प्रजातन्त्रलाई ताली
"६४ वर्ष बितिसकेछन्। अहिले ७१ को भएँ, म सात वर्षको थिएँ त्यतिखेर। प्रजातन्त्र आयो भन्दै मानिसको हूल हिँडेको देखेको थिएँ।

होमबहादुर कान्छा भन्दै थिए। उनले ताली बजाउन थालेको ६४ वर्ष भइसक्यो। उनका छोराछोरीले पनि ताली बजाए, अचेल उनका नातिनातिना ताली बजाउँदै छन्। हरेक वर्ष ७ फागुनमा प्रजातन्त्रको सम्झना गरन्िछ, ८ गते बिर्सिइन्छ। हरेक विगतका वर्षजस्तै यसपालि पनि प्रधानमन्त्रीले सन्देश दिए नै। पहिले राजाले चियापान गराउँथे केही टाठाबाठालाई, तिनका ठाउँमा अचेल राष्ट्रपतिले चियापान गराउँछन्। प्रजातन्त्रको महत्त्व, गुणगान र प्रशस्तिमा राज्याधिकारीहरू रमाइरहेका बेला होमबहादुर खाना पकाउने ग्यासको रत्तिो सिलिन्डर लिएर डिलरको पसल कुररिहेका छन्। त्यो सिलिन्डर उनको होइन, कुनै साहूको हो। उनी त भरयिा मात्रै हुन्। उनका नातिनातिना स्कुल जान पाउँदैनन्। झुत्रा लुगा लगाउँछन्, गलैँचा कारखानामा काम गर्छन्। धारामा पानी थाप्न लाम लाग्छन्। थोत्रा गलैँचाको ओछ्यानमा सुत्छन्।
तैपनि, ६४ वर्षअघि सुनेको प्रजातन्त्र के के न होला भनेर होमबहादुर अझै यो शब्द सुन्नासाथ ताली बजाउँछन्। आउँछ कि, आई पो हाल्छ कि प्रजातन्त्र भनेर घरीघरी एक्लै जिन्दावाद पनि भन्छन्। यो एउटा प्रतीकात्मक परदिृश्य हो, यो देशको अर्को पाटाको। यस्तै पात्रका नाममा यहाँ थुप्रै संघर्ष भए, ००७ सालको क्रान्ति भयो, भन्न त ०४६ सालको जनआन्दोलन पनि उनीजस्ता मानिसलाई सुविस्ताका दिन देख्न पाउने बनाउन नै भएको हो भनिएको थियो।
०४६ सालको परविर्तनले तिनको भलो गरेन भनेर ०५२ सालदेखि माओवादीले शस्त्र उठाए। होमबहादुरजस्तै हजारौँ पात्रका छोराछोरी सशस्त्र विद्रोहीहरूको जत्थामा सामेल भए। राज्य र विद्रोही दुई कित्तामा देश बाँडियो, हजारौँले ज्यान गुमाए। अन्ततः देशमा आमूल परविर्तन नभई होमबहादुरजस्ता पात्रको दिन नसपि्रने निष्कर्षमा पुगियो। अर्को जनआन्दोलन भयो। त्यही जनआन्दोलनको वेगमा प्रजातन्त्रको उन्नत संस्करण लोकतन्त्रको स्थापना भयो। लोकतन्त्रले क्रमशः संविधानसभा र यसले आफूसाथै गणतन्त्र ल्यायो। राज्यको पुनःसंरचना गरनिे निधो भएरै लोकतन्त्र आएको, यसभन्दा पनि अघि बढेर राज्यको पुनःसंरचना गर्दा संघीयताको सिद्धान्त अपनाउनुपर्ने मागलाई स्वीकारयिो।
००७ सालको प्रजातन्त्रदेखि ०६५ सालको गणतन्त्रसम्म, जे जति परविर्तन भए, ती परविर्तनको मौन साक्षी होमबहादुर कान्छाले कहिल्यै सुविस्ताको दिन भोग्नु त परै, देख्नसम्म पाएका छैनन्। न उनका छोराछोरीले देखे, न त नातिनातिनाले देख्न पाएका छन्। यस्तोमा काठमाडौँमा थुप्रै सपिङ मल खुले, सडक फराकिला बनाइए, गाडी भित्रिए, फलस्वरूप राजस्व ह्वात्तै बढ्यो, उच्चस्तरीय शिक्षा दिने निजी विद्यालय खुले, लाखौँ नेपाली विदेशिए, विप्रेषणबाट रकम भित्रियो, देशभर राजमार्ग वारपिार िसहरीकरण भयो, यही विकास हो भन्नेहरूलाई भन्न त छुट छ तर मकवानपुरका कतिपय चेपाङ अझै ओडारमा जीवन गुजार्दै छन् भन्ने यथार्थ कसरी बिर्सनु? यो ६४ वर्षको प्रजातान्त्रिक यात्रामा ०६२ सालसम्म राजाले बारम्बार झम्टेकै हुन्, यात्रा निश्चय नै निर्बाध रहेको होइन। त्यति हुँदाहुँदै पनि ०४६ सालको परविर्तनपश्चात् समाजको तल्लो तप्कालाई उकास्ने प्रशस्तै अवसर आएका हुन्। झन् ०६२/६३ सालको जनआन्दोलनपछि अनन्त सम्भावना खुलेका छन् र हुन्।
निश्चय नै हरेकपटकको परविर्तनले एउटा कुलीनतन्त्रलाई बिदा दियो। लगत्तै अर्को कुलीनतन्त्र स्थापित भइहाल्यो। नेपाली कांग्रेस स्वतन्त्रता पक्षधर सर्वसाधारणका मध्येबाट देशका दुर्दिन अन्त्य गर्ने संकल्पका साथ जन्मेको थियो। संघर्षका समयमा यसका धेरैजसो नेता-कार्यकर्ता सर्वसामान्यसँग जोडिएका हुन्थे। तर, सत्ताप्राप्तिसँगै कांग्रेसका नेता कुलीनको कित्तामा उक्लिए, जो उक्लेनन् ती भीमबहादुर तामाङझैँ पाखा पर्दै गए। कुलीनीकरणबाट शेरबहादुर देउवा त बचेनन् नै, रामचन्द्र पौडेल र नरहर िआचार्य नै अब कति प्रतिशत कुलीन र कति प्रतिशत सर्वसाधारण भन्ने प्रश्न गर्न थालिएको छ।
कुनै समय सर्वहाराको पार्टीका रूपमा गर्जिने एमालेको आन्तरकि दुर्दशा झन् भयावह छ। घोषणापत्रमा सर्वहारावादी नारा र भाषणपछि मुड्की अभिवादनबाहेक एमालेका विगतका धेरैजसो जोगी यता आएर पुँजीपति भइसकेका छन्। एमाओवादीको कुलीनीकरणको रफ्तार कांग्रेस र एमालेको भन्दा ज्यादै तेजिलो छ, त्यसको जीवन्त उदाहरण स्वयं अध्यक्ष प्रचण्ड हुन्। मधेस केन्दि्रत दलका धेरैजसो पात्र त्यसै पनि हुनेखाने जग्गाधनी नै थिए, ०४६ सालपछि राजनीतिको फाँटमा देखा परेका निम्न मध्यमवर्गीय पात्रहरू झन्डै लगातारै सत्तामा बसेका कारण कुलीन वर्गमै उक्लिएका छन्। यस्तो परदिृश्यमा होमबहादुर कान्छाजस्ता मानिसले आजन्म भोगेको दुःखमा प्रजातन्त्र भनौँ अथवा लोकतन्त्र कहिल्यै साथी नबन्नु स्वाभाविकै हो।
लोकतन्त्र केही मानिसलाई आफू कुलीनतन्त्रमा उक्लिने भर्याङ बन्न पुगेको छ। कुलीनतन्त्रमा उक्लिने प्रत्येकको एउटै मन्त्र वाक्य हुने गर्छ, जोगी बन्न राजनीति गरेको होइन। अब प्रश्न उठ्छ, राजनीति किन गरेको त? व्यापार गर्न? कमिसन खान? आफ्नै, आफ्ना परविार र आफन्तको जीवनस्तर मात्र उकास्न? लोकतन्त्रको ध्येय यो थिएन र होइन। नेपालमा प्रजातन्त्र भनौँ अथवा लोकतन्त्रलाई यसको साँचो ध्येयबाट विचलित गराएर राजनीतिक दलका ठालुहरूको पृष्ठपोषणमा सीमित गरएिको छ र तिनै भेला भएर आफैँले आफ्नो प्रशंसा गर्ने दिनलाई प्रजातन्त्र दिवस भन्न थालिएको छ। हरेक आन्दोलन, जनसंघर्ष र क्रान्तिले उद्धार गर्ने वाचा गरेको, कम्युनिस्टहरूले भन्ने गरेका सर्वहारा र लोकतन्त्रको भाषण गर्नेले देखाउने गरेका निमुखा होमबहादुर कान्छा त सातबाट ७१ वर्ष पुग्दा पनि मानव सुलभ अधिकारबाट वञ्चित नै छन् ।