रारा यात्रा: केही विम्ब
जलवायु परिवर्तनसम्बन्धी गोष्ठीमा सहभागी हुन नेपालगन्जको राँझा विमानस्थलबाट ताल्चा हुँदै रारा ताल पुगियो ।
ताल्चाबाट उड्यो ।
पल्लोपट्टबिाट एउटा स्ट्रेचरमा प्रसव हुन अप्ठ्यारो भोग्दै गरेकी महिलालाई विमानछेउ ल्याइयो । प्रहरीले सिटी बजाए, धावनमार्गमा यताउता नगर्न खबर गर्दै । तत्पश्चात् एकपंखे विमान आयो, बिरामीलगायत यात्रु लिएर उड्यो । हामी छेउमा रहेको होटलतिर लाग्यौँ । गाइँगुइँ सुनियो, "धावनमार्गछेउ विमान कर्मचारी र स्थानीयबीच हातपात भयो, प्रहरीले छुट्टयाउनुपर्यो ।" बिरामीलाई किन नउडाएको भन्दै अघिल्लो विमान सेवाका कर्मचारीले स्थानीयको हप्की खाँदा कुरा तन्किएको रहेछ ।
ग्रामीण भेगका महिलाले पाएका स्वास्थ्य सेवाका वास्तविकता मानसपटलमा आए । कुन धागोले तिनलाई जलवायु परिवर्तनसँग जोड्ने ? भेउ नै पाइएन । ताल्चा क्षेत्रको वास्तविकताले मेरो जलवायु परिवर्तनको ज्ञानपुञ्जलाई धुजाधुजा पार्दै थियो । सूर्य ओरालो लाग्दै गर्दा राराछेउ पुगियो । तस्बिरमा देखिएभन्दा सुन्दर लाग्यो, त्यो प्राकृतिक जलभण्डार । ताल किनारामा छप्लाङछप्लाङ आउँदै गरेका छाल रमाइला अनुभव बने । ३५ वर्षअघि ग्लास्गोमा उच्च अध्ययनका क्रममा छाल विज्ञानबारे पढेको थिएँ । रारा निकुञ्ज परिसर पुग्दा साँँझ पर्यो । परिसरअघि अत्याधुनिक मौसम अनुगमन केन्द्र रहेछ । त्यसका तथ्यांक कसरी प्रयोग भइरहेका छन्, काठमाडौँ फर्केपछि बुझ्ने गृहकार्यको जिम्मा दिएँ, आफँैलाई ।
सम्मेलनको तयारी जोडतोडले हुँदै थियो । परिचित विज्ञ, सञ्चारकर्मी र राजनीतिक पात्रहरू पनि सहभागी हुँदै थिए । भोलिपल्ट साँझ एक जोडी विदेशी र युवती आइपुगे । सन् १९८० को दशकमा अमेरिकी शान्ति स्वयंसेवक रहेछन्, ती जोडी । आफ्नी छोरीसित सिमकोटबाट पैदल आउँदै गरेका, अछामतर्फ जाँदै । अछामको स्थानीय अस्पतालमा दुई महिना काम गर्ने योजना रहेछ तिनको । अमेरिकी स्वयंसेवा कार्यक्रमले थुप्रै अमेरिकीलाई नेपाली एम्बासेडरसरह बनाएको छ, मित्रताले बाँधेको छ । बीचमा रोकिएको त्यो कार्यक्रम फेरि सुरु भएको छ, नयाँ पुस्ताका एम्बासेडर कस्ता होलान् ?
सम्मेलन सुरु भएको केही बेरपछि हल्ला हुन थाल्यो, बाहिरपट्ट ि। जुलुस आएको रहेछ, नाराबाजी पनि हुँदै थियो । मुगु खत्याड क्षेत्रमा पर्ने गाविसका बासिन्दा रहेछन् । तिहारताका परेको असिनाले भित्र्याउन तयार रहेको बाली सोत्तर पारेछ । आफ्नो स्थिति बताउन आएर तिनले ठीक गरेछन् । सञ्चारकर्मी र उच्च सरकारी प्रतिनिधि थिए, सम्मेलनका सहभागी । भोलिपल्ट काठमाडौँका छापाहरू पाता सुकेका धानका बालाका तस्बिरमय भएका थिए । प्रधानमन्त्रीले अर्थमन्त्रीलाई क्षतिपूर्ति दिन अह्राएका छन् । राराको मौसम केन्द्र र खत्याडको विनाश मेरा लागि अन्तरसम्बन्ध केलाउने थप गृहकार्य बनेको छ । राज्यको दायित्वमा यो पनि पर्नुपर्छ, यो लेखाजोखा ।
सम्मेलनमा आएका एक स्थानीयले बताए अनुसार राराको पूर्वी भेगमा चाप बढेको छ, पानी जमिनमा छिर्दै छ, भूक्षय बढ्दै छ, गमगडी, कार्कीवाडा र श्रीनगरका बस्तीमा भूक्षयका असर देखिँदै छन् । नयाँ चुनौती देखिन थालेछ, थप गृहकार्य आवश्यक पर्ने भयो । र्फकने क्रममा विमान रारामाथि हँुदै दक्षिण लाग्यो, राँझातर्फ । हिमाल, भित्री हिमाल, पहाडी भेग, महाभारत, उपत्यका, नदीनाला र वनले सुसज्जित विलक्षण विविधता सम्पन्न भूभाग । जताततै कोतरिएका बाटोका डोबले पहाडी जीवनको कष्ट कम गर्ने प्रयास प्रतिविम्बित गर्दै थिए । तर, उचित कार्यान्वयन र अनुगमनको अभावमा विकास होइन, विनाश गर्दै ।
काठमाडौँ उड्ने विमान राती मात्र आउने भएछ । हामी खाना खान नेपालगन्ज बजार पुग्यौँ । हाम्रा प्रधानमन्त्रीको निर्वाचन क्षेत्र, व्यवस्थित बन्न प्रयासरत नगर । विमानस्थलमा हामी यात्रुका अन्तिम झुन्ड कुरिबसेका थियौँ । छेउमा सिनजियाङ प्रान्तका तीन जना युगिर छन् । तिनको उपस्थितिले कौतूहल जाग्यो, किन यता आए ? अंग्रेजीमा संवाद अघि बढेन । तिनका नेपाली मित्रले सुनाए अनुसार बफ -राँगाको मासु) तयार गर्ने कारखानामा लगानीको सम्भावना खोज्न आएका रहेछन् । विमानस्थलभित्र रहेको महिला शौचालयमा निरन्तर पुरुषहरू गएको देखेपछि, काठमाडौँ र्फकंदै गरेका रारा सम्मेलनमा सहभागी महिला मित्रहरू विचलित भए । सुझाव बक्स थिएन, न त सुन्ने कोही । नागरिक उड्डयन प्राधिकरणका हाकिमलाई तिनले त्यस्तो नहोस् भन्ने पत्र लेखे र त्यहाँका विमान सेवाका अधिकारीलाई त्यो पुर्याइदिन अनुरोध गरे । पुग्यो/पुगेन ईश्वर जानून् । काठमाडौँ विमानस्थल विश्वको १० निकृष्टमध्ये परेको छ, राँझा विमानस्थल कतिमा पर्ला ? आन्तरिक विमानस्थलहरूको पनि स्तरीकरण सुरु गर्नु कसो होला ?
यी विम्ब हाम्रो मुलुक र समाजले भोग्दै गरेका घटनाक्रमका द्योतक हुन् । सुधारको जिम्मा हाम्रै हो । बानेश्वरस्थित संसद् भवनभित्र बस्ने अभिमत एवं अधिकार पाएकाहरू यो कसीमा कसरी उत्रेलान् ?
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...