केजरीवाल, सहर र सेवा
भारतको दिल्लीमा विधानसभा निर्वाचनमा प्रचण्ड बहुमतले विजयी भएपछि आम आदमी पार्टीका अगुवाहरू भन्छन्, हामी सत्ताको अहंकारबिना नयाँ राजनीतिक संस्कार सुरु गर्ने पथमा छौँ।
वर्तमान विश्वको झन्डै आधा जनसंख्या सहरमा बस्छन् र यो संख्या बढ्दै छ। एसियामा मात्रै एक दिनमा एक लाख मानिस अवसरको खोजीमा गाउँबाट सहर पुग्ने अनुमान छ। आउँदो १५ वर्षमा विश्वको ६० प्रतिशत जनसंख्या सहरी हुनेछ तर बाँकी ४० प्रतिशत जनसंख्याको चरत्रि पनि फरक हुने छैन। तिनका चालचलन, व्यवहार एवं जायजेथा सहरी परविारसरह हुनेछन्। ग्रामीण परविारका बहुसंख्यक युवा सदस्यले जनजीविका यापन गर्ने स्थल सहर हो। झन्डै २५ लाख नेपाली युवा विभिन्न मुलुकका सहरी क्षेत्रमा काम गर्छन्, रेमिट्यान्स पठाउँछन्, गाउँघरमा बस्ने आफ्ना परविार पाल्छन्। नेपालको विकास पथमा तिनलाई आफ्नै मुलुकमा जनजीविकाको विकल्प दिने नीति छैन।
आर्थिक र सामाजिक विकासका सम्भावनासँगै सहरका मनग्य चुनौती छन्। सहर धनी-गरबि, पढेका-नपढेका, हुने-नहुने सबै थरीको बासस्थल हो। सफा हावा, स्वच्छ पानी र हरयिाली बस्न योग्य सहरको आधार भएको हुँदा त्यहाँको वातावरण र उपलब्ध स्रोतको परििधभित्र रहन सहरी बासिन्दाले अथक प्रयास गर्नुपर्नेछ। प्रचलित सहरी शासन पद्धति कायमै रहेमा आर्थिक हैसियत राम्रो भएका र नहुनेबीचको खाडल अझ विकराल हुनेछ। सबैका लागि स्वच्छ खानेपानी, ऊर्जा, यातायात, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र रोजगारको जोहो सहज हुने छैन।
भविष्यका सहरले समाधान खोज्नुपर्ने एउटा ठूलो चुनौती हो, पानीको आपूर्ति र नदीको संवर्द्धन। मानवजीवनका साथै प्रकृतिका लागि पानी अपरहिार्य छ। हाम्रो शरीरको झन्डै ७० प्रतिशत हिस्सा पानी हो। पानीबिना खेतीपाती हुँदैन। विद्युत् उत्पादन पानीबाट हुन्छ। नदीनाला, ताल तथा भूभण्डारबाट पानी सहर र ग्रामीण बस्तीतिर लगिएका छन्, जलस्तर पहिलेभन्दा घटेको छ। पानी प्रयोगपछि निस्किएको फोहर नदीमै बगाइन्छ।
काठमाडौँको वाग्मती तथा यसका प्रशाखाहरू विगत ३० वर्षयता नराम्रोसँग ह्रास भएका छन्। यद्यपि, पछिल्ला केही महिनायता नदी सफा पार्नुपर्छ भन्ने मान्यताले व्यावहारकि रूप लिँदै छ। पिँध र किनारमा थुपारएिका फोहर सफा गर्न काठमाडौँवासी हरेक शनिबार बिहान जुट्छन्, यो क्रम जारी छ। तर, नदीको गुणस्तर ह्रास गर्ने मुख्य कारणको निदान खोजिएको छैन। मुख्य कारण हो, सहरका घरबस्तीबाट निस्किएका दिसा-पिसाब प्रशोधनबिना नदीमा मिसाउनु।
आधुनिक प्रविधिले जलचक्रबाट पानी तर्काएर त्यसलाई विभिन्न चरणबाट प्रशोधन गर्दै पाइप, ट्यांकीका माध्यमबाट पिउनका लागि घर-घरमा पुर्यायो। सेवा पुग्यो, जीवन सहज बन्यो। एउटा व्यक्तिलाई एक दिनमा करबि १०-१५ लिटर पानी भए जिउनका लागि पुग्छ। तर, सरसफाइका लागि त्यसभन्दा धेरै पानी आवश्यक पर्छ। नुहाउने, लुगा धुने, घरपरविारबाट निस्किएका दिसा-पिसाब मिल्काउन पानी नै प्रयोग गरन्िछ। भिक्टोरयिन कालखण्डमा सुरु भएको फ्लस ट्वाइलेट प्रविधिले घरघरबाट निस्कने दिसा-पिसाबलाई बासस्थानबाट टाढा पुर्याउन मद्दत गर्यो। विकसित मुलुकले यस्ता फोहरलाई नदीमा फाल्नुअघि प्रशोधनको प्रयोग संस्थागत गरेका छन्। तुलनात्मक रूपमा त्यताका बहुसंख्यक नागरकिलाई स्वच्छ खानेपानीको सुविधा उपलब्ध छ, नदीनाला पनि सफा छन्। हाम्रोतिर न त खानेपानीको सेवा उपलब्ध छ, न नदीनाला नै स्वच्छ छन्। नेपाललगायत धेरै विकासशील मुलुकमा ढल प्रशोधन संस्थागत हुन सकेको छैन, नदीहरू ढल बनेका छन्।
यो स्थित स्वीकार्य हुनु हुँदैन, परविर्तन गर्नु आवश्यक छ। फोहर प्रशोधन त गर्नुपर्छ नै, दिसा-पिसाब नदीमा नमिसाउने बाटो खोज्नु जरुरी छ। एउटा यस्तो बाटो हो, दिसा-पिसाब घरमै प्रदूषणमुक्त हुने प्रविधिको विकास र प्रयोग। सरकार, बजार, नागरकि, वैज्ञानिक एवं समाजका अगुवाबीच सामाजिक सम्झौता नगरी यो विकल्प व्यापक हुन सक्दैन। यो सम्झौताका दुईवटा बुँदा निम्नबमोजिम हुनुपर्छ ः -क) नदी फोहर हुन नदिनु र -ख) स्वच्छ पानीमा दिसा-पिसाब नमिसाउनु अर्थात् जलचक्र र फोहर चक्र छुट्टयाउनु। औपनिवेशिक कालमा सुरु भई दक्षिण एसियातिर ल्याइएको पानी विकास गर्ने ढाँचाको तालमेल यताको सामाजिक, सांस्कृतिक र राजनीतिक परविेशसित मिलेको छैन। नयाँ दिल्ली चुनावमा पानीको सहज आपूर्तिलगायतका विषय उठ्नु तालमेल मिल्न नसकेको स्थितिको द्योतक पनि हो।
पानीको सहज आपूर्ति, ढल प्रशोधनलगायत माथि उल्लेखित सामाजिक सम्झौताका प्रस्ताव र अन्य चुनौती समाधान गर्दै नदीनाला सफा राख्न, सहरी शासनको ढाँचा कस्तो हुनुपर्छ? त्यो शासन पद्धतिमा सहरी बासिन्दा कसरी सहभागी हुने? चुनिएका प्रतिनिधि र नागरकिबीचको व्यावहारकि संवाद कसरी निरन्तर राख्ने? छिमेकी राष्ट्रका छापा, टीभी र अन्य माध्यममा सार्वजनिक भएका भाषाले के संकेत गर्छन् भने आम आदमी पार्टी यस्ता प्रश्नको जवाफ खोज्दै नयाँ दिल्लीमा नयाँ संस्कार स्थापित गर्न अग्रसर छ। प्रयोग कसरी अगाडि बढ्ला भन्ने प्रश्न नयाँ दिल्लीका लागि मात्रै नभएर सहरी शासन पद्धतिबारे अध्ययन- अनुसन्धान र प्रयोगमा लागेका सबैका लागि चासोको विषय हो ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...