हिज्जे र चेहरा नमिलेको यती
गोकर्ण रिसोर्ट यती हो ल्डिङ्सलाई सञ्चालन गर्न भाडामा नदिएको भए गोकर्ण गाई चराउने टुँडिखे ल बन्ने थियो । हे भगवान्, हे गोकर्णेश्वर महादेव ! यस्ता विलक्षणका गाथा त जनताले कसरी जानून् ?
बाँचे धेरै देख्न पाइन्छ । कुनै जमानामा नेपालका हिमशृंखला चहार्न आउने पर्वतारोहीको खोजीको विषय रहेको हुन्थ्यो, हिममानव ‘यती’ । हिममानवको असली नाम थियो, यती । पर्वतारोहीमध्ये कसैले त्यो हिममानवको छाया देखेको बताउँथे । कति महिला पर्वतारोहीले आफूलाई हिममानवले चिसो अँगालोमा कसेको बताउँथे । कति यतीसँग आमनेसामने भएको ‘घटना’ सुनाउँथे । यती त यती नै थियो । अद्भुत र अदृश्य । निराकार तैपनि चैतन्य ।
मेरो मन र मस्तिष्कबाट कान्तिपथमा रहेको नुक होटलको सम्झना अहिले पनि मेटिएको छैन । त्यो मण्डला बुक्सको अगाडितिर थियो । त्यतिखेर देशमा थोरै होटल र धेरै पर्वतारोही थिए । नुक होटलमा मैले कहलिएका पर्वतारोही र पर्वतारोहणका समाचार ‘कभर’ गर्न आएका पत्रकारसँग भेट्ने मौका पाएको थिएँ । तीमध्ये एक जना प्रकाशक थिए, जो आफूलाई बुकसेलरका रुपमा चिनाउन चाहन्थे । पेंसे कि पेन्तसें थियो, उनको नाम । उनी जहिले पनि कफी टेबलमा राख्ने ठूलो पुस्तक लेख्ने पर्वतारोही लेखकको खोजीमा हुन्थे । ‘यती’ देखेको छु भन्ने पर्वतारोहीसँग घन्टौँ कुरा गरेर बिताउँथे उनी ।
यता, समयको पछिल्लो दौरानमा यतीको नाम सुन्न पाइएको थिएन । त्यो हिमप्राणी मानिसको कल्पनामा सीमित रह्यो । भिजिट नेपाल २०२० ले यतीसँग भेटघाटको अवसर जुराइदियो । युवा मन्त्री योगेश भट्टराई नेतृत्वको पर्यटन मन्त्रालयले भिजिट नेपालको पपुलर ‘मस्कट’ छान्यो, यती । अलिकति सोच र समझ राखेर काम गरेको भए यती नेपालको पपुलर मस्कट हुन्थ्यो । उहिले देशका नामुद कलाकार प्रमिला गिरि र ठाकुर मैनालीले बनाएको यतीको इमेज अहिलेसम्म अन्तर्राष्ट्रिय रुपमा नै लोकप्रिय छ ।
त्यसपछि सरकारले दिएको ठेक्कामा काम गर्ने केही नयाँ कलाकार नयाँ यतीको निर्माणमा लागे । उनीहरूले त्यसको स्वरुप तय गरे । एउटा ‘रोबस्ट’ यती निस्कियो कलाकारहरूको दिमागबाट । बराह अवतारको सुध्रिएको रुप भन्न सुहाउने । न हनुमानजस्तो, न त गणेशजस्तो । कस्तो कस्तो, गोबुलढोग । भिजिट नेपाल २०२० को मस्कट तयार भएको चक्करमा पूरै पर्यटन मन्त्रालय र पर्यटन बोर्डका कर्मचारी तथा पर्यटन व्यवसायी गदगद भए । यस्तो अनौठो मस्कट । देशको सम्पूर्ण परिस्थितिलाई प्रतिनिधित्व गर्ने ।
सानो ‘दीर्घ’ यतीको खासै खोजी हुँदैनथ्यो, हिजोआज । पर्यटकहरू सशंकित थिए । नेपालको पर्यटक बजार पहिलेजस्तो भरपर्दो थिएन । कतै दीर्घ यती खोज्दा ह्रस्व यतिको फेला नपरियोस् । अहिलेका पर्यटक बरु गाँजा मोल्न तयार थिए । खतरा मोल्न चाहँदैनथे । जनवरी १ मा पर्यटनका अधिकारीले नगरका मुख्य–मुख्य चोक र चौराहामा मस्कट राख्न थाले । पहिले त कसैले केही बुझेन । कतिले त नयाँ देवता स्थापना गर्न लागेको सोचे । यो के चीज आयो सहरमा फेरि ? सबै अलमलिए । पछि पर्यटन वर्षको मस्कट यती भनेपछि सबै गलल्ल हाँस्न थाले ।
सरकारको नेतृत्व स्मार्ट मानिसको हातमा थियो । उनले जनताको हाँसोको अर्थ बुझे । त्यसपछि, आव देखा न ताव । उनले मस्कट हटाउने इसारा गरे । मस्कट विस्थापित गर्न थालियो ।
यतीको नाममा यता केही भइरहेको थियो, त्यो सामान्य थियो । उता, प्रधानमन्त्री केपी ओलीले पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकमा बोल्दै वर्तमान सरकार र यती होल्डिङ्स प्रालिसँगको सम्बन्धबारे विशेष चर्चा गरेका थिए । उनको भनाइ थियो, ‘यती होल्डिङ्सँग हाम्रो एकदम घनिष्ठ सम्बन्ध या मितेरी साइनो हो कि भने जसरी प्रचार भयो ।’ प्रधानमन्त्री ओलीले कुनै अर्को अवसरमा भनेका थिए, गोकर्ण रिसोर्ट यती होल्डिङ्सलाई सञ्चालन गर्न भाडामा नदिएको भए गोकर्ण गाई चराउने टुँडिखेल बन्ने थियो । हे भगवान्, हे गोकर्णेश्वर महादेव ! यस्ता विलक्षणका गाथा त जनताले कसरी जानून् ?
हो, बाँचे धेरै देख्न पाइन्छ । पहिलेका मानिसको नजरमा ‘यती’ भन्नेबित्तिकै एउटा झुस्स दाह्री पालेको र शरीरभरि रौँ उम्रेको मानिसले आकाशमा उडिरहेको हवाईजहाजमा प्यासेन्जरलाई रातो वाइन सर्भ गरिरहेको दृश्य आइहाल्थ्यो । अहिले त्यो विम्ब फरक भएको छ । यतीको सम्झना गर्दा मदन भण्डारी र पासाङल्हामु शेर्पा अमरत्वको एउटै डोरीमा बाँधिएका छन् । आकाशमा यती उडान छ । बेइजिङदेखि बम्बईसम्म, कश्मीरदेखि काठमाडौँसम्म ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...