प्रचण्ड र राजनेताको प्रसंग
धेरैपछि आएर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई देशमा एउटा राजनेताको खाँचो महसुस भएको छ ।

त्यति मात्र होइन, झापा एउटै जिल्लामा सिंगै नेपालको विविधता अटाएको थलो हो । यो भौगोलिक हिसाबले मधेसमा भए पनि पहाडकै सांस्कृतिक निरन्तरता हो । भारतका दुई प्रान्त पश्चिम बंगाल र विहारसँग सिमाना जोडिए पनि यसको शृंखला पूर्वोत्तर भारतका सातैवटा प्रदेश असम, मेघालय, त्रिपुरा, अरूणाचल, नागाल्यान्ड, मणिपुर र मिजोरमसम्म फैलिएको छ । झापाले आफ्नै छातीमा वर्गशत्रु समाप्तको रक्तपात बेहोरेको मात्र होइन, प्रतिदिन पूर्वोत्तर भारतमा जातीय हिंसाका सिकार भइरहेका नेपाली मूलका मानिसको चीत्कार पनि सुनेको छ । यही भूमि अझै नश्लीय र जातीय कारणले भूटानबाट खेदिएका नेपाली रक्त सन्ततिको पीडासँगै रोइरहेको छ ।
नेपाली राजनीति र सामाजिक रूपान्तरणमा ००७ सालको धेरै ठूलो महत्त्व छ । तर, यसैसँग पूर्वी पहाडको अलि भिन्न र कटु अनुभव गाँसिएको प्रसंग यहाँ बिर्सन मिल्दैन । त्यसैताका एक किसिमको जातीय नश्लीय द्वन्द्वका कारण विशेष गरेर खसआर्य मूलका अनेकन् परविार हूलका हूल पहाडबाट तराई झर्ने र कतिपय सीमापारि प्रवासिने क्रम प्रारम्भ भयो । अधिकांश जंगलामुलुक रहेको तत्कालीन झापालाई पहाडबाट स्थानान्तरति मानिसले नै आवाद गरेका हुन् । आजका ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम र धनकुटाबाट लर्को लागेर पूर्वोत्तर भारत पसेका मानिसमध्ये धेरैजसो उतै बसेनन्, यतै फर्के । फर्केर उनीहरू पहाडको पुरानो थलोमा गएनन्, धेरैजसो झापा, त्यसपछि मोरङ र सुनसरीमा आवाद भए । तिनैमध्ये कतिपय पूर्वका यी तीन जिल्ला हुँदै सुदूरपश्चिम तराईसम्म छरएिका छन् ।
यसका साथै कोसीपूर्व झापालगायत पूर्वी तराईमा शताब्दियौँदेखि बसोवास गरअिाएका राजवंशी, मेचे, धिमालजस्ता समुदाय पनि छन् । सुनसरी र मोरङमा थारूहरूको उल्लेख्य जनसंख्या छ । यसका अतिरिक्त त्यहाँ वर्ण व्यवस्था अन्तर्गत र वर्णइतरका तराईवासीको पनि उपस्थिति रहेको छ । यहाँनेर के पनि बिर्सन मिल्दैन भने माथि उल्लेख गरएि अतिरिक्त नेपालैभरकिा अरू समुदायसमेत यहाँ मिसमास भएर रहेका छन् । यस पूर्वी क्षेत्रमा यसर्थ सम्पूर्ण नेपालको विविधता एकै ठाउँमा गुटमुटिएर रहेको छ, त्यसमाथि पनि झापा सर्वाधिक गतिशील छ । यसपालि त्यस ठाउँमा पुगेर प्रचण्डलाई एउटा राजनेताको खाँचो किन महसुस भयो, त्यो उनैलाई थाहा होला । तर, यहाँ भन्नैपर्छ, पूर्वी नेपालमा उनी र उनको पार्टीले उठाएको जातीयताको मुद्दा अटाउने ठाउँ कतै छैन । साथै नेपाल आफैँ पनि पूर्वी नेपालको यस परििचत्रभन्दा धेरै भिन्न छैन । केही अपवादबाहेक झापाजस्तै विविधता नेपालमा सर्वत्र छ । यस्तोमा एउटा राजनेताले त छोडौँ, साँच्चै भन्नुपर्दा एउटा जानेबुझेका नेतालेसम्म पनि जातजातिपिच्छे 'राज्य' बाँड्ने कल्पनासम्म गर्दैन ।
आफ्नो भाषणका क्रमम प्रचण्डले राजनेताको खाँचो मात्र महसुस गर्न पुगेका थिएनन्, आफूसँग धेरैले राजनेता बनिदिन आग्रह गरेको पनि बताए । साथै, उनी जनतासँग आफूलाई राजनेता बनाइदिन निवेदनसमेत गर्न पुगे । उनको यस कथनबाट के बुझिन्छ भने उनले अझै राजनेता भनेको के हो, कसलाई राजनेता भनिन्छ भनेर बुझ्नु त परै, यहाँ भन्नैपर्छ, थाहै पाएका रहेनछन् । सर्वप्रथम, एउटा राजनेता जहाँ जस्तो भीड देख्छ, भीडको 'मुड' अनुसार बोल्दैन । उसले सम्पूर्ण जनतालाई एकमुष्ट देख्छ, टुटेर जान खोजिरहेकालाई समष्टिमा जोड्छ । भीड कहिलेकाहीँ उग्र हुन्छ, एउटा राजनेतामा त्यस्तो उग्रतालाई शान्त पार्ने कला हुन्छ । समूहैपिच्छे भिन्न माग हुन सक्छन्, एउटा राजनेताले ती मागहरूलाई समग्रतासँग जोड्छ । तर, प्रचण्डको प्रसंग त अर्कै छ । उनी त मधेसीलाई भेट्यो, तिनैलाई राज्य दिन तयार । लिम्बूहरू भेट्यो, उनैलाई दिन हतार ।
भनिरहनु नपर्ला, माथि भनिएझैँ केही नगण्य अपवादबाहेक नेपालमा सर्वत्र विविधता छ । पहाडको मधेससँग, मधेसको पहाडसँग अन्तरनिर्भरता छ । त्यति मात्र होइन, जातजातिबीच परस्परमा अटुट निर्भरता छ । कालक्रममा नेपाललाई एकताको सूत्रमा बाँध्ने एउटा साझा सभ्यता, पारस्परकि निर्भरताको भू-संस्कृति निर्माण भएको छ । त्यही भू-संस्कृतिले दार्चुलालाई ताप्लेजुङसँग र ताप्लेजुङलाई झापासँग जोडेको छ । यस्तै अटुट बन्धन छ, पर्साको काठमाडौँसँग, कैलालीको जुम्लासँग । मुलुकको यस अटुट भू-सांस्कृतिक यथार्थलाई तोड्ने होइन, वास्तवमा अझ सार्थक रूपमा संघबद्ध गर्ने उद्देश्यका साथ राज्य पुन:संरचनाको प्रस्ताव ल्याउने नेतालाई नै नेपालको सन्दर्भमा राजनेता भन्नुपर्नेछ ।
प्रचण्ड आफैँले राम्ररी मनन गरे भने थाहा पाउनेछन्, उनी देश जोड्ने अभियन्ता नभएर यस देशका जातजातिलाई पृथक्पृथक् तथा एकअर्काप्रति वैरभाव भएका एकाइका रूपमा हेर्ने जातीय राजनीतिका प्रवक्ताका रूपमा प्रस्तुत भएका छन् । उनले पहाड र मधेसलाई कतै नजोडिने समुद्रका दुई टापुका रूपमा चित्रित गरेका छन् । जबकि, यथार्थ प्रचण्डको विश्वदृष्टिभन्दा एकदमै फरक छ । यहाँ सबै एकअर्काप्रति निर्भर छन् । निर्भर मात्र होइन, परस्पर आबद्ध छन् । यस्तो आबद्धतालाई तोडेर जातजातिका टुक्रामा देख्ने मानिसले आफूलाई राजनेता भनिदिऊन् भनेर कामना गर्नु एउटा हास्यको विषय बन्यो भने त्यसलाई अन्यथा नमाने हुन्छ । तथापि, क्षणिक रूपमै सही, उनमा देशलाई एउटा राजनेताको खाँचो छ भन्ने ज्ञान पलाएकामा उनले अनुभवहरूको खानी झापाको धर्तीप्रति आभार भने व्यक्त गर्नैपर्छ ।