रो सरकार र संस्थाहरू तयार रहनुपर्छ भन्ने जिकिर हो। समर्थ हुन स्थानीय संस्थागत व्यवस्था, त्यसको क्षमता, त्यसलाई परमिार्जन गर्न रकम एवं बौद्धिक लगानी नगर्ने हो भने संकट बढ्नेछ। आर्थिक, सामाजिक र मानवीय क्षति व्यापक हुनेछ, हाम्रा विकासका जे-जस्ता उपलब्धि छन्, खस्किन थाल्नेछन्।
आउँदो सार्क सम्मेलनमा सरकार प्रमुखहरूले सूचनाको गहन भूमिकालाई सोचेर सूचना सिर्जना, त्यसको विश्लेषण र उपलब्धता यस क्षेत्रका नागरकिमा पुर्याउने व्यवस्था गर्छौं भन्ने प्रतिबद्धता गरून् र प्रतिबद्धतालाई वास्तविकतामा परण्िात गर्न आवश्यक गृहकार्य सुरु गर्न सरकारहरूलाई निर्देशन दिऊन्। यो एउटा ठूलो योगदान हुनेछ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...