महिला फुटबलमा भारत तगारो
भारतको तगारो पन्छाउन नसक्दा साग अन्तर्गत महिला फुटबलमा नेपाल फेरि रजत पदकमा सीमित
भारतको तगारो पन्छाउन नसक्दा साग अन्तर्गत महिला फुटबलमा नेपाल फेरि रजत पदकमा सीमित भएको छ । पोखरा रंगशालामा सोमबार भएको स्वर्ण स्पर्धामा नेपाल भारतसँग २–० ले पराजित भयो । यसअघि अघिल्लो संस्करणमा पनि भारतसँगै पराजित भएर नेपालले रजत पदकमा चित्त बुझाएको थियो ।
नेपालले सुरुबाटै आक्रामक खेल पस्किएको थियो । फाइनलअघिको खेलमा पनि भारतसँग १–० ले पराजित भएको नेपाली टोली पहिले गोल गर्ने रणनीतिका साथ मैदान ओर्लिएको थियो । सावित्रा भण्डारीले १६ औं मिनेटमा पेनाल्टी बक्स नजिकैबाट गरेको प्रहार भारतीय डिफेन्डरले रोकिदिएपछि नेपाल अग्रता लिनबाट बञ्चित भएको थियो ।
तर, पहिलो हाफको १८ औं मिनेटमा भारतले अग्रता लियो । नेपाली डिफेन्डर र गोलरक्षकबीचको आपसी समन्वयको फाइदा उठाउँदै बालादेवीले भारतलाई अग्रता दिलाइन् । त्यसपछि पनि नेपालले आक्रमण जारी राख्यो तर सफल हुन सकेन । पहिलो हाफको अन्त्यतिर भारतीय खेलाडी ग्रेसले गरेको प्रहार पोस्टभन्दा केही परबाट बाहिरिएको थियो । गोलरक्षक एन्जिला तुम्बापो बिट भइसकेको अवस्थामा खाली पोस्टमा ग्रेस गोल गर्नबाट चुकेकी थिइन् ।
पहिलो हाफमा १–० ले पछि परेको नेपालका लागि दोस्रो हाफको सुरुमै गोलको अवसर सिर्जना भएको थियो । तर, सावित्राको प्रहार भारतीय गोलरक्षक अदितिले बचाइन् । सावित्राले ३ जना डिफेन्डरलाई छलाएर बललाई गोलपोस्टको दिशा दिने प्रयास गरेकी थिइन् । त्यस लगत्तै भारतकी देवीबालाले व्यक्तिगत दोस्रो गोल गरिन् र अग्रता दोब्बर पारिन् । त्यसपछि कुनै गोल भएन र खेल भारतले २–० ले जित्यो ।
प्रशिक्षक हरि खड्काको राजीनामा
टोलीलाई सागमा स्वर्ण दिलाउनबाट चुके लगत्तै मुख्य प्रशिक्षक हरि खड्काले पदबाट राजीनामाको घोषणा गरेका छन् । खड्काले हारको सबै जिम्मेवारी आफुले लिने र प्रशिक्षकबाट राजीनामा दिएको बताएका छन् ।
खड्काको प्रशिक्षणमा महिला टोलीले ओलम्पिक छनोटको पहिलो चरण पार गरेको थियो । उनलाई एन्फाले गत वर्ष महिला फुटबलको प्रमुख नियुक्त गरेको थियो । नेपाली टोलीका पूर्वकप्तान समेत रहेका खड्काको प्रशिक्षणमा नेपाली महिला टोलीले ४ वटा फाइनल खेल्दा चारै पटक उप विजेता बनेको थियो ।
केहीअघि विराटनगरमा सम्पन्न साफ च्याम्पियनसिप महिला फुटबलको फाइनलमा पराजित भएपछि खड्काले त्यसको बदला साग गेम्समा लिने बताउँदै आएका थिए । तर, यसपटक पनि सो सपना पूरा हुन पाएन ।
कप्तानको पनि सन्न्यास
महिला राष्ट्रिय फुटबल टोली कप्तान निरु थापा र मनमाया लिम्बुले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्याको घोषणा गरेका छन् । निरु फरवार्ड र मनमाया डिफेन्स हुन् । निरुले सागमा टोलीलाई स्वर्ण पदक दिलाएर सन्यास लिने चाहना रहेको बताउँदै आएकी थिइन् । टोलीमा नयाँ र युवा खेलाडीको बहुलता बढेपछि ढल्कँदो उमेरका यी दुई खेलाडीमाथि दबाब बढेको थियो । आफ्नो सन्न्यास घोषणालाई ऐतिहासिक बनाउने योजना बनाएका यी दुई महिला फुटबलरको योजनाले मूर्त रुप लिन सकेन ।
सम्बन्धित सामग्रीहरू
सम्बन्धित
कोभिड १९ पछि नेपाली खेलकुदलाई पुरानै लयमा फर्काउने चुनौती ...
खेलकुदमा वर्ष ०७६ लाई फर्केर हेर्दा
१ सय २४ वर्षभन्दा लामो इतिहास बोकेको आधुनिक ओलम्पिकमा प्रतियोगिता स्थगित भएको यो दोस्रो घट...
कोरोना संक्रमणको असरले खेल गतिविधिमा कस्तो असर ?
दुई महान् पिताका पुत्रहरू पनि फुटबलप्रति उति नै रुचि राख्ने भएका छन् । रोनाल्डोका छोरा क्र...
रोनाल्डोका छोराका आदर्श मेसी, मेसीका छोरा रोनाल्डोका प्रशंसक
नेपालको थाइल्यान्ड यात्रा नमीठो सम्झना...
एसिया कप खेल्ने सपनामा यसरी लाग्यो तगारो
एक महिना महत्त्वपूर्ण प्रतियोगिता खेल्न नसक्ने स्थितिमा नेपाल ...
महिला भलिबलका तीन हस्ती नै चोटग्रस्त
आर्मीको खेल साँच्चै नै उम्दा थियो, यो सिजनको लिगमा । डिफेन्स र गोलरक्षणमा निकै बलियो । आर्...