संघीयता: अब कता ?
संघीयताको मुद्दामा राजनीति प्रस्टैसँग दुई धारमा विभाजित भएको छ, एकातिर सरकारी र अर्कातिर एकल जातीयतावादी।

अर्को अर्थात् एकल जातीयतावादी धारको 'श्रेय' वास्तवमा द्वन्द्वकाललाई जान्छ। यो यथार्थमा जनजातिमाझ विद्रोह विस्तारका लागि अपनाइएको तत्कालीन माओवादीको एउटा रणनीतिक चाल थियो। त्यसताका जातजातिहरू, त्यसमा पनि विशेष गरेर मंगोल अनुहार भएका जातजातिलाई स्वायत्तता दिने वाचाका आधारमा उसले जातीय संगठनहरूको सहानुभूति बटुलेको थियो। निश्चय नै लामो संरचनात्मक विभेदका कारण इखिएका तथा एक हदससम्म नस्लवादी दुष्प्रचारका प्रभावमा परेका जनजाति समूहहरूलाई आफ्नो वाणी मुखरति गर्ने माध्यम चाहिएको थियो, त्यसैले ती समूहका थुप्रै अगुवा माओवादीको पछि लागे। यद्यपि, जनजाति समूहहरूलाई जुन नस्लका खिलाफमा उभिन प्रेरति गरएिको थियो, माओवादीका अधिकांश नेता त्यही अर्थात् खसआर्य नस्लका हुन्।
अझ गहिरएिर हेर्ने/बुझ्ने हो भने नेपालको जातीय संरचना र यसको वितरणको अध्ययन गर्ने मानवशास्त्रीय शैली एउटा निश्चित पूर्वाग्रहबाट प्रेरति देखिन्छ। त्यो हो, खसआर्य जाति यहाँको मूल निवासी होइन, आगन्तुक हो भन्ने। ती मानवशास्त्रीले के सिद्ध गर्न खोजे भने खसआर्य हिमवत् खण्डका मूल निवासी होइनन्, वास्तवमा कोही भाग्दै र कोही भने यहाँ डुल्दै आइपुगेका हुन्। तिनका भनाइमा नेपालका आर्यजातिको मूल थलो भारतीय मैदान हो। यसरी के स्थापित गर्न खोजियो भने यिनीहरू विभिन्न कालखण्डमा भारतीय मैदानी प्रदेशहरूबाट उकालो चढेर नेपालका पहाडी भूभागमा बसोवास गर्न थालेका हुन्।
जबकि, यस प्रकारको दृष्टिकोणलाई सर्वथा तथ्यले पुष्टि गर्दैन किनभने पहाडी खसआर्य समूहको निरन्तरता भारतीय मैदानतिर नभएर, बरू पर्वतीय प्रदेशहरू जस्तै, उत्तराखण्ड, हिमाचल, कश्मीरतर्फ छ। खसआर्य समूहको यो विस्तार यतिमै सीमित हुँदैन। कश्मीरपार िपाकिस्तानको पश्चिमोत्तर प्रान्त तथा बलुचिस्तान हुँदै यसै समूह अन्तर्गत अधिकांश अफगानी पनि पर्छन्। पहिल्याउँदै जाँदा यो लर्को जर्जिया पुग्छ, त्यहीँबाट हो अथवा कताबाट जर्मनीतर्फ यही नस्ल फैलिएको पाइन्छ। आर्य मात्र होइन, अरू नस्ल अथवा वंशको ऐतिहासिक विकासक्रम पनि यसभन्दा भिन्न छैन। तात्पर्य के भने मानव बस्तीहरू विभिन्न कारणले एक ठाउँबाट अर्को ठाउँमा बसाइ सर्दासर्दै बनेका हुन्। त्यहाँ राज्यहरू बन्लान्, पहिचानका कुरा उठ्लान् भन्ने अभिप्रायले बस्ती बसेका थिएनन्। यसमा नेपाल पक्कै अपवाद होइन।
मानव बस्ती बसेपछि क्रमशः नयाँ समूह बन्न थालेका हुन्, यी समूहहरू बन्ने/भत्किने गर्छन्। हामै्र आँखासामु पनि समूहहरू बनिरहेका, भत्किरहेका छन्। जस्तै ः उता भुटान पसेका नेपाली, तीमध्ये कतिपय आर्य भए पनि मंगोल भए पनि लोत्साम्पा भए। दार्जीलिङमा बसोवास गर्ने सबैथरी नेपाली आफूलाई एकमुष्ट गोर्खाका रूपमा चिनाउन चाहन्छन्। अर्थात्, नस्ल अथवा वंश नै पहिचान हो भन्ने होइन। वास्तवमा संगठित रूपमा चिनिने संस्कृति, सभ्यता, क्षेत्रका नाममा पहिचान बन्छ। नेपालमै पूर्वेलीको आफ्नो पहिचान छ, पश्चिमकाको अलिक फरक खालको पहिचान छ। अझ पश्चिम जाँदा कणर्ाली र पल्लो पश्चिम, शेष नेपालभन्दा अनौठो लाग्छ। यहाँनेर पक्कै पनि पहिचानवादीलाई आफैँ द्विविधा उत्पन्न हुँदो हो किनभने मानिसका समूहहरू आफैँमाथि अनेक पहिचान खप्टिएर बन्छन्, बाँच्छन् र समयक्रममा ती पहिचान बदलिन्छन्। यसको एउटा राम्रो उदाहरण हो, महाकालीपारकिो भारतीय प्रदेश उत्तराखण्ड। कुमाउँ र गढवाल मण्डललाई मिलाएर बनाइएको उत्तराखण्डका निवासी अचेल आफूलाई उत्तराखण्डी भनेर चिनाउँछन्। अर्थात्, पहिचान भनेको छालाभित्र लेखिएको हुँदैन, एउटा बन्छ, त्यो पुरानो हुन्छ, पुरानो बिस्तारै लोप हुन्छ, त्यहीँ नयाँ बन्छ। यो क्रम अनवरत, निरन्तर चलिरहन्छ।
खसआर्यहरू कणर्ालीपूर्व फैलिएजस्तै कतिपय तिब्बती समूहहरू दक्षिणतर्फ आए, कतिपय यहीँका थिए। ती पनि मिसिए, तिनीहरू गुरुङ, भोटे र तामाङका रूपमा चिनिए। किराँत समूहका मानिस काठमाडौँ उपत्यकासम्म फैलिएका थिए। लिच्छविहरूको उदयसँगै उनीहरू उपत्यका छोड्दै कोसी सिञ्चित क्षेत्रमा सीमित भए। जो रहे, तिनीहरू लिच्छवि र मल्लमा मिसिए। लिच्छवि, मल्ल, तिब्बती, किराँती, मैथिली अनेकन् समूहहरू उपत्यकामा रहँदा बस्दा नेवारका रूपमा चिनिए। त्यस्तै पूर्वका राईहरू, जो आज जातिका रूपमा चिनिन्छन्, त्यो वास्तवमा जाति नभएर राय उपाधिको अपभ्रंशबाट बनेको पहिचान हो।
अर्थात्, वर्तमानमा जो जसलाई जातिका रूपमा चिनिन्छ, तिनका पूर्वज आफूलाई यसरी चिन्दैनथे। जस्तै ः खसहरू कणर्ाली पूर्व आउँदै जाँदा पर्वतेका रूपमा चिनिए। अझ पूर्वतर्फ आएका, गोरखा राज्यको उदयसँगै गोर्खाली भए। अझ रोचक त के भने बि्रटिस र भारतीय सेनाको गोर्खा फौजमा भर्ती भएका जनजाति एकमुष्ट गोर्खा बन्न पुगे। भारतमै गोर्खा भन्दा खसआर्यलाई नभएर राई, लिम्बू, मगर, गुरुङ भनेर बुझिन्छ। ठीक यस्तै स्थिति बेलायत पुगेका लाहुरेको छ। अर्थात्, मानिसले आफूलाई चिनाउन बनाएका हुन् अथवा अरूले भिराएका जति पनि पहिचान छन्, ती सबै निश्चित प्रयोजनले बनेका हुन्छन्। जस्तै ः बर्मा, असमतिर केही वर्ष बसेर फर्केका नेपालीलाई यहाँ हामी नै बर्मेली, आसामे भनिदिन्छौँ। जबकि, बर्मेली, आसामे भनिने त्यहाँका साँच्चैका जाति अरू नै छन्। हुँदाहुँदा नेपालका विभिन्न ठाउँमा बर्मेली टोल, आसामे बस्ती इत्यादि स्थानीय पहिचान नै बनेका छन्।
पक्कै पनि विभिन्न नस्ल एवं वंशका मानिस कहाँ कहाँबाट कता कता पुगे, तिनैबाट कति जाति बने, कसरी थरीथरी पहिचान बने र भत्किए, यो आफैँमा रोचक विषय हो। तर, यिनै विभिन्न प्रयोजनवश बनेका पहिचानलाई आधार मानेर प्रदेशहरूको नक्सा र त्यसै अनुसारका नाम राख्दा मात्र संघीयता हुन्छ, नभए हुँदैन भन्नेलाई के भन्नु ! उनीहरूले वास्तवमा संघीयताबारे स्वयं आद्योपान्त ज्ञान हासिल गरेर अनि बल्ल सार्वजनिक बहसमा प्रस्तुत हुँदा उचित हुन्छ। अन्यथा, भौँतारँिदा भाँैतारँिदै संघीयता, अब कता भन्ने अवस्था पनि आउन सक्छ ।