नोकियादेखि आइफोन–८ प्लससम्म
विभिन्न ग्याजेट प्रयोगको अनुभव सँगालिसकेकी छन्, अभिनेत्री तथा व्यवसायी श्वेता खड्काले । नोकिया, मोटोरोलादेखि एप्पलका विभिन्न भर्सनका आइफोन प्रयोग गरिसक्दा उनलाई भान भयो– प्रविधि कहाँबाट कहाँ पुगिसकेछ !
र
विभिन्न ग्याजेट प्रयोगको अनुभव सँगालिसकेकी छन्, अभिनेत्री तथा व्यवसायी श्वेता खड्काले । नोकिया, मोटोरोलादेखि एप्पलका विभिन्न भर्सनका आइफोन प्रयोग गरिसक्दा उनलाई भान भयो– प्रविधि कहाँबाट कहाँ पुगिसकेछ !
आफूसँग भएका ग्याजेट पुराना हुँदै गएपछि नयाँ किनिहाल्न मन लाग्ने बानीका कारण अहिलेसम्म उनले १०–१५ लाखसम्मको ग्याजेट किनिसकेकी छन् । बजारमा आएका नयाँ–नयाँ ग्याजेट किन्ने क्रममा कहिल्यै पूर्णविराम नलाग्ने उनी बताउँछिन् । अरुका समीक्षा पढेर उनले थुप्रै ग्याजेट खरिद गरिसकेकी छन् । भन्छिन्, “अहिले मसँग दुइटा म्याकबुक एयर छन् । व्यावसायिक काममा यिनको बढी प्रयोग हुने गरेको छ ।”
उनको घर–जग्गा खरिद–बिक्री र इन्टेरियर–एक्स्टेरियर निर्माणका छुट्टाछुट्टै व्यवसाय छन् । ती व्यवसायका आधिकारिक कामकाज चलाउन विभिन्न व्यक्तिसँग ईमेल संवाद गरिरहनुपर्ने हुन्छ । त्यसैका लागि उनका दुई म्याकबुक धेरै प्रयोगमा आउँछन् । त्यसबाहेक उनी आफूलाई मन परेका भिडियो यिनैमा राख्ने गर्छिन् । आफ्ना चलचित्र र अन्य व्यवसायसँग सम्बन्धित विभिन्न आधिकारिक डाटाको ब्याकअप गर्न पनि यस्ता म्याकबुक काम आउने गरेका छन् । डाटा सेयरिङका लागि पनि म्याकबुक नै प्रयोग गर्छिन् ।
श्वेतासँग भएको अर्को ग्याजेट हो, एप्पलको आइप्याड । डिजाइनर पहिरन भनेपछि हुरुक्कै हुने उनी इन्टरनेटमा कुनै आकर्षक डिजाइनका लुगा देखे आइप्याडमा सेभ गरेर राखिहाल्छिन् । त्यसबाहेक आइप्याड उनैको निर्माण व्यवसायका लागि अत्यावश्यक थ्रि–डी डिजाइन र विभिन्न भवनका रेखाचित्रका ब्याकअप गर्न पनि प्रयोगमा आउने गरेको छ । म्याकबुक सबैतिर बोकेर हिँड्न सम्भव छैन । त्यसको विकल्पमा आइप्याड धेरै उपयोगी लाग्छ उनलाई ।
यीबाहेक श्वेता सामसुङ ग्यालेक्सी नोट–४ पनि प्रयोग गर्छिन् । यसलाई आफ्ना पुराना र स्मरणीय तस्बिरका ब्याकअप डिभाइसका रुपमा प्रयोग गर्दै आएकी छन् । उनी अहिले आइफोन–८ प्लसमा अडिएकी छन् । कार्यव्यस्तताका कारण नयाँ किन्न नपाए पनि छिट्टै किन्ने योजना उनको छ । उनलाई यसको भर्चुअल सहायक सिरीसँग वार्तालाप गर्न निकै रमाइलो लाग्छ । भन्छिन्, “अब आवाजले नै सञ्चालन गर्न मिल्ने अलेक्सा खरिद गर्ने मन छ ।”
सम्बन्धित
जब हामी मस्तिष्कभन्दा धेरै कृत्रिम बौद्धिकतामा भर पर्न थाल्छौं, मान्छेमा निर्णय गर्ने अधि...
डाभोसमा हरारी : प्रविधिको विकासले समाप्त हुनसक्छ मानव जाति
काठमाडौँ विश्वविद्यालय र आबारीको संयुक्त प्रयासमा नेपाली मौलिकता झल्काउने बाँसबाट निर्मित ...
बाँसको कार्गो बाइक
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पारित गरेको विधेयकका दफामा यस्ता कैयौँ व्यवस्था छ...
नियन्त्रित गणतन्त्र - ५ : सूचना प्रविधि विधेयकसँग झस्किनुपर्ने ८ कारण
फेसबुक पेज र ग्रुपमार्फत तन्नेरीहरु सकारात्मक अभियानमा ...
फेसबुक पेज र ग्रुपमा तन्नेरीहरुकाे सुकर्म
असीम पाण्डे नेतृत्वको सात युवाको समूहले यात्री नामक विद्युतीय मोटरसाइकल बनाएको हो । उक्त म...
यस्तो छ नेपालमै बनेको यात्री मोटरसाइकल
ट्रोलले तपाईँ हामीलाई क्षणिक मनोरञ्जन पक्कै दिन्छन् । तर ट्रोलले बनाउने सामाजिक मनोविज्ञान...