समितिमा विवाद, ट्वीटरमा संवाद
संविधानसभामा करबि एक महिना अनिणर्ीत रहेका विवादहरू २९ पुसको म्याद तोकेर राजनीतिक संवैधानिक संवाद तथा सहमति समितिमै फर्काइएका छन्।

संसद् बस्दा बाहिर भाषण गर्दै हिँड्ने, संविधानसभामा यदाकदा झुल्किने जो छन्, संवाद समितिमा पनि तिनै, कार्य व्यवस्था परामर्शमा उनै र उनीहरू नै बस्छन्, बालुवाटारमा पनि। बालुवाटारमा तारन्तार बसेका बैठकहरूबाट कुनै परण्िााम निस्केन। सभाध्यक्ष सुवास नेम्वाङको परामर्श र कालकूट विषको प्रसंग झनै विवादित भयो। बाबुराम विचरा संवादभित्रका विवादमा हल्लिँदा हल्लिँदा हारेर फेसबुक र ट्वीटरका शरणमा पुगेका थिए। अनौठो छ, तिनै बाबुराम, तिनै विवादको पोको आफैँ कहाँ फर्किंदा कसरी दंग परे?
मानिलिनूस्, तपाईं कुनै ठाउँमा काम गर्नुहुन्छ तर त्यो ठाउँमा आज एउटा विषयमा समझदारी हुन्छ तर भोलिपल्ट भेट्दा हिजोको समझदारीको सम्झनै हुँदैन। प्रतिदिन त्यही हुन्छ, आज टुंगियो भन्यो भोलिपल्ट फेर िवादविवाद, अपशब्द र गालीगलौज चल्छ। कतिन्जेलसम्म तपाईं त्यो सहन सक्नुहुन्छ, एक महिना? दुई महिना? झन्डै वर्षै दिन सहनुभो, हार्नुभो, थकित हुनुभो अनि सबै कागजपत्र बुझाएर फुर्सद हुनुभो तर लगत्तै त्यसको एक महिनापछि तपाईं फेर ित्यहीँ र्फकनुभयो भने कि त अन्तस्करण मरेको भन्नुप र्यो, नभए आफ्नै विवेकहीनतालाई सलाम गर्नुपर्यो। कि होइन? बाबुरामको सन्दर्भमा पनि यही प्रसंग प्रयुक्त हुन्छ। तैपनि, उनी दंग परे। दंग मात्रै परेनन्, बाफ रे, उनले ट्वीटै गरे।
के लाग्छ बाबुरामलाई, राजेन्द्र महतो र उपेन्द्र यादवले भनेजस्तो मेचीदेखि महाकालीसम्मको 'एकात्मक' मधेस बन्छ? छ नेपालमा त्यस्तो मधेस र बन्छ? झापा र मोरङ मान्छन्? चितवनले के भनेर स्वीकार्छ? दाङ के गर्छ? कैलाली र कञ्चनपुरमा लाग्ने आगोले नेपालभर िनै डढेलो लाग्छ भन्ने यथार्थसँग नेपालको बच्चा बच्चा परििचत छ। केपी ओलीलाई निश्चय नै संघीयता के हो भन्ने यथार्थ ज्ञान छैन तर उनले आमनेपाली मनोभाव प्रकट गरेका होइनन् भन्न मिल्दैन किनभने नेपालका समथर भूभागजति सबै मधेस प्रदेशभित्र पर्ने भए पाँचथरको सेजेपा टार पनि समथर छ। पर्छ त सेजेपा मधेसमा? वास्तवमा मुलुकको जनसांख्यिक वितरण र भौगोलिक बनोटसँग परचिय नै नभएका कतिपय मधेसी र आजका मितिमा यति भन्न सकिन्छ र भन्नैपर्छ। दुर्भाग्यवश, प्रचण्डजस्ता एकल जातीयतालाई आफ्नो क्षीण हुँदै गएको राजनीति बचाउने हतियार बनाउने नेताहरूले संघीयताकै हुर्मत लिएका छन्।
संघीयताबारे एकनिष्ठ अध्ययन गर्ने जो जो विज्ञ र विशेषज्ञ छन् नेपालमा, उनीहरूलाई थाहा छ, महतो, यादव र प्रचण्ड संघीय, संघीय भनेर जे जस्ता उखरमाउलो प्रकट गररिहेका छन्, त्यो संघीयता होइन। उनीहरूका उखरमाउलोसँग संघीयताको कुनै साइनो छैन। निश्चय नै राज्यबाट मधेसीहरू लामो समयसम्म प्रताडित भएका थिए। प्रताडित त पहाडकै मानिस पनि कम भएका होइनन् । तर, तुलनात्मक रूपमा मधेसी बढी लाञ्छित भएका थिए। यहाँ थिए किन भनेको भने त्यस्तो स्थिति आज छैन। आज मधेसीहरू नेपाली राजनीतिको केन्द्रमा 'समानुपातिक' अंशियार भएका छन्। यस यथार्थसँग पहाडी मात्र होइन, मधेसी जनता पनि परििचत छन्, त्यसैले महतोजस्ता नेपाली मधेसको वास्तविक मनोविज्ञान नबुझेका नेतालाई उनीहरूले निर्वाचनमा हराएका हुन्। त्यसै गरी एकल जातीयताको उग्र नारा लगाउनेहरूसँग स्वरमा स्वर मिलाएका कारण प्रचण्डलाई काठमाडौं-१० का मतदाताले तेस्रो बनाएर सक्रिय राजनीतिबाट विश्राम लिन अनुमति दिएका हुन्। स्मरण रहोस्, यसै कारण प्रचण्डकै सक्रियतामा भएको दोस्रोपटकको स ंविधानसभा निर्वाचनमा उनी अध्यक्ष भएको दल एमाओवादी पहिलोबाट तेस्रोमा झरेको हो।
मंसिरमा सार्क सम्मेलनमा भाग लिन आउँदा, ट्रमा सेन्टर उद्घाटनका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधान सहमतिबाटै बनोस् भनेर भाषण गरििदए। सहमति मोदीको पनि होला, नेपालीहरूको झनै ठूलो कामना हो। तर, कामनाका बुई चढेर नाजायज जति सबै मनाउन जे जस्ता दबाब दिइँदै छन्, यहाँ दुःखका साथ भन्नुपर्दैछ, ती दबाब निर्वाचनमा हारेको पीडाको उकुसमुकुस र प्रतिशोधको भावनाले प्रेरति छन्। साँच्चै भन्ने हो भने पहिलेपहिले गाउँठाउँ र अहिले पनि कतिपय अवस्थामा साहू- महाजन र तिनको सिको गर्ने छोटे महाजनहरूले जालझेल गरेर गराइएको कागजका भरमा कतिपय मानिसको सर्वस्व हर्थे, हर्ने गर्छन्। तराईको भूअवस्थिति र नेपाली जनताको जीवनरेखा त्यहाँका नाकाहरूसँग जोडिएको छ। तिनै नाकाहरू देखाएर यदि मेचीदेखि महाकालीसम्मै एउटै मधेस प्रदेश बन्नुपर्ने अड्डी लिइन्छ भने शोषक साहू-महाजनहरूको प्रवृत्तिसँग महतोजस्ता नेताहरूको नियतलाई किन नजोड्ने?
प्रश्न छ, के नेपालमा संघीयता सबै स्वाभिमानका साथ बसोवास गर्न पाउने र समग्र राज्यको समृद्धिमुखी पुनःसंरचना नभएर जनजातिको खसआर्यसँग र मधेसीहरूको पहाडीसँग प्रतिशोधको परयिोजना हो? यदि यो प्रतिशोध होइन भने यस देशका अधिकांश भूभागमा विविध जातजाति छरएिर, भाषाभाषी मिसिएर, एकअर्कामा खप्टिएर बसेका छन्, त्यहाँ कसैलाई एकातिर एकल, एकल जातीय पहिचान भएका प्रदेश चाहियो ! यस्तो भन्न कसरी सकेको? अर्कोतिर मेचीदेखि महाकाली जोडिने एकात्मक मधेस हुनुपर्यो ! सुन्दै लाज लाग्ने, के भनेको यो? यस्ता मनोवृत्ति र प्रवृत्तिसँग संवाद कसरी गर्ने? बाबुराम त्यसको ज्ञान भएका ब्रह्मज्ञानी पक्कै होइनन्, त्यसैले विवाद ज्यूँका त्यँू तर संवाद फेर िपनि ट्वीटरको ट्वीटमै सीमित हुन पुग्यो भने त्यसमा उदेक नमाने हुन्छ ।