वन्यजन्तु आखेटोपहार : तस्करीको विश्व–सञ्जालमा नेपाल
२७ खर्ब ३८ अर्ब बराबर को अवैध कारोबार
नेपालमा राजनीतिक तह, तिब्बती व्यापारमा संलग्न, उत्तरी भेगलाई कब्जा गरेर बसेका केही व्यक्तिको तस्करीमा संरक्षरण र संलग्नता देखिन्छ ।
बाघको सिकार गरेर छालाको पहिरन र हड्डीको औषधी बनाइन्छ । जुँगा, नंग्रा सजावटमा प्रयोग गरिन्छ । गैँडाको सिङ पनि औषधीका लागि प्रयोग गरिन्छ । नङ पाउडरका लागि उपयोग हुन्छ । छाला, दिसापिसाब पनि संकलन हुन्छ । गैँडाको सिङ रौँहरूको गुजुल्टो हो, त्यसलाई मानिस ज्वरो घटउने र यौनवर्धक औषधीका रूपमा खान्छन् । वैज्ञानिक पुष्टिका आधारमा नभई परम्परागत र संस्कारी प्रथाले प्रयोगलाई घटाउन सकेको छैन ।
चीन र भियतनामले अर्थतन्त्रको विकाससँगै प्रतिव्यक्ति आम्दानी पनि बढाएका छन् । त्यसले अवैध व्यापारबाट खरिद हुने वस्तुको मूल्य पनि बढ्यो अनि स्रोत मुलुकमा वन्यजन्तुमाथि दबाब बढाइरहेको छ । बहुमूल्य भनेका गैँडा सिङ, हात्तीका दाँत, बाघ छाला, हाब्रे, सालकको खपटा, कस्तुरीको बिना, हुचिल नेपाली नाकाबाट चीन निर्यात हुन्छ । नेपालमा दक्षिणपूर्वी एसिया, युरोप र अफ्रिकादेखि आउँछ ।
अफ्रिकाबाट आएका सालक, चिम्पान्जी समातिएका छन् । नेपालको नाकातस्करीका लागि सहज ठानिन्छ र यही बाटोबाट चीन छिर्छ ।
वन्यजन्तु तस्करीको अवैध व्यापार र उपभोगमा राज्यका ‘किङपिङ’ अर्थात् उपल्लो तहका व्यक्ति संलग्न हुन्छन् । त्यसमा प्रतिष्ठित व्यापारिक घरानादेखि राजनीतिको उच्च तहका व्यक्ति पर्छन् । तस्करीमा पनि पाँच/सात तह हुन्छन् । त्यसभन्दा तल्लो तहमा संरक्षणकर्मीहरू नै संलग्न देखिन्छन् र सबैभन्दा तलचाहिँ स्थानीय बासिन्दा हुन्छन्, जसलाई वन्यजन्तुबारे प्रशस्त जानकारी हुन्छ । गरिब र अन्य आर्थिक स्रोत नभएका स्थानीयलाई छानेर बिचौलियाले सिकारमा प्रयोग गर्छन् । तस्करहरू बचावटका लागि नाम, ठेगाना र हुलिया सबै गोप्य राख्छन्, जसले गर्दा अनुसन्धानका क्रममा पक्राउ परेका पहिलो तहको सिकारीबाट दोस्रो तहको बिचौलियासम्म पुग्नै हम्मे पर्छ । अफ्रिकाका केही घटनामा अनुसन्धान उपल्लो तहसम्म पुगेको थियो तर राजनीतिकर्मी नै जोडिएपछि अनुसन्धान रोकिएको थियो । नेपालको हकमा पनि उपल्लो तहका बिचौलिया तथा तस्करसम्म अनुसन्धान पुग्न सकेको छैन । कालु मनाङे, राजकुमार प्रजा पक्राउ प्रकरण मात्रै माथिल्लो तहमा पुगेको उदाहरण हुन् । त्यसमा पनि प्रजा पेशेवर सिकारी त हुन् तर सेटिङ गर्ने ठूलो बिचौलिया होइनन् । मनाङे दोस्रो तहको सेटिङवाला हुन् । नेपालमा पनि राजनीतिक तह, तिब्बती व्यापारमा संलग्न, उत्तरी भेगलाई कब्जा गरेर बसेका केही व्यक्तिको तस्करीमा संरक्षरण र संलग्नता देखिन्छ ।
अफ्रिकामा जस्तो संरक्षणकर्मीहरू नै तस्करीमा संलग्न भई राष्ट्रिय निकुञ्जको संरक्षणमा रहेकाले गैँडाको सिङ, भालुको पित्त, हात्तीको दाँत, कस्तुरीको बिना बेच्यो भन्ने सुन्नु परेको छैन । संरक्षणप्रतिको इमानदारी नेपालमा देखिन्छ । नागरिकमा सचेतना पनि पाइन्छ । त्यसो हुनुको अर्थ कानुनी शासन मात्र होइन, स्थानीय समुदायका संरक्षण चेतना र संस्कृति पनि हो । तथापि नेपालले सीमा सुरक्षण, भन्सारदेखि सुरक्षाकर्मीमा चेतना, सरकारी वकिल, न्यायालय एवं संरक्षणकर्मीबीच कानुनी विषयमा निरन्तर समन्वय र संवाद आवश्यक छ ।
यो पनि पढ्नुस
२७ खर्ब ३८ अर्ब बराबर को अवैध कारोबार
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...